बागलुङ। ट्याक खुलेको २५ वर्षपछि ओढारचौर–ढोडेनी सडक कालोपत्र भएको छ । सदरमुकामबाट नजिकै रहेर पनि सडक सुविधाबाट बञ्चित बनेका बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीबासीले गैँची, बेल्चा र कोदालोको सहायताले २०५६ सालमा ट्याक खोलेको ओढोरचौर–ढोडेनी कालोपत्र गरिएको हो ।
सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रको काम सुरु भएको आशिष फेवा संयुक्त निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिए। साढे दुई किमी लम्बाईको सडकलाई ८ देखि १० मिटरसम्म चौडा बनाईएको र साढे पाँच मिटरमा अस्फल्ट प्रविधिको कालोपत्र गरिने छ ।
सहरी शासकीय तथा पूर्वाधार सुधार कार्यक्रममार्फत तरकारी गाउँले परिचित ढोडेनी कालोपत्र सडकले जोडिएको हो । तरकारी र दुध उत्पादन गरेपनि जीर्ण सडकले समयमै बजार पठाउन नसक्दा निराश किसानमा सडक कालोपत्र भएपछि सहज आवातजावत र कृषि उपज ढुवानीमा राहत मिल्ने भएपछि खुशीयाली छाएको छ । स्थानीयले गैँची र कोदालोको सहाराले ओढारचौरको पहरो काटेर सडक बनाएको ढोडेनीका प्रेमप्रसाद आचार्यले विगत कोट्याए।
तत्कालिन जिल्ला विकास समितिको पाँच लाख रुपियाँ बजेट र ३६ दिनको श्रमदानबाट बनेको मोटरबाटो स्तरोन्नतिसहित कालोपत्रे ढोडेनीबासी दङ्ग छन् । ‘‘हामीले दु:खझेलो गरेर बनाएको बाटो छोरानातीको पालामा कालोपत्र भयो ।’’ आचार्यले भने। यो सडकको साढे दुई किलोमीटर सडक कालोपत्र भएपछि कालीगण्डकी नदीको झोलुङ्गे पुल तरेर पर्वतको लस्ती, मालढुङ्गा हुँदै बागलुङ बजार पुग्नुपर्ने बाध्यता अन्त्य भएको ढोडेनीका ७६ वर्षीय जिवानन्द सापकोटाले बताए।
पर्वतको लस्ती, धाइरिङ र बागलुङको ढोडेनीका किसानले उत्पादन गरेका तरकारी, फलफूल र दूध म्याग्दीको बेनी, पर्वतको कुश्मा र बागलुङ बजारमा बिक्री गर्छन् । ‘‘सडक कालोपत्रे भएपछि हामीलाई धेरै फाइदा पुग्छ’’ लस्तीका दुध उत्पादक कृषक टेबहादुर क्षेत्रीले भने । पर्वतको लस्ती, खनियाघाट, मालढुङ्गा हुँदै १५ किलोमीटर दूरी पार गरेर बागलुङ बजार पुग्नुपर्ने नागरिकलाई उपल्लाचौर–ढोडेनी सडक कालोपत्र भएपछि ७ किमी दूरी छोटो पर्ने छ ।
नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत आगामी असार मसान्तभित्र सक्ने गरी सुरु गरेका तीन सडकमध्ये बागलुङ नगरपालिका वडा नं। १ रामरेखाको गणेश घुम्तीदेखि निरयघाट जोड्ने १ किलोमिटर ६ सय मिटर लम्बाईको सडक कालोपत्र गर्ने काम सकिएको छ भने ओढारचौर–ढोडेनी सडकमा अहिले कालोपत्रको काम चलिरहेको छ । यस्तै, वडा नं। ७ को मुलपानीदेखि तितौरेसम्मको साढे ८ किमी सडक कालोपत्र गर्ने तयारी भइरहेको छ ।
विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाले ४८ करोड रुपियाँमा तीन सडक स्तरोन्नतिसहित कालोपत्रको काम गरिरहेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुहुन्छ । यसअघि विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरदेखि वडा नं. ६ सम्मको ७ किमी सडक कालोपत्र भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: