Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

स्टिल र आल्मुनियममा ५० प्रतिशत कर वृद्धि गर्नसक्ने ट्रम्पद्वारा सङ्केत

खबरडबली संवाददाता

संयुक्त राज्य अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा आगामी हप्तादेखि ५० प्रतिशतसम्म कर वृद्धि गर्ने घोषणा गरेको छन्। पेन्सिलभेनियास्थित अमेरिकी स्टिल प्लान्टका कर्मचार तथा श्रमिकलाई सम्बोधन गर्दै उनले भने, “हामी यसलाई २५ प्रतिशतबाट ५० प्रतिशत बनाउन गइरहेका छौँ ।”

गत वर्षको चुनावमा विजय हासिल गर्न सहयोग पुर्‍याएको अमेरिकी राज्य पेन्सिलभेनियामा नीलो रङको पहिरनमा भेला भएका कार्यकर्तासामु उनले भने, “कोही पनि यसको वरिपरि पुग्नेवाला छैन ।”

त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलको पोस्टमा लेख्नुभएको छ, “बुधबार, जुन ४ देखि लागू हुने गरी नयाँ करसहित एल्युमिनियममा पनि उच्च दर लागू हुनेछ ।”

गत जनवरीमा राष्ट्रपतिका रूसमा पुन: ह्वाइट हाउसमा फर्केपछि ट्रम्पले विश्व व्यापार व्यवस्थालाई झकझक्याउने र वित्तीय बजारलाई तहसनहस पार्ने गरी आफ्ना सहयोगी र प्रतिद्वन्द्वीमाथि व्यापक कर लगाएको छन् ।

उनले सवारी साधन ९अटोमोबाइल्स० जस्ता वस्तुहरूलाई असर गर्ने क्षेत्र–विशिष्ट करहरू पनि जारी गरेको छन् । शुक्रबार उनले आफ्नो व्यापार नीतिको बचाउ गर्दै करवृद्धिले अमेरिकी उद्योगको सुरक्षामा सहयोग गरेको तर्क गरेको थियो ।

उनले भने, “आफ्नो पहिलो प्रशासनको समयमा स्टिल र आल्मुनियमजस्ता धातुहरूको आयातमा पनि कर नलगाएको भए यो क्षेत्र अस्तित्वमा हुने थिएन ।”

शुक्रबार ट्रम्पले अमेरिकी स्टिल र जापानको निप्पोन स्टिलबीच योजनाबद्ध साझेदारीको चर्चा गरे पनि यसअघि द्विपक्षीय विरोधको सामना गर्नुपरेको सम्झौताका बारेमा केही नयाँ विवरण प्रस्तुत गरेको थिए ।

उनले अमेरिकी स्टिल निर्माता कम्पनी र निप्पोन स्टिलबिच हालै घोषणा गरिएको योजनाबद्ध साझेदारीको बावजुद अमेरिकी स्टिललाई अमेरिकाले नियन्त्रण गर्ने बताए। उनले कम्पनीले कुनै पनि कामको लागि बाहिरी जनशक्तिलाई प्रोत्साहन नगर्ने पनि बताए।

शुक्रबार अबेर वासिङ्टन फर्केपछि राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आफूले सम्झौतालाई अनुमोदन गर्न बाँकी रहेको बताएको थिए ।

’मैले निप्पोनसँगको अन्तिम सम्झौतालाई अनुमोदन गर्नुपर्ने छ तर त्यो अन्तिम सम्झौता अहिलेसम्म हात परेको छैन, तर उनीहरूले धेरै ठुलो प्रतिबद्धता जनाएका छन्,” उनले भने ।

गत साता ट्रम्पले अमेरिकी स्टिलको मुख्यालय पिट्सबर्गमा रहने र निप्पोनसँगको सम्झौताले कम्तीमा ७० हजार रोजगारी सिर्जना हुने र अमेरिकी अर्थतन्त्रमा १४ अर्ब डलर थपिने बताएको छन् ।

पेन्सिलभेनियामा ट्रम्पले भने, “आफ्नो प्रतिबद्धताको एक भागको रूपमा, निप्पोनले ‘मोन भ्याली वक्र्स–इरविन प्लान्ट’मा इस्पात उत्पादन बढाउन २.२ अर्ब डलर लगानी गर्नेछ। थप सात अर्ब डलर स्टिल मिलको आधुनिकीकरण, अयस्क खानी विस्तार र इन्डियाना र मिनेसोटालगायतका स्थानमा निर्माण सुविधाका लागि खर्च हुनेछ ।”

निप्पोन स्टिललाई १४ अर्ब ९० करोड अमेरिकी डलरमा अमेरिकी स्टिल बिक्री गर्ने प्रस्तावको यसअघि दुवै पक्षबाट राजनीतिक विरोध भएको थियो । पूर्व राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा केही समयअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यो सम्झौता रोकेको थिए । नयाँ साझेदारीलाई लिएर चिन्ता कायमै छ ।

अमेरिकी स्टिल कारखानामा कार्यरत हजारौँ  प्रतिघण्टा कामदारको प्रतिनिधित्व गर्ने युनाइटेड स्टिलवर्कर्स युनियन (यूएसडब्लु) ले ट्रम्पको भाषणपछि निप्पोन स्टिल र ट्रम्प प्रशासनसँग सम्बन्धित छलफलमा भाग नलिएको र यस सम्बन्धमा ‘आफूहरूसँग परामर्श नगरिएको’ बताएको छ ।

युएसडब्लुका अन्तर्राष्ट्रिय अध्यक्ष डेभिड म्याककलले भने, “हामी ’योजनाबद्ध साझेदारी’को अर्थबारे अनुमान लगाउन सक्दैनौँ ।”

म्याककलले भने, “सम्झौताको संरचना जेसुकै होस्, हाम्रो प्राथमिक चासो यूएस स्टीललाई विदेशी प्रतिस्पर्धीमा विलय गर्दा राष्ट्रिय सुरक्षा, हाम्रा सदस्य हरू र हामी बस्ने र काम गर्ने समुदायहरूमा पर्ने प्रभावसँग रहन्छ ।”

निर्वाचन अभियानका क्रममा ट्रम्पले निप्पोन स्टिलको अधिग्रहण योजनाको विरोध गरेको थिए तर राष्ट्रपतिमा फर्किएपछि उनले आफू कुनै न कुनै प्रकारको लगानीका लागि खुला रहने सङ्केत गरेको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending