Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

स्टिल र आल्मुनियममा ५० प्रतिशत कर वृद्धि गर्नसक्ने ट्रम्पद्वारा सङ्केत

खबरडबली संवाददाता

संयुक्त राज्य अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा आगामी हप्तादेखि ५० प्रतिशतसम्म कर वृद्धि गर्ने घोषणा गरेको छन्। पेन्सिलभेनियास्थित अमेरिकी स्टिल प्लान्टका कर्मचार तथा श्रमिकलाई सम्बोधन गर्दै उनले भने, “हामी यसलाई २५ प्रतिशतबाट ५० प्रतिशत बनाउन गइरहेका छौँ ।”

गत वर्षको चुनावमा विजय हासिल गर्न सहयोग पुर्‍याएको अमेरिकी राज्य पेन्सिलभेनियामा नीलो रङको पहिरनमा भेला भएका कार्यकर्तासामु उनले भने, “कोही पनि यसको वरिपरि पुग्नेवाला छैन ।”

त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलको पोस्टमा लेख्नुभएको छ, “बुधबार, जुन ४ देखि लागू हुने गरी नयाँ करसहित एल्युमिनियममा पनि उच्च दर लागू हुनेछ ।”

गत जनवरीमा राष्ट्रपतिका रूसमा पुन: ह्वाइट हाउसमा फर्केपछि ट्रम्पले विश्व व्यापार व्यवस्थालाई झकझक्याउने र वित्तीय बजारलाई तहसनहस पार्ने गरी आफ्ना सहयोगी र प्रतिद्वन्द्वीमाथि व्यापक कर लगाएको छन् ।

उनले सवारी साधन ९अटोमोबाइल्स० जस्ता वस्तुहरूलाई असर गर्ने क्षेत्र–विशिष्ट करहरू पनि जारी गरेको छन् । शुक्रबार उनले आफ्नो व्यापार नीतिको बचाउ गर्दै करवृद्धिले अमेरिकी उद्योगको सुरक्षामा सहयोग गरेको तर्क गरेको थियो ।

उनले भने, “आफ्नो पहिलो प्रशासनको समयमा स्टिल र आल्मुनियमजस्ता धातुहरूको आयातमा पनि कर नलगाएको भए यो क्षेत्र अस्तित्वमा हुने थिएन ।”

शुक्रबार ट्रम्पले अमेरिकी स्टिल र जापानको निप्पोन स्टिलबीच योजनाबद्ध साझेदारीको चर्चा गरे पनि यसअघि द्विपक्षीय विरोधको सामना गर्नुपरेको सम्झौताका बारेमा केही नयाँ विवरण प्रस्तुत गरेको थिए ।

उनले अमेरिकी स्टिल निर्माता कम्पनी र निप्पोन स्टिलबिच हालै घोषणा गरिएको योजनाबद्ध साझेदारीको बावजुद अमेरिकी स्टिललाई अमेरिकाले नियन्त्रण गर्ने बताए। उनले कम्पनीले कुनै पनि कामको लागि बाहिरी जनशक्तिलाई प्रोत्साहन नगर्ने पनि बताए।

शुक्रबार अबेर वासिङ्टन फर्केपछि राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आफूले सम्झौतालाई अनुमोदन गर्न बाँकी रहेको बताएको थिए ।

’मैले निप्पोनसँगको अन्तिम सम्झौतालाई अनुमोदन गर्नुपर्ने छ तर त्यो अन्तिम सम्झौता अहिलेसम्म हात परेको छैन, तर उनीहरूले धेरै ठुलो प्रतिबद्धता जनाएका छन्,” उनले भने ।

गत साता ट्रम्पले अमेरिकी स्टिलको मुख्यालय पिट्सबर्गमा रहने र निप्पोनसँगको सम्झौताले कम्तीमा ७० हजार रोजगारी सिर्जना हुने र अमेरिकी अर्थतन्त्रमा १४ अर्ब डलर थपिने बताएको छन् ।

पेन्सिलभेनियामा ट्रम्पले भने, “आफ्नो प्रतिबद्धताको एक भागको रूपमा, निप्पोनले ‘मोन भ्याली वक्र्स–इरविन प्लान्ट’मा इस्पात उत्पादन बढाउन २.२ अर्ब डलर लगानी गर्नेछ। थप सात अर्ब डलर स्टिल मिलको आधुनिकीकरण, अयस्क खानी विस्तार र इन्डियाना र मिनेसोटालगायतका स्थानमा निर्माण सुविधाका लागि खर्च हुनेछ ।”

निप्पोन स्टिललाई १४ अर्ब ९० करोड अमेरिकी डलरमा अमेरिकी स्टिल बिक्री गर्ने प्रस्तावको यसअघि दुवै पक्षबाट राजनीतिक विरोध भएको थियो । पूर्व राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा केही समयअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यो सम्झौता रोकेको थिए । नयाँ साझेदारीलाई लिएर चिन्ता कायमै छ ।

अमेरिकी स्टिल कारखानामा कार्यरत हजारौँ  प्रतिघण्टा कामदारको प्रतिनिधित्व गर्ने युनाइटेड स्टिलवर्कर्स युनियन (यूएसडब्लु) ले ट्रम्पको भाषणपछि निप्पोन स्टिल र ट्रम्प प्रशासनसँग सम्बन्धित छलफलमा भाग नलिएको र यस सम्बन्धमा ‘आफूहरूसँग परामर्श नगरिएको’ बताएको छ ।

युएसडब्लुका अन्तर्राष्ट्रिय अध्यक्ष डेभिड म्याककलले भने, “हामी ’योजनाबद्ध साझेदारी’को अर्थबारे अनुमान लगाउन सक्दैनौँ ।”

म्याककलले भने, “सम्झौताको संरचना जेसुकै होस्, हाम्रो प्राथमिक चासो यूएस स्टीललाई विदेशी प्रतिस्पर्धीमा विलय गर्दा राष्ट्रिय सुरक्षा, हाम्रा सदस्य हरू र हामी बस्ने र काम गर्ने समुदायहरूमा पर्ने प्रभावसँग रहन्छ ।”

निर्वाचन अभियानका क्रममा ट्रम्पले निप्पोन स्टिलको अधिग्रहण योजनाको विरोध गरेको थिए तर राष्ट्रपतिमा फर्किएपछि उनले आफू कुनै न कुनै प्रकारको लगानीका लागि खुला रहने सङ्केत गरेको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...

प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण, यातना दिएको पुष्टि भएन: गृहमन्त्री

काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, १४० कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...

सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...

प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत, ६ दिनपछि बस्ने गरी बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...

७२ हजार घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर ...

विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक थियो: कानुनमन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादे...

नेपाल वैदेशिक ऋण लिनुपर्ने बाध्यात्मक अवस्थामा छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएको छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले ‘राष्ट्र ऋण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending