काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको जारी तेस्रो राष्ट्रिय सम्मेलनबाट आज नेतृत्व चयन प्रक्रिया सुरु हुँदै छ । सम्मेलन १९ जेठबाट सुरु भएको हो ।
सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले सकेसम्म सर्वसम्मतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका छन् ।सर्वसम्मत हुन नसके चुनावबाट जानसमेत प्रचण्डले बाटो खोलिदिएको सहभागी एक नेताले बताएका छन् ।
नेतृत्व छनोट बुधबार बिहानबाट हुने भनिए पनि आंकाक्षी धेरै भएपछि ढिलाइ भइरहेको बताइएको छ ।
वाइसिएलका एक नेताका अनुसार युवा सङ्गठनका समन्वय संयोजक शक्ति बस्नेत, फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा र नेतृत्वका आकाङ्क्षीहरू बसेर सर्वसम्मतको प्रयास भइरहेको छ । पार्टी नेतृत्व र वाईसीएलबिच समन्वयको काम गरिरहेका बस्नेत र इन्चार्ज दीपशिखाले सर्वसम्मत नेतृत्वको छनोटका लागि छलफलमा व्यस्त रहेको वाइसीएलका नेताहरूले बताएका छन् ।
‘सकेसम्म सर्वसहमतिबाट नेतृत्व छनोट गर्ने विषयमा अहिले शक्ति बस्नेत, दीपशिखा लगायत बसेर छलफल भइरहेको छ । तर सबैको आ–आफ्ना अडान नछोडेकाले सहमति हुन सकेको छैन । निर्वाचन समितिले पनि प्रतिनिधिहरू प्रमाणित गर्ने काम गरिरहेको छ । यदि सहमति नभए निर्वाचन प्रक्रिया अगाडि बढ्छ’, ती नेताले भने ।
अहिले नेतृत्वमा दाबी गरिरहेका १३ जनामा उपाध्यक्ष केयरसिंह कुँवर र उपमहासचिव पुष्प ओली छन् । अरु ११ जना सचिवबाट अध्यक्षको दाबी गरिरहेका छन् ।
नेतृत्व चयनमा पहिलो प्राथमिकता सर्वसम्मतको रहेको र सर्वसम्मत हुनै नसकेमा मात्र निर्वाचनमा जाने तयारी नेतृत्वले गरेको नेताहरू बताउँछन् । कुँवर, ओलीबाहेक यी ११ जनाले पनि अध्यक्षमा दाबी गरेका छन् ।
त्यस्तै अध्यक्ष पदकोलागि नवराज ऐर, ठाकुर सौराग, डम्बर पुलामी, डीपी थपलिया, शंकर पौडेल, गणेश शाही, शैलेश शर्मा, अविलाश लामा, सुदिप नगरकोटी, माधव बस्नेत, प्रेम श्रेष्ठलगायत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १३:२९
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:०२
काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...
आषाढ़ १८ गते, २०८३ - १२:५२
धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...
आषाढ़ १८ गते, २०८३ - १२:२५
कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...
आषाढ़ १८ गते, २०८३ - ११:२२
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...
आषाढ़ १८ गते, २०८३ - ११:०६
काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...



प्रतिकृया लेख्नुहोस्: