Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

रुरु कृषि परियोजना : कृषि र पशुपालनबाट आत्मनिर्भर बन्दै महिला

खबरडबली संवाददाता

रेसुङ्गा। घर भाडामा बसे पनि जाँगर भएपछि रुरुक्षेत्र गाउँपालिका–१ एक्लेपिपलकी सीता कुमालका घर वरिपरी काँक्रा, घिरौला, करेला, सिमी र करेला फलेर लटरम्म छन् । उहाँलाई तरकारी बेचेरै वर्षभरि खान पुगेको छ । केही समय नजिकैको पैँचो पसलमा काम गरेकी कुमाललाई रुरु कृषि परियोजनाले विस्तारै व्यावसायीक उर्जा मिल्यो । अहिले घरभरि तरकारी रोपेको छन् ।

उत्पादन टिपेर नजिकैको रिडी बजारमा पुराए नबिक्ला भन्ने डर पनि छैन । रुरुक्षेत्र गाउँपालिकाले बिउ, सीप, प्रविधीमा सहजीकरण गरेपछि व्यावसायीक तरकारी खेतीतर्फ उर्जा पलाएको कुमालले बताउनुभयो । उनले भने, “अहिले चार, पाँच क्वीन्टल काँक्रा बेच्छु करेला र खुर्सानी हुँदै छ । बजारको समस्या छैन, तरकारी बेचेरै घरखर्च चलेको छ ।’’

व्यावसायीक कृषि कर्मका कारण कुमालसहितका समुहमा आवद्ध भएका दिदिबहिनीहरुलाई घर खर्चकै लागि श्रीमानको मुख ताकेर बस्नु पर्दैन । काठको काम गर्दै आएका श्रीमान् बुद्धि कुमाल परदेशको तयारीमा रहेको मिनाले बताइन् ।

एक्लेपिपलकै शारदा खनालपनि रुरु शिवालयमहिला स्वावलम्बन समूहको सदस्य छन्। उनले १४ सय खुर्सानी रोप्नु भएको छ भने सय बोट रेड लेडी जातको मेवा छन् ।

खुर्सानी फल्दै भए पनि करिब एक क्वीन्टल मेवा बिक्री गर्नुभएका खनालले सामूहिक तथा व्यक्तिगत रूपमा कृषि र पशुपालन व्यावसायबाट मनग्य आम्दानी गरेको छन् । सोही गाउँकै देवि रेश्मी पनि व्यावसायीक तरकारीतर्फ आकर्षित छन्। रेश्मीले भर्खरै ७० किलो काँक्रा बिक्री गरे। घिरौला, लौका, बोडी र मेवालगायतका कृषि उपज बेचेर धेरै महिलाले आफ्नो खर्च धानेका छन् ।

रुरुक्षेत्र गाउँपालिकाले गत वर्षदेखि हेफर प्रोजेक्ट नेपालसँगको साझेदारीमा रुरु कृषि परियोजना सञ्चालन गरेको छ । परियोजना नवप्रभात युवा सङ्घमार्फत कार्यान्वयनमा रहेको छ । जसले महिलाहरूलाई एकीकृत बनाउँदै सामूहिक भावनाको विकाससँगै आर्थिक समृद्धिको बाटोे देखाउने काम गरिरहेको छ । परियोजनाका लागि रुरु क्षेत्र गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको गरेर कुल रकम तीन करोड ३३ लाख ३३ हजार ३३३ रुपियाँ बजेट विनियोजन भएको छ । परियोजनामा २१ सय घरधुरीका महिला तथा युवा र ३३ वटा स्वावलम्बी समूहमार्फत कार्यक्रम परिचालन गरिएको नवप्रभात युवा सङ्घका कार्यकारी निर्देशक धातानन्द भुसालले जानकारी दिए ।

रुरु क्षेत्र गाउँपालिका माछा, तरकारी र बोकाको मासुमा आत्मनिर्भर हुने चरणमा रहेको छ । महिलाहरूको आर्थिक, सामाजिक सशक्तिकरणमार्फत कृषि तथा पशुपालनबाट हुने आम्दानीलाई दोब्वर वृद्धि गरी जिवीकोपार्जनमा सुधार गर्ने आफुहरूको उद्देश्य रहेको रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए । गाउँपालिकाले मात्रै परियोजनाका लागि दुई करोड बढि रकम विनियोजन गरेकाले आत्मनिर्भर उन्मुख कृषि र पशुपालनमा थुप्रै काम भइरहेको बताए।

महिलाहरूमार्फत सामूहिक कृषि खेती र बाख्रापालन सञ्चालन गरेर आत्मनिर्भरसँगै आफैँ मालिक बन्ने अवस्थाको सृजना भएको रुरु क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए। उनले परियोजनामा करिब २१ सय महिला दिदीबहिनीलाई आर्यआर्जन जोडिएकाले परियोजनाको सहयोगले उत्साह र सामाजिक तथा सामुहिक भावना अभिवृद्धि गराएको पाण्डेयले बताए। उनले बोल्नै नसक्ने दिदिबहिनीहरू पनि आफना समस्या समूहमा राख्ने भएकाले आर्थिक सामाजिक रुपान्तरणसँगै नेतृत्व विकासमा टेवा पुगेको बताए।

रुरु कृषि परियोजनाका संयोजक प्रकाश चालिसेका अनुसार अहिलेसम्म बाख्रा पाल्ने कृषकलाई २२५ बाख्रा वितरण, २० वटा बिउ बोका वितरण र बाख्रा उपहार गरिएको छ । बाख्राको खोर १२६ वटा निर्माण तथा सुधार गरिएको, दुग्ध प्रवर्धनअन्तर्गत ४१ वटा गाई वितरण गरिएको थियो । अहिले बम्घा सहकारीले दैनिक १४ सय लिटर दुध सहकारी मार्फत बिक्री गर्दै आएको छ । ४८ वटा भकारो सुधार, डेरी सञ्चालनका लागि १० वटा क्यान, ५०० लिटरको चिलिङ्ग भ्याट, एउटा डिजिटल मिल्क एनलाइजर र एक सेट सोलार वितरण गरिएको परियोजनाको कार्यक्रम संयोजक चालिसेले जानकारी दिए । उनले गाई र बाख्राको लागि उन्नत घाँस वितरण, स्रोत केन्द्र निर्माण, व्यावसायीक कृषकलाई करिव ५५० किलोग्राम तरकारीको बिउ पल, टनेल र प्रविधिसँगै ४० वटा टनेल निर्माण गरिएको बताए ।

फलफूल प्रवर्धनअन्तर्गत माग बमोजिम सुन्तला, कागती, मेवालगायतका बिरुवा वितरण गरिएकाले अहिले लिचि र आँपका बिरुवा वितरण गरिने छ । त्यस्तै बगैँचा व्यवस्थापनका लागि सामग्री वितरण गरीएको, उँखु उत्पादनमा सहयोगको लागि बिउ प्रविधि हस्तान्तरण गर्दै सङ्कलन प्रशोधन उद्योग स्थापना गरेर २६६ टन उखु प्रशोधन गरीएको परियोजनाले जनाएको छ । जसबाट गुड खुदो उत्पादन तथा गुडबा क्यान्डी बनाई बजारीकरण गरिएको परियोजनाका पशु प्राविधिक शशी भुसालले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...

जगदीश खरेलले गरे ललितपुर-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending