Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

अमेरिकी–इजरायली बन्धकको बदलामा युद्धविराम वा कैदीको रिहाइ नहुने

खबरडबली संवाददाता

जेरुसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार हमासले घोषणा गरेको अमेरिकी–इजरायली बन्धकको रिहाइले गाजा पट्टीमा युद्धविराम वा प्यालेस्टिनी कैदीहरूको रिहाइ नगराउने बताएको छन् ।

गाजामा सबै बन्धकको रिहाइ सुरक्षित गर्न सम्भावित सम्झौताका लागि वार्ता ‘लडाइँको तीव्रताको तयारीका क्रममा’ जारी रहने नेतान्याहुले आफ्नो कार्यालयले जारी गरेको विज्ञप्तिमा बताए ।

हमासले युद्धग्रस्त क्षेत्रमा युद्धविरामका लागि संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्तामा संलग्न भएको खुलासा गरेसँगै उसले आइतबार गाजामा बन्दी बनाइएका अमेरिकी–इजरायली सैनिक एडन अलेक्जान्डरलाई रिहा गर्ने बताएको छ ।

कुनै मिति नदिइए पनि २१ वर्षीय अलेक्जान्डरको परिवारले उनलाई ‘आगामी दिनमा’ रिहा हुनसक्ने जानकारी दिइएको बताएका थिए ।

“इजरायलले कुनै पनि प्रकारको युद्धविराम वा आतङ्कवादीहरूको रिहाइको प्रतिबद्धता जनाएको छैन तर एडनको रिहाइलाई अनुमति दिने सुरक्षित मार्गका लागि प्रतिबद्ध छ”, नेतन्याहुले भने।

अलेक्जान्डरको रिहाइको प्रतिज्ञा गाजा पट्टीमा ‘सैन्य दबाब’ मार्फत हासिल भएको उनले बताए ।

“हामी महत्त्वपूर्ण दिनहरूको बीचमा छौँ जसमा हमासलाई एउटा सम्झौताका साथ प्रस्तुत गरिएको छ जसले हाम्रा बन्धकहरूलाई रिहा गर्न सक्षम बनाउँछ”, उनले भने।

यसअघि दुई हमास अधिकारीले अमेरिकासँग कतारको राजधानी दोहामा वार्ता जारी रहेको र ‘प्रगति’ भएको एएफपीलाई बताएका थिए ।

यसैबिच इजरायली आक्रमणहरू जारी रहेको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीले विस्थापित मानिसहरूलाई आश्रय दिने एक विद्यालयमा राति भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको बताएको छ ।

“जबालिया सहरमा दुई हजारभन्दा बढी विस्थापित मानिसको घर रहेको फातिमा बिन्ट असद स्कुलमा इजरायली हवाई आक्रमणपछि केही महिला र बालबालिकासहित कम्तिमा १० जना ९मृत० र दर्जनौँ घाइते भएका छन्”, नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले भने ।

गाजा लडाकुहरूले हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको क्रममा कब्जा गरिएका ५८ जना बन्धक राखेका छन्, जसमा इजरायली सेनाले ३४ जनाको मृत्यु भएको बताएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेलको जापान भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ देखि २१, २०८२ सम्म जापान भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत...

निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुन्छ: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाध...

मूलपानीबाट गोलीमा हानेर समातिएका १० लुटेरालाई प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौँ । काठमाडौंको मूलपानी क्षेत्रमा गोली चलाएर पक्राउ परेका १० जना लुटेराको सूची प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबा...

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा फाइल पेस गर्न सर्वोच्चको आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेका उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले सम्बन्धित फाइल यसअघिको...

कागबेनी-मुक्तिनाथ सडकमा हिउँ पन्छाउन थालियो, दर्शनार्थी कागबेनीमै रोकिए

काठमाडौँ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन...

निर्वाचन आचारसंहिता उल्लङ्घनमा २१ वटा स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...

अहिले वामपन्थी शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको छ : अग्नि सापकोटा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...

नेप्से १७.५३ अंकले घट्यो, कारोबार रकम भने १४ अर्ब नाघ्यो

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...

निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिम्मेवार सूचना प्रवाह गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...

सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending