Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

अब डोजर प्रयोग गरेर नयाँ सडक बनाउन बन्द

खबरडबली संवाददाता

बागलुङ। बागलुङ नगरपालिकाले तीनवर्षे उपलब्धीलाई ४१ बुँदामा समावेश गरेर सार्वजनिक गरेको छ । नगर प्रमुख वसन्तकुमार श्रेष्ठले सार्वजनिक गरेको प्रगतिको सूचीमा नयाँ र तत्कालै सर्वसाधारणले लाभ लिएका भन्दा धेरै नियमित कामकै प्रगति समावेश छन् ।

पहिलो कार्यपालिका बैठकले निर्णय गरेको बालमैत्री नगर घोषणा गरेको विषय प्रगति विवरणमा समावेश छ । आधुनिक बागलुङ बसपार्क उद्घाटन गरेको विषयलाई श्रेष्ठले प्राथमिकताका साथ सूचीकृत गरेको छन् । श्रेष्ठले मङ्गलबार सार्वजनिक गरेको सूचीमा नीतिगत व्यवस्था तथा सुशासनतर्फ नौ वटा बुँदामा प्रगतिको उल्लेख गरिएको छ ।

डोजर प्रयोग गरेर नयाँ सडक बनाउन बन्द गरेको, दस तलासम्मको घर निर्माणमा नक्सा पास, कर्मचारीलाई उत्तरदायी बनाइएको, घरदैलो तथा घुम्ती सेवा सञ्चालन, उपभोक्ता सहभागिता दस प्रतिशतमा झारिएको, योजना सम्झौता सहज बनाइएको जस्ता नियमित काम प्रगति विवरणमा नगर प्रमुख श्रेष्ठले उल्लेख गरेको छन् ।

भौतिक उपलब्धीतर्फ सडक तथा भवन निर्माण, खानेपानी र सिँचाइका योजना सञ्चालन गरेको विषय श्रेष्ठका प्रगतिको सूचिमा समावेश छन् । बागलुङ बजारमा आकाशे बत्ती राख्ने, विद्युतीकरण, एकीकृत बस्तीका लागि डिपिआर तयार गरेको र भूमिहिनका लागि जग्गा दिने काम पनि अघि बढेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए।

सामाजिक विकासतर्फ बालमैत्री नगर बनाउन गरेको मेहनतलाई प्राथमिकता दिँदै विद्यालयको तह मिलान, ज्येष्ठ नागरिकलाई दिइएको सेवा, नगरकी छोरी कार्यक्रम, सामी परियोजनामार्फत गरेका परामर्श र राहत, फोहोर मैला व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता वितरणलगायतका कामलाई तीन वर्षको प्रगति उल्लेख गरिएको छ ।

आर्थिक विकासतर्फ हेफर प्रोजेक्टसँग मिलेर बाख्रा, बोका वितरण, कागती, सुन्तला, ओखर र किवीका बिरुवा वितरण गरिएको नगर प्रमुख श्रेष्ठले बताए। गोठ सुधार, नस्ल सुधार, तालिम गोष्ठी लगायतका कार्यक्रमहरू प्रगतिमा उल्लेख छन् । नगरले तीन वर्षको अबधिमा ५८ जना गरीब तथा विपन्न परिवारका युवालाई उद्यम, व्यापार र व्यवसाय सञ्चालनका लागि सहुतिलयमा कर्जा दिएको जनाएको छ ।

सोही अवसरम बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । नगर स्तरीय खोप समन्वय समितिको आयोजनामा बागलुङ नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

जन्मेदेखि १५ महिना उमेर समूहका ६ सय ६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २३ महिना उमेर समुहका चार सय ४९ जनालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको खोप समन्वय समितिले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending