काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् अवरोध नहुने बताएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले गृहमन्त्री रमेश लेखकको विषयलाई लिएर संसद अवरोध नहुने दाबी गरेका हुन् ।
ओलीले भने ‘यस्तरी संसद अवरोध अव हुन सक्दैन । तर संसद अगाडि बढाउनुपर्छ । ज्याजती धेरै भो । अति भो’, ओलीले भने, सडक अवरोध पनि गरेको छ, कोही बोल्यो माइतीघर मण्डलामा आयो भनेर आयो भने विपक्षी पार्टी सवै कुदेर मण्डला पुग्ने गर्छन ।’
उनले संविधान र लोकतन्त्रविपरितको कदम नचाल्न विपक्षीलाई आग्रह गरे । ओलीले प्रचण्डहरु कुरा नगर्ने र संसद बन्द गर्ने मुडमा रहेको हुनसक्ने भन्दै नचाहिने कुरामा संसदलाई रोक्ने, विकासको काम रोक्ने र जनप्रतिनिधिलाई निरर्थक पार्ने काम नगर्न आग्रह गरे । ‘संसद चलाऊ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ, हामी लिडरहरुको बिचमा छलफल पनि गरौ भनेर ।उहाँ सम्पर्कमा आउन चाहिरनुभएको छैन’, ओलीले भने, ‘उहाँलाई थाहा नभएको होइन । उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि फेला पर्नुभएको छैन ।’
ओलीले बजेटमाथिको छलफलमा तर्क र तथ्यका आधारमा बजेटको बचाउ गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । हामीले नीति कार्यक्रम र बजेट उपयुक्त ल्यायौं’, प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘बजेटमाथि भोलीबाट छलफल प्रारम्भ हुदैछ । माननीयहरुले त्यहाँ तर्कपुर्ण ढंगले बजेटको बचाउ गर्नुपर्छ । विरोधीहरुले हामीलाई धर्मर हुनेगरी कुर्तक राख्नेछन् । ति कुर्तकहरुको दह्रोगरी तथ्य र तथ्यांकसहित खण्डन गर्नुपर्नेछ ।’ तयारी र अध्ययन गरेर बुँदागत रुपमा संसदमा बजेटको पक्षमा बोल्ने गरी संसदमा उपस्थित हुन पनि ओलीले निर्देशन दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८२ - १७:२५
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धी जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना सङ्कलन, विश्ल...
पौष २२ गते, २०८२ - १६:४६
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार स...
पौष २२ गते, २०८२ - १६:२८
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९३ अङ्कले बढेर दुई हजार ६४९ दशमलव ३० को बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको एक करोड ४८ ...
पौष २२ गते, २०८२ - १६:२१
काठमाडौँ । काठमाडौँ महानगरपालिका–स्थित गैरीगाउँमा मंगलबार भीषण आगलागी भएको छ। गैरीगाउँमा रहेको एक कारखानाको छेउमा बनाइएको टहरोमा आगलागी भएपछि आगो नियन...
पौष २२ गते, २०८२ - १६:०९
काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकका केही क्षेत्रमा देखिएका साम्प्रदायिक असमझदारीप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सहिष्णुता र सामाजिक...
पौष २२ गते, २०८२ - १५:४७
काठमाडौं । काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आग...
पौष २२ गते, २०८२ - १५:४१
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवाद सर्वपक्षीय बैठकमार्फत समाधान भएको छ। मंगलबार पर्सा जिल्ला प्रशासन कार्यालयमा...
पौष २२ गते, २०८२ - १५:२६
काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएको छन् । आज...
पौष २२ गते, २०८२ - १५:१८
काठमाडौँ। नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गर...
पौष २२ गते, २०८२ - १५:११
काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते घटनाको जाँचबुझ आयोगलाई लिखित जवाफ पेस गरेका छन्। आयोग प्रवक्ता विज्ञानराज शर्माका अ...




प्रतिकृया लेख्नुहोस्: