Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष, पहिलाे पटकलाई किसानलाई सचेत

सांकेतिक तस्विर
खबरडबली संवाददाता

कञ्चनपुर । कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना सङ्कलन गरी प्रयोगशालामा जाँच गर्दा तरकारीमा उपभोग गर्न नहुने मात्रामा विषादी फेला पारेको छ । 

एकाइ कार्यालयका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टका अनुसार आज शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सञ्चालनमा रहेका छवटा पसलबाट सङ्कलन गरिएका १० वटा तरकारीका नमूनामध्ये तीतेकरेलामा उपभोग गर्नै नहुने मात्रामा विषादीको अवशेष पाइएको छ । करेलाको नमूना परीक्षण गर्दा कार्वामेट १४ दशमलव ८५७ र अर्गानोफस्फेट ६० दशमलव ५९९ प्रतिशत रहेको पाइएको छ ।

“तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादीको मात्रा भए केही दिन राख्ने र पर्खने विषादीको मात्रा घटेको पाइए मात्र खानयोग्य हुन्छ, क्वारेन्टाइन गर्नुपर्ने हुन्छ”, एकाइ कार्यालयका नायब प्राविधिक सहायक भट्टले भने, “विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी पाइए विर्सजन (नष्ट) गर्नुपर्ने हुन्छ, खानयोग्य हुँदैन ।”

उनका अनुसार प्रयोगशालाले कार्वामेट र अर्गानोफस्फेट गरी दुई समूहका विषादीको परीक्षण गर्दै आएको छ । झलारी बजारमा रहेका छवटा पसलमा एकाइ कार्यालयको टोलीले अनुगमन गरी काँक्रो, लौका, रायो, भिन्डी, आलु, करेला, बोडी, गोलभेँडालगायतका गरी १० वटा नमूना प्रयोगशालामा जाँचका लागि सङ्कलन गरी परीक्षण गरेको छ ।

सङ्कलित नमूनामा रायोको नमूनामा ३३ दशमलव ९४८ अर्गानोफस्टेट रहेको पाइएको छ । अन्य तरकारीका सङ्कलित नमूनामा किटनाशकको अवशेष शून्य दशमलव १५० देखि २७ दशमलव ९२७ रहेको पाइएको छ । विषादीको मात्रा अत्यधिक भेटिएको तरकारी पसलबाट जफत गरी नष्ट गरिएको छ । विषादीको प्रयोग गरी करेला बिक्री गर्न ल्याउने किसानलाई पहिलोपटकका लागि सचेत गर्ने कार्य गरिएको शुक्लाफाँटा नगरपालिकाको कृषि शाखाका कर्मचारीले बताए ।

दुई साताअघिमात्र महेन्द्रनगरको सब्जीमण्डीमा बिक्रीका लागि राखिएको काँक्राको नमूना प्रयोगशालामा परीक्षण गर्दा खानै नहुने मात्रामा विषादी फेलापरेको थियो । चालु आवको हालसम्म प्रयोगशालाले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट दुई हजार एक सय ६७ किटनाशक विषादी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ ।

सङ्कलित नमूनामध्ये १६ वटा विसर्जनयोग्य, आठवटा केही दिन पर्खनुपर्ने (क्वारेन्टाइन गर्नुपर्ने) र दुई हजार १४३ वटा खानयोग्य रहेको पाइएको छ । तरकारीका सबैभन्दा बढी नमूना कञ्चनपुरबाट आठ सय २२ वटा सङ्कलन गरिएका छन् । जसमध्ये नौवटा नमूनामा विषादीको मात्रा अत्यधिक रूपमा फेलापरेको छ । दुईवटा नमूना केही दिन पर्खेर मात्र खानयोग्य रहेको पाइएको एकाइ कार्यालयका नायब प्राविधिक सहायक भट्टले बताए ।

उनका अनुसार कैलालीमा चालु आवमा छ सय २४ तरकारीका नमूना सङ्कलन गरिएकामा पाँचवटा नमूनामा खान अयोग्य  विषादीको मात्रा फेलापरेको छ । चारवटा नमूनामा केही दिन पर्खेरमात्र खान पाइने गरी विषादी राखिएको पाइएको छ ।

प्रयोगशालाले स्थानीय तहसँगको समन्वयमा तरकारीका नमूना सङ्कलन गरी किटनाशक विषादी परीक्षण गर्दै आएको छ । देशभरिमा तरकरीको विषादी परीक्षण गर्ने विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला १२ वटा रहेका छन् । शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार तरकारीमा कीरा मार्न प्रयोग गरिने विषादी मानव स्वास्थ्यका लागि हानिकारक छ । तरकारीमा छर्किने विषादीले पेट दुख्ने, बान्ता हुने, पाचन प्रणालीमा समस्या ल्याउने, टाउको दुख्ने, पक्षघात हुने, विषादीयुक्त तरकारीको लामो समयसम्म प्रयोग गरे आन्द्रा, कलेजो वा छालाको क्यान्सर हुने सम्भवना हुन्छ ।

“मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोगलाई घटाई जैविक विधिबाट तरकारी उत्पादन गरी बिक्री वितरण गर्न किसानलाई सचेत पार्नु आवश्यक छ”, उनले भने, “तरकारीमा हालिने विषादीलाई न्यूनीकरण गर्न कृषि प्राविधिकले किसानका घरमै पुगेर यसले पुर्याउने हानिबारे जानकारी दिनुपर्छ ।” 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिनियाँ शीर्ष नेताले देखेका ६ चामत्कारिक क्षेत्र

बेइजिङ  । चीनले सन् २०२६ देखि सुरु हुने १५औँ पञ्चवर्षीय योजनालाई लक्षित गर्दै प्रविधि–आधारित औद्योगिक रूपान्तरणलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत दि...

ओलीलाई पक्राउ गरेको विरोधमा अनेरास्ववियुले गर्‍यो टायर बालेर प्रदर्शन

काठमाडौं । पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेपछि एमालेका भ्रातृ संगठन अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा प्रदर्शन गरेको छ। पूर्वप्रधानमन्त्री समेत रह...

च्यासलमा एमाले कार्यकता र प्रहरीबीच झडप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विषयलाई लिएर ललितपुरको च्यासल क्षेत्रमा एमाले कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। ...

भारतको रणनीतिक तेल भण्डार पाँच दिनका लागि मात्रै पर्याप्त

काठमाडौं। भारतको रणनीतिक कच्चा तेल भण्डारले हालको खपत दरअनुसार करिब पाँच दिनको माग मात्र धान्न सक्ने देखिएको छ। BBCको विश्लेषणअनुसार कुल भण्डारण क्षमत...

ओलीको गिरफ्तारीपछि दलहरूसँग संवाद गर्न एमालेले तोक्यो जिम्मेवारी

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि विकसित घटनाक्रमबारे अन्य राजनीतिक दलहरूसँग संवाद गर्न जि...

एमालेले जनसंगठनलाई सडकमा उतार्ने

काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३...

ओली र लेखकलाई तत्काल रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको एमालेको ...

ओेली-लेखक पक्राउ: सांसद अभिमुखिकरण कार्यक्रमपछि औपचारिक धारणा ल्याउने कांग्रेसको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...

ओली–लेखक पक्राउपछि हर्क साम्पाङको प्रतिक्रिया: अब हुुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...

पार्टी मुख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending