Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

कुश्मा बजारको घण्टाघरमा २ वर्षदेखि ताला

खबरडबली संवाददाता

पर्वत । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्मा बजारमा निर्माण गरिएको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन बनेको छ ।

कुश्मा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ बञ्जिसाइडमा निर्माण गरिएका घण्टाघरले पूर्णता पाउनसमेत सकेको छैन । नगरपालिकाको ८० लाख लागतमा निर्माण भएको घण्टाघरलाई साँचो लगाएर राखिएको छ । बाहिरी संरचना जीर्ण बन्न थालेको छ ।

स्थानीयवासी व्यवसायी बमबहादुर पुनले पर्यटक आकर्षण गर्न बनाइएको घण्टाघर प्रयोगहीन भएको बताए । घण्टाघर वरिपरिका घरभन्दा पनि होचो संरचना बनाइएको छ । आर्थिक वर्ष २०७७र७८ को बजेटबाट निर्माण सुरु भएको उक्त संरचना बनाउनुभन्दा पहिलादेखि नै विवादित हुँदै आएको थियो ।

कुश्मा –५ का वडाध्यक्ष रामहरि चापागाईंले अघिल्लो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले निर्माण गरेको हुँदा सबै जानकारी नभएको बताए । दुई वर्ष अगाडि नै निर्माण सम्पन्न भएको भए पनि टावरमा ताला लगाएर राखिएको उनको भनाइ छ ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी आगामी वर्षको बजेटबाट घण्टाघरलाई पूर्णता दिने जानकारी दिए ।

उपप्रमुख स्वस्थानी रिजालले नगरभित्र निर्माण भएका संरचनालाई संरक्षण गरी सञ्चालनमा ल्याउने दायित्व नगरको भएकाले समयमा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएइन् ।

घण्टाघर सञ्चालनका लागि नयाँ कुनै योजना नभएकाले कसरी सञ्चालन गर्ने भन्नेमा कुनै छलफलसमेत नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताए ।

उनका अनुसार घण्टाघरको निर्माण सम्पन्न भएर गत वर्ष नै भुक्तानी भइसकेको र त्यसमा प्रयोग हुने घडी नेपालमा नपाइने भएकाले उपयोग गर्न नसकिएको दाबी गए ।

साहसिक पर्यटनको हब बन्दै गएको कुश्मामा रहेको विश्वकै दोस्रो अग्लो बञ्जि र विश्वकै लामो सुपरम्यान शैलीको जीपलाइन नजिकै रहेको उक्त घण्टाघरलाई समयमै पूर्णता दिन सकेमा पर्यटकको आकर्षण बढ्ने स्थानीय शिशिर पौडेलले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले वृद्धि

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...

एउटै विद्यालयमा महिनामा दुई पटक चोरी, दानपेटिका फुटाइयो

दमक। झापाको कमल गाउँपालिका–६ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा एक महिनाको अवधिमा दुई पटक चोरी भएपछि विद्यालयको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। ...

खामेनीको हत्याको बदला लिने इरानको घोषणा

काठमाडौं। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला अवश्य लिइने घोषणा गरेको छ। परिषद्का सचिव मोह...

पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थ...

शंकास्पद गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक ललितपुरबाट पक्राउ

ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९  जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending