Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

तनहुँमा शिक्षकको कुटाइबाट पाँच विद्यार्थी घाइते

खबरडबली संवाददाता

तनहुँ । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारस्थित सहिद होमराज लोहनी शारदा सदन माध्यमिक विद्यालयमा अध्ययरत पाँच विद्यार्थी शिक्षकको कुटाइबाट घाइते भएका छन् । सहायक प्रधानाध्यापक निराजन भट्टको कुटाइबाट घाइते भएका हुन् । 

शिक्षक भट्टको कुटाइबाट कक्षा ६ मा अध्ययनरत अस्मृति बिकको देब्रे हात मर्किएको छ भने औंला भाँचिएको छ । यातना दिई कुटपिट गर्ने शिक्षकको कारबाहीको माग राख्दै पीडितका अभिभावकले आइतबार विद्यालयमा निवेदन पेश गरेका छन् । 

छोरी  शुक्रबार खाना नखाई झोक्राएर सुत्न लागेपछि  उनका साथीसँग सोध्दा शिक्षकको कुटाइले घाइते भएको पत्ता लागेको अस्मृतिको आमा राममाया सुनारले बताइन् । 

शिक्षकको डरले कुटाई खाएको नभनेको र साथीसँग सोधेर पत्ता लगाएको उनको भनाइ छ ।  कुटाईबाट छोरी सख्त घाइते भएकाले आइतबार विद्यालयमा पुगेर कारबाहीको माग राखेको सुनारले बताइन् । कुटाइबाट हात मर्किएको, औंला भाँचिएको, पिठिउँमा निलडाम रहेको र हाल ज्वरो आएको सुनारको भनाइ छ । साथीसँग किन झगडा गरेको भनेर शिक्षक भट्टले लौरीले पिढिउँ र हातमा हिर्काएको अस्मृतिले बताइन् । 

देव्रेहात बेस्सरी दुखेको र औँला चलाउन कठिन भएको अस्मृति बताउँछिन् । अस्मृतिले भनिन्, ‘‘साथीसँग सामान्य भनाभन भएको थियो सरले एक्कासि बेस्मरी कुट्नु भयो ।’’ 

अस्मृतिका अन्य चारजना साथीहरु सिता बिक, सरस्वती सुनार, रविना सुनार र अस्मिता तामाङलाई चोट लागेको छ । तर शिक्षकले भट्टले सामान्य कुटेको र चोट नलागेको बताए । शिक्षक भट्टले भने, ‘झगडा गरेकाले सामान्य सजाएँ दिएको हुँ घाइते हुने गरी कुटेको छैन ।’’ 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीनराज दाहालले अभिभावकले कुटेर घाइते बनाएको गुनासो गरेकाले सोमबार विद्यालय व्यवस्थापन समितिको बैठक बोलाइएको बताए । दाहालले भने, ‘‘अभिभावकबाट गुनासो आएको छ हामीले छानबिन गर्छौँ र दोषी भए कारबाहीको पक्रिया अघि बढाउँछौँ ।’’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र लेखकलाई तत्काल रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको एमालेको ...

ओेली-लेखक पक्राउ: सांसद अभिमुखिकरण कार्यक्रमपछि औपचारिक धारणा ल्याउने कांग्रेसको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...

ओली–लेखक पक्राउपछि हर्क साम्पाङको प्रतिक्रिया: अब हुुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...

पार्टी मुख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...

ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...

ओली र लेखक पक्राउपछि गृहमन्त्री गुरुङको प्रतिक्रिया: “अब देशले नयाँ दिशा लिनेछ”

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...

राजनीति र कानुनी लडाइँ लड्न तयार छुः पूर्वगृहमन्त्री लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...

ओली-लेखकलाई दिइएकाे पक्राउ पुर्जीमा ज्यानसम्बन्धी कसुरकाे आराेप

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैनः गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...

ओली र लेखकलाई आइतबार अदालतमा पेस गरिने

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ । शनि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending