दिपायल। डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना यात्रु घाइते भएका छन् । जिल्लाको केआइसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायल आउँदै गरेको सु।.प.प्र. ०१ ००१ ज १४६४ नम्बरको जिप दुर्घटना भएको हो ।
प्रहरी निरीक्षक नवराज रावलले आइतबार बिहान ९:३५ बजेको समयमा मोडमा जिप अनियन्त्रित भई दुघर्टना भएको बताए। जिप सडकबाट एक सय मिटर तल खसेको जनाइएको छ ।
दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ फूलबारी बस्ने जिप चालक हरिचन्द्र चौधरीसहित आठ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा बोगटान फुड्सिल गाउँपालिका – ६ गगुडा कै ५० वर्षीया चना देवी चन्द, सोही ठाउँका ४० वर्षीया महेश्वरा देवी चन्द, ४२ वर्षीया बिर्मा देवी चन्द हुनुहुन्छ । त्यस्तै, बोगटान फुड्सिल गाउँपालिका–२ चाल्साका १९ वर्षीय धनबहादुर बम, केआईसिंह गाउँपालिका–४ वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ सकायलकी २३ वर्षीया राधिका देउवा र उहाँको दुई वर्षीया छोरी रियान्सा देउवा घाइते भएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८२ - २०:२८
काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढाउने तयारी गरिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा न...
चैत्र २७ गते, २०८२ - २०:१९
इनरुवा। सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्...
चैत्र २७ गते, २०८२ - १७:२३
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविश...
चैत्र २७ गते, २०८२ - १७:२०
लेखनाथ। कास्कीको पोखरा महानगरपालिका–९ मा बुधबार साँझ एक महिलाको बीभत्स हत्या भएको छ । शिवालय चोकबाट सभागृह चोकतर्फ जाँदै गर्दा पोखरा–१८, सेदी निवासी ४...
चैत्र २७ गते, २०८२ - १७:१२
काठमाडौँ। सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्ट पारेको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत...
चैत्र २७ गते, २०८२ - १७:०५
काठमाडौँ। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
चैत्र २७ गते, २०८२ - १६:५७
काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति असन्तुष्टि व्यक्त गरेको छ। उप...
चैत्र २७ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। श...
चैत्र २७ गते, २०८२ - १६:३६
काठमाडौं । रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनप्रति प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेको छ। शुक्रबार संयुक्त सदनमा राष...
चैत्र २७ गते, २०८२ - १६:२७
काठमाडौं । रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफूहरूले धोका नदिएको स्पष्ट पारेका छन्। सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारक...


प्रतिकृया लेख्नुहोस्: