Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

प्रधानमन्त्री ओली म्याग्दीको नारच्याङमा

खबरडबली संवाददाता

म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङ आएको छन् । अन्नपूूर्ण हिमाल आरोहण भएको ७५आँै वार्षिकोत्सवका अवसरमा अन्नपूूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुुन उहाँ यहाँ आएको हो । 

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज हीरक महोत्सव आयोजना गरिएको अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । महोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले अन्नपूूर्ण आधार शिविरमा पदमार्ग, खुल्ला सङ्ग्रहालय उद्घाटन र आरोहीहरुको सालिक अनावरण गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री ओलीका साथमा संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजालगायत रहेको छन् । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । 

आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनले बताए। 

आरोहण भएको ७५ वर्षपछि अन्नपूर्ण हिमाल भएकै ठाउँमा मनाउन लागिएको हीरक जयन्तीको सबै तयारी पूरा भएको उहाँले जानकारी दिए। यसअघि काठमाडौं, पोखरा र कास्कीको भूगोलमा पर्ने आधार शिविरमा अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो । यही जेठ १७ गतेदेखि मनाउन सुरु गरिएको अन्नपूर्ण आरोहण महोत्सव जेठ २२ गते पोखरामा समापन गर्ने कार्यक्रम छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राज्य सञ्चालनमा युवाको बढ्दो सहभागिता उत्साहजनक : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको बढ्दो सहभागितालाई उत्साहजनक बताएका छन्। उनले एकातर्फ युवाको भूमिकालाई सक...

सशस्त्र प्रहरीलाई व्यावसायिक र दक्ष बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नरा...

प्रधानमन्त्रीको भारत भ्रमणको निम्तो आइसकेको छ, यद्यपि मिति तय भएको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि निम्तो आएको बताएका छन्। सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्...

कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक वैशाख २ मा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गतेका लागि बोलाएको छ। अनुशासन समितिका सचिव दिनेश...

प्रशासकीय अधिकृत र आरके कन्स्ट्रक्सन सञ्चालकविरुद्ध अख्तियारद्वारा मुद्दा, जनही २२ लाख ४४ हजार बिगो माग

काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर।के। कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्की...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद् अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ। वर्षौंदेखि भाडा नतिर्ने ५६ वटा सटल...

बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्री शाह छलफलमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूसँग छलफल गरेका छन्। छलफल सिंहदरबारस्थित ...

जलेश्वरमा सांसद अमरेश सिंहविरुद्ध आफ्नै पार्टी कार्यकर्ताको गरे नाराबाजी

जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका स्थानीय कार्यकर्ताले प्...

चर्को आलोचना भएपछि गृहमन्त्री गुरुङले हटाए सम्पत्ति विवरणबारे लेखेको पोस्ट

काठमाडौं । सुधन गुरुङले सम्पत्ति विवरणसम्बन्धी सामाजिक सञ्जालमा गरेको टिप्पणी पछि हटाएका छन्। आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको ...

संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसदहरूले अर्थमन्त्रीलाई बोलाएर आगामी बजेट तथा आर्थिक नीतिबारे छलफल गर्नुप...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending