Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

संसद चलाउ भनेर प्रचण्डसँग कुरा गर्न खोजेँ, तर उहाँ सम्पर्क आउन चाहानुभएन: प्रधानमन्त्री

गृहमन्त्रीको विषयलाई लिएर संसद अवरोध हुँदैन

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् अवरोध नहुने बताएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले गृहमन्त्री रमेश लेखकको विषयलाई लिएर संसद अवरोध नहुने दाबी गरेका हुन् ।

ओलीले  भने ‘यस्तरी संसद अवरोध अव हुन सक्दैन । तर संसद अगाडि बढाउनुपर्छ । ज्याजती धेरै भो । अति भो’, ओलीले भने, सडक अवरोध पनि गरेको छ, कोही बोल्यो माइतीघर मण्डलामा आयो भनेर आयो भने विपक्षी पार्टी सवै कुदेर मण्डला पुग्ने गर्छन ।’

उनले संविधान र लोकतन्त्रविपरितको कदम नचाल्न विपक्षीलाई आग्रह गरे । ओलीले प्रचण्डहरु कुरा नगर्ने र संसद बन्द गर्ने मुडमा रहेको हुनसक्ने भन्दै नचाहिने कुरामा संसदलाई रोक्ने, विकासको काम रोक्ने र जनप्रतिनिधिलाई निरर्थक पार्ने काम नगर्न आग्रह गरे । ‘संसद चलाऊ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ, हामी लिडरहरुको बिचमा छलफल पनि गरौ भनेर ।उहाँ सम्पर्कमा आउन चाहिरनुभएको छैन’, ओलीले भने, ‘उहाँलाई थाहा नभएको होइन । उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि फेला पर्नुभएको छैन ।’

ओलीले बजेटमाथिको छलफलमा तर्क र तथ्यका आधारमा बजेटको बचाउ गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । हामीले नीति कार्यक्रम र बजेट उपयुक्त ल्यायौं’, प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘बजेटमाथि भोलीबाट छलफल प्रारम्भ हुदैछ । माननीयहरुले त्यहाँ तर्कपुर्ण ढंगले बजेटको बचाउ गर्नुपर्छ । विरोधीहरुले हामीलाई धर्मर हुनेगरी कुर्तक राख्नेछन् । ति कुर्तकहरुको दह्रोगरी तथ्य र तथ्यांकसहित खण्डन गर्नुपर्नेछ ।’ तयारी र अध्ययन गरेर बुँदागत रुपमा संसदमा बजेटको पक्षमा बोल्ने गरी संसदमा उपस्थित हुन पनि ओलीले निर्देशन दिए ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशमा सार्वजनिक यातायात बढाउन सिफारिस, कम्तीमा २५.९६ प्रतिशत वृद्धि हुने

काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढाउने तयारी गरिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा न...

सुनसरीमा हुन्डी आशङ्कामा दुई जना पक्राउ, ६ लाखभन्दा बढी नगद बरामद

इनरुवा। सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्...

श्रम संस्कृति पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सिमित छैन: सांद राई

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविश...

अंश विवादमा सिर्जनाको हत्या : दुई आरोपित सार्वजनिक

लेखनाथ। कास्कीको पोखरा महानगरपालिका–९ मा बुधबार साँझ एक महिलाको बीभत्स हत्या भएको छ । शिवालय चोकबाट सभागृह चोकतर्फ जाँदै गर्दा पोखरा–१८, सेदी निवासी ४...

सरकारले भन्यो– मध्यपूर्वका विमानस्थलमा कोही पनि नेपाली नागरिक अलपत्र छैनन्

काठमाडौँ। सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्ट पारेको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत...

यातायात कार्यालयका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...

रास्वपासँग रिसाए ज्ञानेन्द्र शाही, भने- रास्वपा र पुराना दलहरू एउटै कित्तामा उभिए

काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति असन्तुष्टि व्यक्त गरेको छ। उप...

उपसभामुखमा रूबी ठाकुरलाई कांग्रेसको समर्थन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। श...

राष्ट्रपतिको सम्बोधनप्रति प्रतिनिधि सभाद्वारा धन्यवाद प्रस्ताव पारित

काठमाडौं । रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनप्रति प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेको छ। शुक्रबार संयुक्त सदनमा राष...

राप्रपालाई धोका दिएको छैन, सहकार्य गर्ने धेरै ठाउँ आउँछन् : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफूहरूले धोका नदिएको स्पष्ट पारेका छन्। सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending