Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कांग्रेस पदाधिकारी बैठक बस्दैः भिजिट भिसा प्रकरण मूख्य एजेन्डा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्नेगरी देउवाले पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । 

बैठकको मुख्य विषय भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएपछि अब के गर्ने भन्ने छलफल गर्ने रहेको एक पदाधिकारीले जानकारी दिए । ‘मुख्य विषय भिजिट भिसा प्रकरणमा गृहमन्त्रीज्यू मुछिएपछि के गर्ने भन्ने हो ? बैठक बसेपछि त अन्य विषय पनि भइहाल्छन्,’ ती पदाधिकारीले भने । 

बैठकमा क्रियाशील सदस्यता नवीकरणबारे क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले पाटी पदाधिकारीलाई ब्रिफिङ गर्नेछन् । मुख्यसचिव पौडेलले महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे बैठकमा जानकारी गराउने बताए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई कार्यालयमा छापा मारेर नियन्त्रणमा लिएर उनका डिभाइस जफत गरेपछि शङ्काको सुई गृहमन्त्री लेखकसम्म पुगेको छ । 

यसबारे कांग्रेसका नेताहरूबिच लेखकले राजीनामा दिनुपर्ने र दिन नहुने भन्नेमा फरक फरक धारणा बाहिर आइसकेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र लेखकलाई तत्काल रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको एमालेको ...

ओेली-लेखक पक्राउ: सांसद अभिमुखिकरण कार्यक्रमपछि औपचारिक धारणा ल्याउने कांग्रेसको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...

ओली–लेखक पक्राउपछि हर्क साम्पाङको प्रतिक्रिया: अब हुुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...

पार्टी मुख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...

ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...

ओली र लेखक पक्राउपछि गृहमन्त्री गुरुङको प्रतिक्रिया: “अब देशले नयाँ दिशा लिनेछ”

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...

राजनीति र कानुनी लडाइँ लड्न तयार छुः पूर्वगृहमन्त्री लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...

ओली-लेखकलाई दिइएकाे पक्राउ पुर्जीमा ज्यानसम्बन्धी कसुरकाे आराेप

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैनः गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...

ओली र लेखकलाई आइतबार अदालतमा पेस गरिने

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ । शनि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending