Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

असिनाले भित्र्याउने बेलाका बालीनालीमा क्षति, मार्सी धानको बिउ पूर्ण रूपमा क्षति

खबरडबली संवाददाता

जुम्ला । जुम्लामा शुक्रबार दिउँसो परेको असिनाले बालीनालीमा क्षति गरेको छ। जुम्लाको तिला गाउँपालिका–९ मा झण्डै आधा फिट असिना परेको छ। असिना शुक्रबार अपरान्ह ४ देखि ५ बजेसम्म निरन्तर असिना परेको थियो।

तिला गाउँपालिका–९ रासागाउँका मोतिराम बुढाले असिनाले बालीनालीमा क्षति पुर्‍याएको बताए। उनले भने, ‘भित्र्याउन तयारी अवस्थामा रहेको जौं सखाप बनायो, पूरै खेतमै झारिदियो । यता बारीमा लगाएको गहुँबालीमा नोक्सान गरेको छ। सिमी, आलु, मकै, फापर पनि पूरा नष्ट गरेको छ।

अर्का किसान उमेश रावतका अनुसार फलफूलहरू स्याउ, आरु, ओखरका चिचिलासमेत असिनाले झारेको छ। उमेशले गुनासो गरे, ‘यो वर्षको हिउँदमा यति पनि हिउँ परेको थिएन अहिले असिना जति पर्‍यो। पहिलोपटक यति धेरै मात्रामा असिना परेको छ। भित्र्याउने बेलाको बाली सबै सखाप भयो, अब बर्खा कसरी टार्नु।’ 

तत्कालै किसानको मन थाम्न स्थानीय सरकार र प्रशासनले राहतको उचित प्रबन्ध मिलाउनुपर्ने उनीहरूको भनाइ छ।यस्तै असिनाले सबै बाली नष्ट गरेपछि गाउँमा भेला बोलाइएको छ। भेलाले तत्काल अनुगमनको लागि प्रहरी चौकी, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने तयारी किसान बताउँछन्।

असिनाले राँसाका १ सय १० र मालापानी गाउँका ६८ घर प्रभावित बनेका छन्। यता तिला(९ का वडाध्यक्ष धनबहादुर रावतले तत्काल असिनाले क्षति पुर्‍याएको गाउँमा पुगेर अनुगमन गर्ने बताए। उनले भने, ‘असिनाले सबै बालीनाली सखाप पारिसक्यो। अब उहाँहरूलाई राहत दिनुपर्ने अवस्था आइसकेको छ।’ 

अध्यक्ष रावतले  स्थानीय सरकारले किसानका दुस्ख पीडा झरेका आँसु पुछ्ने प्रायास गर्ने बताए। सक्नेजति राहत उपलब्ध गराउने वाचा उनले गरे। अन्य प्रशासन, प्रदेश र संघका हारगुहार गर्ने उनको भनाइ छ।

यस्तै मंगलबार बेलुका परेको वर्षा संगै आएको बाढीले जुम्लाको हिमा गाउँपालिका–१ देवारगाँउका १४ जना किसानका मार्सी धानका बेर्नामा क्षति पुर्‍याएको छ। खेतमा राखिएको मार्सी धानको बेर्ना (बिउ) पूर्ण रूपमा क्षति पुगेको छ।

रोपाइँको तयारीमै रहेका बेला असिनापानीपछि आएको बाढीपहिरोले धानका बेर्नामा क्षति गर्दा किसनाहरू रोपाइँ नहुने चिन्तमा छन्। १४ वटा मार्सी धानका बेर्ना र पाँच वटा गौँ लगाएको बारीमा क्षति पुर्‍याएको तिला-१ का वडाध्यक्ष रतन शाहीले बताए।

अविरल वर्षासँगै देवारगाउँको खोलामा आएको बाढीले खेतबारीसहित सिँचाइ कुलोमा समेत क्षति गरेको छ । देवारगाउँका हर्कमान सार्की, लालु शाही र गोविन्द रोकायालगायत किसानको धानका बेर्ना पूर्ण रूपमा नष्ट गरेको शाहीले बताए। रोप्ने तयारी गरेका बेला धानका बेर्नामा बाढीपहिरोले क्षति गर्दा किसानहरू अन्य बाली लगाउने विकल्पको खोजीमा छन्।

यसअघि वैशाखमा जिल्लाको पातारासी, चन्दननाथ, गुठीचौर, तातोपानी र सिंजा क्षेत्रमा असिना परेर बालीनालीमा लाखौंको क्षति पुर्‍याएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending