Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

खबरडबली संवाददाता

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ । दशकअघि विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको यो सामुदायिक विद्यालयमा हाल निजी विद्यालय छोडेर पढ्न आउन थालेका छन् । 

अङ्ग्रेजी माध्यमबाट पठनपाठन, अभिभावक र समुदायको सुझावअनुसार तयार पारेको कार्ययोजना कार्यान्वयन, विद्यार्थीमैत्री शिक्षण विधिको प्रयोग, तह वृद्धि, विपन्न विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग, व्यवस्थित पूर्वाधार र स्रोत साधनको उच्चतम परिचालन गरेपछि विद्यार्थीको आकर्षण बढेको प्रअ सुरेन्द्रप्रसाद केसीले बताए। 

“विसं २०७१ मा कक्षा पाँच उत्तीर्ण भएका १२ जना विद्यार्थी बाहिरिने र नयाँ नथपिने भएपछि विद्यालय बन्द गर्ने बहस चलेको थियो”, उनले भने, “शैक्षिक, भौतिक र आर्थिक कार्ययोजना बनाएर कार्यान्वयन गरेपछि त्यसयताका वर्ष विद्यार्थी सङ्ख्या निरन्तर बढेको छ ।” 

विसं २०७२ को शैक्षिक सत्रमा सेवा क्षेत्रमा बस्तीमा व्यवस्थापन समिति र शिक्षकहरूले घरदैलो गरेर ९३ जना विद्यालय भर्ना गराए । विसं २०७३ मा विद्यार्थी सङ्ख्या १३२ पुग्यो । विसं २०७५ मा कक्षा ६, २०७८ मा कक्षा ८ र २०८० मा कक्षा ९ को पठनपाठन सुरु गरेको यस विद्यालयका १० जना विद्यार्थीले २०८१ मा पहिलोपटक माध्यमिक शिक्षा परिक्षा ९एसइई०मा सहभागिता जनाएका छन् । 

विसं २०२८ मा हाल म्याग्दी बालगृह रहेको ठाउँमा स्थापना भएको विद्यालय विसं २०५८ मा कालीपुलमा स्थानान्तरण गरिएको थियो । नेपाल बाल सङ्गठनले सञ्चालन गरेको बालगृहमा रहेका अनाथ बालबालिकालाई पठनपाठनको ब्यवस्था मिलाउन त्यसबेला यो विद्यालय स्थापना भएको थियो । 

हाल कक्षा १० मा २२ जनासहित २७२ जना विद्यार्थी रहेको यस विद्यालयमा भर्ना अभियान सकिँदासम्म विद्यार्थी सङ्ख्या करिब ३५० जना पुग्ने प्रअ खत्रीको अनुमान छ । औसत सिकाइ उपलब्धि तीन दशमलव नौ जिपिए छ । यसपाली बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविका एक, पोखराको विन्दबासिनी माविबाट दुई जनासहित छ जना अन्य विद्यालयका विद्यार्थी बालमन्दिरमा भर्ना हुन आएका छन् । 

बाल कक्षापछि एक वर्ष केजी ९पूर्वप्राथमिक तह०मा पढाउने र कक्षा १ मा भर्ना गर्ने अभ्यास थालेको यस विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन, विभाग बनाएर शिक्षकहरूलाई जिम्मेवारी बाँडफाँट, अतिरिक्त क्रियाकलाप, खेलकुद गतिविधि सञ्चालन, कक्षाकोठाबाट बाहिर निस्किँदा आउटपासको व्यवस्था, कम्प्युटर, विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरेको छ । 

कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी र प्रयोग गरेर विद्यार्थीको सहभागितामा पठनपाठन गर्ने विधि अपनाएको छ । प्राथनाको समयमा विद्यार्थीले सामान्य ज्ञान, समाचार वाचन र कला प्रस्तुत गर्छन् । हरेक तीन/तीन महिनामा सामूहिक र व्यक्तिगतका साथै शिक्षकले अभिभावकलाई फोन गरेर विद्यार्थीको आनीबानीका बारेमा छलफल गर्छन् । 

विभिन्न सङ्घ संस्था र दातासँग समन्वय गरेर विपन्न विद्यार्थीलाई छात्रावृत्ति, पोसाक, शैक्षिक सामग्रीको व्यवस्थापन गरिएको प्रअ खत्रीले बताउनुभयो । विद्यालयबाट अतिरिक्त क्रियाकलापका प्रतियोगितामा सहभागी हुने विद्यार्थी र शिक्षकलाई हौसला प्रदान गर्न सम्मानका साथै विद्यार्थीको जन्मदिन मनाउने गरेको छ । 

विद्यालय परिसरको जग्गामा निर्माण भएको भवन तथा टहराबाट मासिक रु दुई लाख ३२ हजारका दरले हुने आम्दानीबाट निजी स्रोतका चार जना शिक्षक र एक जना सुरक्षा गार्डको तलब व्यवस्थापन गरेको विद्यालयले अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क लिने नगरेको व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माले बताउनुभयो । 

पछिल्लो दश वर्षमा रु दुई करोड ५० लाखभन्दा बढीको लागतमा चार वटा भवन, कम्प्युटर, विज्ञान प्रयोगशाला, शौचालय, सभाहल, सटरकोठा भवन, खानेपानी, भुइँमा पेभर ब्लक बिछ्याइएको छ । 

छात्रावासका लागि पाँच कोठे भवन निर्माणाधीन छ । यस वर्षदेखि विद्यालयमै खाजा पसल सञ्चालन भएको छ । विद्यालय परिसरको खाल्डो र खेलमैदानमा जमेको पानीमा ढुङ्गा राखेर कक्षाकोठामा छिर्नुपर्ने अवस्थाको विद्यालय अहिले पूर्वाधारका हिसाबले व्यवस्थित र सुविधासम्पन्न बनेको छ । 

नब्बे प्रतिशत विद्यार्थी दलित समुदायका रहेका सहायक प्रअ गीता सुवेदीले बताउनुभयो । विपन्न विद्यार्थीको पठनपाठनमा सघाउन रु पाँच लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरेको छ । पूर्वविद्यार्थी, दाता र सामाजिक सङ्घ संस्था खोजेर विद्यार्थीलाई शैक्षिक सामग्री, पोसाकको व्यवस्था मिलाइएको छ । 

खेलमैदानको अभाव र छात्रावास सञ्चालनका लागि पर्याप्त भवन नहुनु, शैक्षिक सत्रको अन्तिमसम्म पनि भर्ना हुन आउने र केही विद्यार्थीले बीचमा विद्यालय परिवर्तन गर्ने समस्या रहेको छ । रोजगारीको शिलशिलामा बेनीमा आएका अभिभावकहरू कामको खोजीमा अन्यत्र जाँदा बालबालिकाले शैक्षिक सत्रको बीचमा विद्यालय परिवर्तन गर्ने समस्या देखिएको हो । 

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बालमन्दिर माविमा तह थप गर्न विद्यार्थी सङ्ख्या कम भएका अन्य विद्यालयबाट आधारभूत तहको दरबन्दी भए पनि माध्यमिक तहसम्म पठनपाठन गर्नसक्ने विषयगत शिक्षकको व्यवस्था मिलाएको बताए। 

बेनीमा रहेको बेनी सामुदायिक र प्रकाश माविमा बढ्दो विद्यार्थीको चाप व्यवस्थापन गर्न बालमन्दिर माविलाई तहवृद्धि गरी शैक्षिक र भौतिक क्रियाकलापमा नगरपालिकाले सहयोग गर्दै आएको नगर प्रमुख केसीले बताए। सामुदायिक विद्यालयका लागि बालमन्दिर माविको सुधार र परिवर्तन उदाहरणीय बनेको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: