Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

पाडी बाच्छी हुर्काउने किसानलाई १० हजार पुरस्कार

खबरडबली संवाददाता

लमजुङ। लमजुङमा कृतिम गर्भाधानबाट जन्मिएका पाडी बाच्छी हुर्काउने किसानले नगद १० हजार पुरस्कार पाएको छन्। 

जिल्लाका ३७ जना किसानले पाडी बाच्छी हुर्काए बापत प्रोत्साहन स्वरुप नगद दस हजार रुपियाँ पुरस्कार पाएको हो। पशु नस्ल सुधार कार्यक्रम अन्र्तगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले ४९ वटा पाडी बाच्छी हुर्काए बापत जिल्लाका ३७ जना किसानलाई प्रोत्साहन रकम प्रदान गरेको हो। प्रोत्साहन रकम पाएपछि किसान खुसी भएका छन्। 

विज्ञ केन्द्रले कृतिम गर्भधानबाट जन्मिएका प्रति पाडी बाच्छी हुर्काएवापत किसानलाई १० हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराउदै आएको छ।  उक्त कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्ष २०८१/०८२ को चैत मसान्तसम्म ३७ जना किसानलाई चार लाख ९० हजार रुपियाँ प्रोत्साहन रकम वितरण गरेको केन्द्रका प्रमुख पशु चिकित्सक डा। सुनिल न्यौपानेले जानकारी दिए।

प्रोत्साहन कार्यक्रमले पशुमा कृतिम गर्भधानतर्फ किसानको आकर्षण बढ्दै गएको छ। चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म दुई हजार छ सय वटा पशुमा कृतिम गर्भाधान भएको पशु सेवा विज्ञ केन्द्रको तथ्यांक छ।

केन्द्रका अुनसार भेटेरीनरी अस्पतालबाट एक सय ५६ वटा पशुको कृतिम गर्भाधान भएको छ। स्थानीय तह एवं निजी पशु चिकित्सकमार्फत दुई हजार ६२० पशुको कृतिम गर्भाधान भएको छ। जिल्लामा बढी मात्रामा गाईमा कृतिम गर्भधान हुने गरेको छ। जिल्लामा सातवटा पशु कृतिम गर्भाधान केन्द्र रहेका छन्।

पशुमा गरिने कृत्रिम गर्भाधान सेवाले उन्नत जातको पशुको उत्पादन हुने, छिटो, सजिलो र दूधको उत्पादनमा वृद्धि हुने हुँदा किसान पशुको कृत्रिम गर्भाधान प्रक्रियामा आर्कषित भएको पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...

एमालेले समानुपातिक सांसदको लागि १६ जनाको नाम सिफारिस गर्यो, को- को परे ?

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...

नेपालका शान्ति सैनिक सुरक्षित – लेबनानमा हवाई आक्रमण भए पनि मानवीय क्षति छैन

काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...

गुन्डुमा एमाले सचिवालय बैठक सुरु, बाबुको शोकमा रहेको अवस्थामै सहभागी भए ओली

काठमाडौँ ।  नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...

ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार

ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...

मध्यपूर्वको अस्थिरताप्रति सरकार सजग, विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...

लागु औषध ट्रामाडोल र स्पास्पेन सहित चौधरी पक्राउ

इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।  जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: