काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै रोगको परीक्षण गर्नेगरी क्षमता वृद्धिमा लागिरहेको बताएको छन् ।
नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित वृहत स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएको हो । उनले जनस्वास्थ्य प्रयोगशालामा आफू मन्त्री हुनु अगाडी २० प्रतिशत मात्रै परीक्षण हुने गरेको बताउँदै आफू मन्त्री बनेपछि ५० प्रतिशत रोगको परीक्षण हुने परिस्थिति बनेको दाबी गरे।
उनले निजी अस्पतालहरूले पनि उक्त प्रयोगशालामै परीक्षण गर्ने वातावरण निर्माण भइरहेको बताउनु भयो । स्वास्थ्य मन्त्री पौडेलले अब मुलुक बाहिर पठाउन नपर्ने गरी राष्ट्रिय जनसङ्ख्या प्रयोगशालामै सबै परीक्षण हुने व्यवस्था मिलाउन बजेट विनियोजन गरिएको जिकिर गरे । उनले बिग्रिएर फालिएका ५५ प्रतिशत उपकरणहरू राष्ट्रिय आविष्कार केन्द्रमा मर्मतपछि सञ्चालनमा आइरहेको जानकारी दिए ।
उनले भने, “हामीले राष्ट्रिय आविष्कार केन्द्रलाई बिग्रेका उपकरणहरू बनाउन लगायौँ । बिग्रियो भनेर फालिएका ५५ प्रतिशत उपकरणहरू बनेर काममा आइरहेको स्थिति छ । अहिले नेपालको राष्ट्रिय प्रयोगशाला, जहाँ म आउनुभन्दा अगाडी २० प्रतिशत मात्रै परीक्षण हुने गथ्र्यो । सबै बाहिर जान्थ्यो परीक्षणको लागि । अहिले त्यसले क्षमता अभिवृद्धि गरेर झन्डै ५० प्रतिशत नेपालको परीक्षण त्यहाँ हुने परिस्थिति बनेको छ । सरकारीको त अब करिव करिव त्यही नै हुन्छ, प्राइभेटले पनि त्यहाँ सम्झौता गर्नुपर्ने स्थिति हामीले बनाएका छौँ । अब बाहिरै जानै नपर्ने गरी केन्द्रिय प्रयोगशालामा सबै परीक्षण हुने व्यवस्था यो पटक बजेट ल्याएर हामीले गर्दै छौँ ।”
उनले पारदर्शी समाज निर्माण र सुशासन कायम गर्नको निम्ति पत्रकारिता जगतको उपस्थिति अनिवार्य रहेको बताउँदै यस जगतमा काम गर्नेहरूलाई उत्साहित बनाउन जरुरी रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...
पौष २७ गते, २०८२ - १३:५१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोह महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गर्ने भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा ...
पौष २७ गते, २०८२ - १३:४०
काठमाडौं । रास्वपा सहमहामन्त्री विपिन कुमार आचार्यले समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। पार्टी स्रोतका अनुसार, आचार्यले विभिन्न ...
पौष २७ गते, २०८२ - १३:२४
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज काठमाडौंमा सुरु भएको छ। महाधिवेशनका अवसरमा राजधानीका विभिन्न स्थानबाट र्याली र जुलुस निकालिएको...
पौष २७ गते, २०८२ - १३:०४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। आजबाट सुरु भएको महाधिवेशनका लागि विभिन्...
पौष २७ गते, २०८२ - १२:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची अध्यावधिक गरेको छ। उज्यालो नेपाल पार्टीसँग...




प्रतिकृया लेख्नुहोस्: