काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै रोगको परीक्षण गर्नेगरी क्षमता वृद्धिमा लागिरहेको बताएको छन् ।
नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित वृहत स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएको हो । उनले जनस्वास्थ्य प्रयोगशालामा आफू मन्त्री हुनु अगाडी २० प्रतिशत मात्रै परीक्षण हुने गरेको बताउँदै आफू मन्त्री बनेपछि ५० प्रतिशत रोगको परीक्षण हुने परिस्थिति बनेको दाबी गरे।
उनले निजी अस्पतालहरूले पनि उक्त प्रयोगशालामै परीक्षण गर्ने वातावरण निर्माण भइरहेको बताउनु भयो । स्वास्थ्य मन्त्री पौडेलले अब मुलुक बाहिर पठाउन नपर्ने गरी राष्ट्रिय जनसङ्ख्या प्रयोगशालामै सबै परीक्षण हुने व्यवस्था मिलाउन बजेट विनियोजन गरिएको जिकिर गरे । उनले बिग्रिएर फालिएका ५५ प्रतिशत उपकरणहरू राष्ट्रिय आविष्कार केन्द्रमा मर्मतपछि सञ्चालनमा आइरहेको जानकारी दिए ।
उनले भने, “हामीले राष्ट्रिय आविष्कार केन्द्रलाई बिग्रेका उपकरणहरू बनाउन लगायौँ । बिग्रियो भनेर फालिएका ५५ प्रतिशत उपकरणहरू बनेर काममा आइरहेको स्थिति छ । अहिले नेपालको राष्ट्रिय प्रयोगशाला, जहाँ म आउनुभन्दा अगाडी २० प्रतिशत मात्रै परीक्षण हुने गथ्र्यो । सबै बाहिर जान्थ्यो परीक्षणको लागि । अहिले त्यसले क्षमता अभिवृद्धि गरेर झन्डै ५० प्रतिशत नेपालको परीक्षण त्यहाँ हुने परिस्थिति बनेको छ । सरकारीको त अब करिव करिव त्यही नै हुन्छ, प्राइभेटले पनि त्यहाँ सम्झौता गर्नुपर्ने स्थिति हामीले बनाएका छौँ । अब बाहिरै जानै नपर्ने गरी केन्द्रिय प्रयोगशालामा सबै परीक्षण हुने व्यवस्था यो पटक बजेट ल्याएर हामीले गर्दै छौँ ।”
उनले पारदर्शी समाज निर्माण र सुशासन कायम गर्नको निम्ति पत्रकारिता जगतको उपस्थिति अनिवार्य रहेको बताउँदै यस जगतमा काम गर्नेहरूलाई उत्साहित बनाउन जरुरी रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८२ - २०:२८
काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढाउने तयारी गरिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा न...
चैत्र २७ गते, २०८२ - २०:१९
इनरुवा। सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्...
चैत्र २७ गते, २०८२ - १७:२३
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविश...
चैत्र २७ गते, २०८२ - १७:२०
लेखनाथ। कास्कीको पोखरा महानगरपालिका–९ मा बुधबार साँझ एक महिलाको बीभत्स हत्या भएको छ । शिवालय चोकबाट सभागृह चोकतर्फ जाँदै गर्दा पोखरा–१८, सेदी निवासी ४...
चैत्र २७ गते, २०८२ - १७:१२
काठमाडौँ। सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्ट पारेको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत...
चैत्र २७ गते, २०८२ - १७:०५
काठमाडौँ। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
चैत्र २७ गते, २०८२ - १६:५७
काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति असन्तुष्टि व्यक्त गरेको छ। उप...
चैत्र २७ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। श...
चैत्र २७ गते, २०८२ - १६:३६
काठमाडौं । रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनप्रति प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेको छ। शुक्रबार संयुक्त सदनमा राष...
चैत्र २७ गते, २०८२ - १६:२७
काठमाडौं । रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफूहरूले धोका नदिएको स्पष्ट पारेका छन्। सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारक...


प्रतिकृया लेख्नुहोस्: