लमजुङ । तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन शत्रमा भएको विवादपछि खुकुरी प्रहार गर्ने चार जनाविरुद्ध जाहेरी दर्ता भएको छ । घटना भएको चार दिनपछि जिल्ला प्रहरी कार्यालयमा सोमबार जाहेरी दर्ता भएको प्रहरीले जनाएको हो ।
पीडितका तर्फबाट मध्यनेपाल नगरपालिका–७ का किरण गुरुङ, सोही वडाका धनबहादुर तामाङ, राइनास नगरपालिका–६ का गणेश गुरुङ र मर्स्याङ्दी गाउँपालिका–५ का भूपेश गुरुङलाई ज्यान मार्ने उद्योगअन्तर्गत प्रहरीमा जाहेरी दर्ता भएको हो । संस्थापन इतर समूहका युवाले अधिवेशन वैधानिक नभएको भन्दै रोक्न खोजेपछि भएको वादविवादमा संस्थापन पक्षका युवाले खुकुरी प्रहार गरी युवाहरूलाई घाइते बनाएका थिए ।
तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशन शनिबार बेँसीसहरमा चलिरहँदा संस्थापन इतर पक्षले नाराबाजी गर्दै अधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएका थिए । उद्घाटन शत्र चलिरहँदा भएको नाराबाजीपछि युवाहरूबिच वादविवाद बढ्दै जाँदा संस्थापन पक्षका युवाले खुकुरी र रड प्रयोग गर्दा गम्भीर घाइते भएका खुसीजंग गुरुङ र सुदीप अधिकारीको चितवनमा उपचार भइरहेको छ ।
बेँसीसहर नगरपालिका–९ का वडा अध्यक्षसमेत रहनुभएका खुसीजंग गुरुङ तरुण दल लमजुङको क्षेत्रीय सभापति हुनुहुन्छ भने अधिकारी नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य छन्। घटनामा घाइते हुनुभएका लमजुङ कांग्रेसका जिल्ला सदस्य सन्तोष बस्नेत र नेपाल तरुण दल लमजुङका सदस्य शंकर सापकोटा प्रदेश अस्पताल लमजुङमा उपचारपछि घर फर्केको छन् ।
घटनापछि संस्थापन पक्ष मुद्दा दर्ता नगरी आन्तरिक रूपमा मिलाउने प्रयासमा रहेको थियो भने संस्थापन इतर पक्ष मुद्दा दर्ता गरी कारबाही गर्नुपर्ने पक्षमा रहेको थियो । उक्त घटनापछि सामाजिक सञ्चालनमा दुवै पक्ष आरोप–प्रत्यारोपमा उत्रिदै आएका छन् ।
घाइतेका तर्फबाट इन्दु अधिकारीसमेतले जिल्ला प्रहरी कार्यालय लमजुङमा शनिबार नै जाहेरी दिए पनि प्रहरीले सोमबार मात्रै दर्ता गरेको हो । जाहेरीको भाषा नमिलेकाले सच्चाएर ल्याउन लगाई दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाह तेलीले जानकारी दिए। घटनापछि प्रहरीले हतियार खोसेपनि व्यक्तिलाई पक्राउ नगरेको भनेर आलोचना भइरहेको छ । प्रहरी प्रमुख डिएसपी रेशम बोहोराले मुद्दा दर्तापछि घटनाका आरोपितहरूको खोजी भइरहेको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: