Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

रुरु कृषि परियोजना : कृषि र पशुपालनबाट आत्मनिर्भर बन्दै महिला

खबरडबली संवाददाता

रेसुङ्गा। घर भाडामा बसे पनि जाँगर भएपछि रुरुक्षेत्र गाउँपालिका–१ एक्लेपिपलकी सीता कुमालका घर वरिपरी काँक्रा, घिरौला, करेला, सिमी र करेला फलेर लटरम्म छन् । उहाँलाई तरकारी बेचेरै वर्षभरि खान पुगेको छ । केही समय नजिकैको पैँचो पसलमा काम गरेकी कुमाललाई रुरु कृषि परियोजनाले विस्तारै व्यावसायीक उर्जा मिल्यो । अहिले घरभरि तरकारी रोपेको छन् ।

उत्पादन टिपेर नजिकैको रिडी बजारमा पुराए नबिक्ला भन्ने डर पनि छैन । रुरुक्षेत्र गाउँपालिकाले बिउ, सीप, प्रविधीमा सहजीकरण गरेपछि व्यावसायीक तरकारी खेतीतर्फ उर्जा पलाएको कुमालले बताउनुभयो । उनले भने, “अहिले चार, पाँच क्वीन्टल काँक्रा बेच्छु करेला र खुर्सानी हुँदै छ । बजारको समस्या छैन, तरकारी बेचेरै घरखर्च चलेको छ ।’’

व्यावसायीक कृषि कर्मका कारण कुमालसहितका समुहमा आवद्ध भएका दिदिबहिनीहरुलाई घर खर्चकै लागि श्रीमानको मुख ताकेर बस्नु पर्दैन । काठको काम गर्दै आएका श्रीमान् बुद्धि कुमाल परदेशको तयारीमा रहेको मिनाले बताइन् ।

एक्लेपिपलकै शारदा खनालपनि रुरु शिवालयमहिला स्वावलम्बन समूहको सदस्य छन्। उनले १४ सय खुर्सानी रोप्नु भएको छ भने सय बोट रेड लेडी जातको मेवा छन् ।

खुर्सानी फल्दै भए पनि करिब एक क्वीन्टल मेवा बिक्री गर्नुभएका खनालले सामूहिक तथा व्यक्तिगत रूपमा कृषि र पशुपालन व्यावसायबाट मनग्य आम्दानी गरेको छन् । सोही गाउँकै देवि रेश्मी पनि व्यावसायीक तरकारीतर्फ आकर्षित छन्। रेश्मीले भर्खरै ७० किलो काँक्रा बिक्री गरे। घिरौला, लौका, बोडी र मेवालगायतका कृषि उपज बेचेर धेरै महिलाले आफ्नो खर्च धानेका छन् ।

रुरुक्षेत्र गाउँपालिकाले गत वर्षदेखि हेफर प्रोजेक्ट नेपालसँगको साझेदारीमा रुरु कृषि परियोजना सञ्चालन गरेको छ । परियोजना नवप्रभात युवा सङ्घमार्फत कार्यान्वयनमा रहेको छ । जसले महिलाहरूलाई एकीकृत बनाउँदै सामूहिक भावनाको विकाससँगै आर्थिक समृद्धिको बाटोे देखाउने काम गरिरहेको छ । परियोजनाका लागि रुरु क्षेत्र गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको गरेर कुल रकम तीन करोड ३३ लाख ३३ हजार ३३३ रुपियाँ बजेट विनियोजन भएको छ । परियोजनामा २१ सय घरधुरीका महिला तथा युवा र ३३ वटा स्वावलम्बी समूहमार्फत कार्यक्रम परिचालन गरिएको नवप्रभात युवा सङ्घका कार्यकारी निर्देशक धातानन्द भुसालले जानकारी दिए ।

रुरु क्षेत्र गाउँपालिका माछा, तरकारी र बोकाको मासुमा आत्मनिर्भर हुने चरणमा रहेको छ । महिलाहरूको आर्थिक, सामाजिक सशक्तिकरणमार्फत कृषि तथा पशुपालनबाट हुने आम्दानीलाई दोब्वर वृद्धि गरी जिवीकोपार्जनमा सुधार गर्ने आफुहरूको उद्देश्य रहेको रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए । गाउँपालिकाले मात्रै परियोजनाका लागि दुई करोड बढि रकम विनियोजन गरेकाले आत्मनिर्भर उन्मुख कृषि र पशुपालनमा थुप्रै काम भइरहेको बताए।

महिलाहरूमार्फत सामूहिक कृषि खेती र बाख्रापालन सञ्चालन गरेर आत्मनिर्भरसँगै आफैँ मालिक बन्ने अवस्थाको सृजना भएको रुरु क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए। उनले परियोजनामा करिब २१ सय महिला दिदीबहिनीलाई आर्यआर्जन जोडिएकाले परियोजनाको सहयोगले उत्साह र सामाजिक तथा सामुहिक भावना अभिवृद्धि गराएको पाण्डेयले बताए। उनले बोल्नै नसक्ने दिदिबहिनीहरू पनि आफना समस्या समूहमा राख्ने भएकाले आर्थिक सामाजिक रुपान्तरणसँगै नेतृत्व विकासमा टेवा पुगेको बताए।

रुरु कृषि परियोजनाका संयोजक प्रकाश चालिसेका अनुसार अहिलेसम्म बाख्रा पाल्ने कृषकलाई २२५ बाख्रा वितरण, २० वटा बिउ बोका वितरण र बाख्रा उपहार गरिएको छ । बाख्राको खोर १२६ वटा निर्माण तथा सुधार गरिएको, दुग्ध प्रवर्धनअन्तर्गत ४१ वटा गाई वितरण गरिएको थियो । अहिले बम्घा सहकारीले दैनिक १४ सय लिटर दुध सहकारी मार्फत बिक्री गर्दै आएको छ । ४८ वटा भकारो सुधार, डेरी सञ्चालनका लागि १० वटा क्यान, ५०० लिटरको चिलिङ्ग भ्याट, एउटा डिजिटल मिल्क एनलाइजर र एक सेट सोलार वितरण गरिएको परियोजनाको कार्यक्रम संयोजक चालिसेले जानकारी दिए । उनले गाई र बाख्राको लागि उन्नत घाँस वितरण, स्रोत केन्द्र निर्माण, व्यावसायीक कृषकलाई करिव ५५० किलोग्राम तरकारीको बिउ पल, टनेल र प्रविधिसँगै ४० वटा टनेल निर्माण गरिएको बताए ।

फलफूल प्रवर्धनअन्तर्गत माग बमोजिम सुन्तला, कागती, मेवालगायतका बिरुवा वितरण गरिएकाले अहिले लिचि र आँपका बिरुवा वितरण गरिने छ । त्यस्तै बगैँचा व्यवस्थापनका लागि सामग्री वितरण गरीएको, उँखु उत्पादनमा सहयोगको लागि बिउ प्रविधि हस्तान्तरण गर्दै सङ्कलन प्रशोधन उद्योग स्थापना गरेर २६६ टन उखु प्रशोधन गरीएको परियोजनाले जनाएको छ । जसबाट गुड खुदो उत्पादन तथा गुडबा क्यान्डी बनाई बजारीकरण गरिएको परियोजनाका पशु प्राविधिक शशी भुसालले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सशस्त्र प्रहरीलाई व्यावसायिक र दक्ष बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नरा...

प्रधानमन्त्रीको भारत भ्रमणको निम्तो आइसकेको छ, यद्यपि मिति तय भएको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि निम्तो आएको बताएका छन्। सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्...

कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक वैशाख २ मा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गतेका लागि बोलाएको छ। अनुशासन समितिका सचिव दिनेश...

प्रशासकीय अधिकृत र आरके कन्स्ट्रक्सन सञ्चालकविरुद्ध अख्तियारद्वारा मुद्दा, जनही २२ लाख ४४ हजार बिगो माग

काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर।के। कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्की...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद् अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ। वर्षौंदेखि भाडा नतिर्ने ५६ वटा सटल...

बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्री शाह छलफलमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूसँग छलफल गरेका छन्। छलफल सिंहदरबारस्थित ...

जलेश्वरमा सांसद अमरेश सिंहविरुद्ध आफ्नै पार्टी कार्यकर्ताको गरे नाराबाजी

जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका स्थानीय कार्यकर्ताले प्...

चर्को आलोचना भएपछि गृहमन्त्री गुरुङले हटाए सम्पत्ति विवरणबारे लेखेको पोस्ट

काठमाडौं । सुधन गुरुङले सम्पत्ति विवरणसम्बन्धी सामाजिक सञ्जालमा गरेको टिप्पणी पछि हटाएका छन्। आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको ...

संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसदहरूले अर्थमन्त्रीलाई बोलाएर आगामी बजेट तथा आर्थिक नीतिबारे छलफल गर्नुप...

अधिकाशं सेवालाई नि:शुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ । धेरैजसो सेवा नि:शुल्कसँगै सेवा विस्तार गरेको सरकारी अस्पतालमा आर्थिक समस्या प...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending