काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीले फर्जी कागजात बनाई आफूलाई थुनामा पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्न नहुने माग राख्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।
चौधरीले विष्टलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग राखेका हुन् । थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउनुपर्नेमा धरौटीमा छाडिएको भन्दै चौधरीले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग राखेका हुन् ।
विष्टले गत वैशाख १७ गते चौधरीलारई पक्राउ गरी कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारमा राख्न पत्र लेखेका थिए । उक्त पत्रपछि चौधरी पक्राउ परी करिब ६ घण्टा थुनामा बसेका थिए । उनको पत्रलाई सर्वोच्च अदालत प्रशासनले ‘अनधिकृत’ भनी पत्र सच्चाएर कारागार पठाएपछि रेशमलाई पक्राउ गर्न लगाउने विष्ट आफैँ पक्राउ परेका थिए ।
उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्तेमा मुद्दा चलाएकोमा जिल्ला अदालत काठमाडौँले गत जेठ ५ गते एक लाख धरौटीमा छाड्ने आदेश गरेको थियो । उक्त आदेशपछि विष्ट सर्वोच्च पुगेकोमा प्रशासनले उनलाई निलम्बन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८२ - १७:२५
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धी जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना सङ्कलन, विश्ल...
पौष २२ गते, २०८२ - १६:४६
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार स...
पौष २२ गते, २०८२ - १६:२८
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९३ अङ्कले बढेर दुई हजार ६४९ दशमलव ३० को बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको एक करोड ४८ ...
पौष २२ गते, २०८२ - १६:२१
काठमाडौँ । काठमाडौँ महानगरपालिका–स्थित गैरीगाउँमा मंगलबार भीषण आगलागी भएको छ। गैरीगाउँमा रहेको एक कारखानाको छेउमा बनाइएको टहरोमा आगलागी भएपछि आगो नियन...
पौष २२ गते, २०८२ - १६:०९
काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकका केही क्षेत्रमा देखिएका साम्प्रदायिक असमझदारीप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सहिष्णुता र सामाजिक...
पौष २२ गते, २०८२ - १५:४७
काठमाडौं । काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आग...
पौष २२ गते, २०८२ - १५:४१
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवाद सर्वपक्षीय बैठकमार्फत समाधान भएको छ। मंगलबार पर्सा जिल्ला प्रशासन कार्यालयमा...
पौष २२ गते, २०८२ - १५:२६
काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएको छन् । आज...
पौष २२ गते, २०८२ - १५:१८
काठमाडौँ। नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गर...
पौष २२ गते, २०८२ - १५:११
काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते घटनाको जाँचबुझ आयोगलाई लिखित जवाफ पेस गरेका छन्। आयोग प्रवक्ता विज्ञानराज शर्माका अ...




प्रतिकृया लेख्नुहोस्: