लमजुङ। लमजुङमा कृतिम गर्भाधानबाट जन्मिएका पाडी बाच्छी हुर्काउने किसानले नगद १० हजार पुरस्कार पाएको छन्।
जिल्लाका ३७ जना किसानले पाडी बाच्छी हुर्काए बापत प्रोत्साहन स्वरुप नगद दस हजार रुपियाँ पुरस्कार पाएको हो। पशु नस्ल सुधार कार्यक्रम अन्र्तगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले ४९ वटा पाडी बाच्छी हुर्काए बापत जिल्लाका ३७ जना किसानलाई प्रोत्साहन रकम प्रदान गरेको हो। प्रोत्साहन रकम पाएपछि किसान खुसी भएका छन्।
विज्ञ केन्द्रले कृतिम गर्भधानबाट जन्मिएका प्रति पाडी बाच्छी हुर्काएवापत किसानलाई १० हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराउदै आएको छ। उक्त कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्ष २०८१/०८२ को चैत मसान्तसम्म ३७ जना किसानलाई चार लाख ९० हजार रुपियाँ प्रोत्साहन रकम वितरण गरेको केन्द्रका प्रमुख पशु चिकित्सक डा। सुनिल न्यौपानेले जानकारी दिए।
प्रोत्साहन कार्यक्रमले पशुमा कृतिम गर्भधानतर्फ किसानको आकर्षण बढ्दै गएको छ। चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म दुई हजार छ सय वटा पशुमा कृतिम गर्भाधान भएको पशु सेवा विज्ञ केन्द्रको तथ्यांक छ।
केन्द्रका अुनसार भेटेरीनरी अस्पतालबाट एक सय ५६ वटा पशुको कृतिम गर्भाधान भएको छ। स्थानीय तह एवं निजी पशु चिकित्सकमार्फत दुई हजार ६२० पशुको कृतिम गर्भाधान भएको छ। जिल्लामा बढी मात्रामा गाईमा कृतिम गर्भधान हुने गरेको छ। जिल्लामा सातवटा पशु कृतिम गर्भाधान केन्द्र रहेका छन्।
पशुमा गरिने कृत्रिम गर्भाधान सेवाले उन्नत जातको पशुको उत्पादन हुने, छिटो, सजिलो र दूधको उत्पादनमा वृद्धि हुने हुँदा किसान पशुको कृत्रिम गर्भाधान प्रक्रियामा आर्कषित भएको पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८२ - १७:१९
काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्...
पौष १९ गते, २०८२ - १७:०१
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई नभएको कानुनविद्हरूले बताएका छ...
पौष १९ गते, २०८२ - १६:४२
कङ्गो। अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकै साथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् । उत्तर(पश्चिम नर्थ ...
पौष १९ गते, २०८२ - १६:०२
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्। भेनेजुएलाको राजधानी काराकासमा ...
पौष १९ गते, २०८२ - १५:४१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई कुनै पनि हालतमा विभाजित हुन नदिने र एकतावद्ध बनाउनेमा जोड रहने बताएका छन्। शनिबार डा।...
पौष १९ गते, २०८२ - १५:२५
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा आक्रमण गरेपछि देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। ...
पौष १९ गते, २०८२ - १५:२०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ। शनिबार बसेको क्षेत्...
पौष १९ गते, २०८२ - १४:५४
पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकी प्रदेशका नेता पुष्प अधिकारी राष्ट्रिय स्वतन्...
पौष १९ गते, २०८२ - १३:५३
फ्रान्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएको छन् । उनले इरानले प्र...
पौष १९ गते, २०८२ - १३:३३
काठमाडौँ। सन् २०२६ मा नेपाली क्रिकेट मैदानमा बाह्रै महिना सक्रिय हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन...




प्रतिकृया लेख्नुहोस्: