Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

पर्वतको जलजलामा निर्माणाधीन सडक ६ वर्षदेखि अलपत्र

खबरडबली संवाददाता

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको आयोजना’अन्तर्गत पर्वतको जलजलामा निर्माणाधीन सडक ६ वर्षदेखि अलपत्र बनेपछि वैकिल्पक मार्ग बनाउन थालिएको छ ।

जलजला गाउँपालिका–७ मिलनचोकबाट सल्यान–घायखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजना ६ वर्षदेखि अलपत्र बनेको हो । ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडक अलपत्र बनेपछि स्थानीयले वैकिल्पक मार्ग खोल्न थालेका हुन् ।उक्त खण्डअन्तर्गत मिलनचोकबाट सल्यानसम्मको तीन दशमलव ५०० मिटर गत वर्ष कालोपत्र भए पनि सोभन्दा माथिको सात दशमलव पाँच किलोमिटर सडक अलपत्र बनेको हो ।

धाइरिङ्गस्थित किराखोरमा बर्सेनि झर्ने पहिरोका कारण वर्षायाममा सडक पूर्णरूपमा क्षति हुने गरेकाले वैकिल्पक मार्ग निर्माण गर्न थालिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार पहिरो नपर्ने र बस्तीसमेत सुरक्षित हुने दिशातर्फबाट वैकिल्पक मार्ग खोलिएको छ ।

वैकल्पिक मार्गका रूपमा सल्यानबाट घायखेतसम्मको ट्राक परिवर्तन गर्न थालिएको अध्यक्ष आचार्यले बताए । ठेकेदारले समयमा काम नगर्दा किराखोर पहिरोमा बर्सेनि समस्या बढेपछि वैकल्पिक मार्ग खोली हाल स्तरोन्नतिको काम भइरहेको उनले जानका।री दिए ।

दुई किमी लामो सडकको नयाँ मार्ग जलजला गाउँपालिकाले आफ्नै लगानीमा खोलेको हो । सोही सडकमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेटले स्तरोन्नति सुरु गरिएको आचार्यले बताए । टेवा पर्खाल लगाउने, ग्याबियन जाली भर्ने, घुम्ती सुधारलगायत काम भइरहेका जनाउँदै उहाँले स्तरोन्नति सम्पन्न भएपछि बाह्रै महिना यातायातको सुविधा पुग्ने उल्लेख गरे । 

आवागमन अत्यन्तै कठिन रहेको उक्त सडकको भौगोलिक अवस्था सुधार र स्तरोन्नतिका लागि रु १० करोडको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०तयार गरी प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिएको उनले बताए । 

यो दुई किलोमिटर सडकले सल्यानबाट घायखेत जोड्ने छ भने किराखोरको पहिरोतर्फको सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीय हेमनाथ आचार्यले बताए । 

उनका अनुसार सडक अलपत्र पर्दा धाइरिङ्गका एक हजारभन्दा बढी परिवारले समस्या भोग्दै आएका छन् । तरकारीको पकेट क्षेत्र मानिएको धाइरिङ्गमा उत्पादित वस्तु निकासी तथा भुमे ठाकुर र जलजला जानेआउने पर्यटक तथा भक्तजनलाई समस्या पर्दै आएको उनले बताए । 

वि।सं।२०७८ मङ्सिर ५ गते निर्माण सम्पन्न गर्नेगरी वि.सं. २०७६ मङ्सिर ६ गते रु २८ करोड १३ लाखमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्नेगरी ठेक्का सम्झौता भएको थियो । 

सडक निर्माणको जिम्मा पाएको हिमदुङ एण्ड थोकर निर्माण सेवाले विभिन्न बाहना बनाउँदै समयमा काम नगर्दा आयोजना अलपत्र बनेको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए । उनका अनुसार सडकको हालसम्म ६४ प्रतिशत मात्रै प्रगति भएको छ । 

सडक सम्पन्न गर्न पटकपटक निर्माण व्यावसायीलाई म्याद थप गरे पनि विभिन्न बाहना बनाउँदै ढिलासुस्ती गरिरहेको प्रमुख अर्यालले बताए । उनका अनुसार कार्यालयले पटकपटक कालोसूचिमा राखेर काम सम्पन्न गर्न ताकेता गरेपनि अटेर गर्दै आएको छ ।

सडक निर्माणलाई सम्पन्न नगरी अलपत्र पारेर छाडिएकाले बस्ती क्षेत्रमा पहिरोको जोखिम बढेको स्थानीय पूर्ण परियारले बताए । उनका अनुसार निर्माणले निरन्तरता नपाउँदा बनाइएका संरचना पनि भत्किएर जीर्ण बनेका छन् । 

यसैबीच गण्डकी प्रदेशसभाका सांसद भक्त कुँवरले उक्त सडकको अनुगमन गर्दै गौरवको आयोजना समयमा सम्पन्न हुन नसकेपछि स्थानीय पालिकाले खोलेको वैकल्पिक मार्गलाई अघि बढाउन आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

आगामी आर्थिक वर्षको बजेटमा उक्त मार्गलाई पूर्णता दिनेगरी बजेट व्यवस्थापन गरिने उनले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले वृद्धि

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending