जुम्ला। जुम्लाका किसानलाई अनुदानमा जैविक प्राङ्गारिक मल वितरण गरिने भएको छ । लुकीछिपी हुने रसायनिक विषादी मलको प्रयोगलाई रोक्न तथा रैथाने उत्पादनलाई जोड दिन कृषि विकास कार्यालय जुम्लाले जैविक प्राङ्गारिक मल वितरण गर्ने भएको हो ।
जुम्लालाई २०६४ सालमा १४ औँ जिल्ला परिषदबाट अर्गानिक जिल्ला घोषणा गरिएको छ । त्यसयता जुम्लामा कुनै पनि बाहनामा वा लुकीछिपी रासायनिक विषादी ब्युटाक्लोर प्रयोग गर्न प्रतिबन्ध छ तर लुकिछपी प्रयोग हुने गरेको पाइएको छ ।
अन्नबालीमा हुने विषादीको प्रयोगलाई रोक्न तथा अर्गानिक जिल्लाको पहिचान कायम राख्न किसानलाई अनुदानमा जैविक प्राङ्गारिक मल वितरण गर्न थालिएको कृषि विकास कार्यालय जूम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार सबै कागजात पुरा गरी प्रक्रियामा आएका किसान, कृषि फर्म, कृर्षक समुह तथा कृषि सहकारीकालाई ५० प्रतिशत अनुदानमा जैविक मल वितरण गरिने छ ।
अनुदानमा मल लिनका लागि प्रक्रियामा आउन सात दिने सूचना जारी गरिएको छ । निर्धारित समयभित्र दर्ता हुन आएका किसानलाई मल दिइने छ । कृषि विकास कार्यालय जुम्लाको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा किसानलाई जैविक प्राङ्गारिक मल वितरण गर्न थालिएको प्रमुख अधिकारीले उल्लेख गर्नुभयो ।
लुकिछिपी विषादी प्रयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रयास समेत भइरहेको छ । जुम्लामा ३ रय ९६ बोरा जैविक मल आइपुगेको छ । किसानलाई ५० किलोदेखि ५ क्विन्टलसम्म मल दिने योजना छ । किसानको माग र आवश्यकता मध्यनजर गरेर वितरण गरिने छ भने प्रतिबोरा २५ सय रुपियाँ मूल्य परेपनि किसानले १२ सय ५० मै पाउने छन् । बाँकी ५० प्रतिशत रकम कार्यालयले व्यहोरि दिने भएको छ । जैविक प्राङ्गारिक मल वितरण कार्यक्रमका लागि चालु आवमा आर्थिक वर्षमा ६ लाख ८० हजार रुपियाँ विनियोजन भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: