लमजुङ। पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङको सुन्दरबजार सडक खण्डमा पर्ने ग्याग्दी खोलामा पुल निर्माण कार्य ढिलाइ भएको छ । लामो समयदेखि पुलको संरचना अधुरो रहँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
ग्याग्दी खोलामा पुल निर्माणको काम सुरु भएको करिब एक वर्ष बितिसकेको भएपनि हालसम्म ढलानसमेत हुन सकेको छैन । यसले गर्दा यस क्षेत्र भएर यात्रा गर्ने सयौं यात्रुहरू, स्थानीयवासीहरू, विद्यार्थी तथा बिरामी बोक्ने सवारीसाधनहरूले सास्ती भोग्दै आएका छन् । बर्खा लागेपछि यस खोलाले झनै दु:ख दिने भएकाले स्थानीय चिन्तित बनेका छन् ।
पुल निर्माणमा ढिलाई हुँदा बर्सेनि वर्षायाममा अस्थायी बाटो वा खोलामै जोखिम मोल्दै यात्रुहरू गन्तव्यमा पुग्नुपर्ने स्थानीय विद्याज्योति माध्यामिक विद्यालयका शिक्षक हस्त गुरुङले बताए।
सुन्दरबजार नगरपालिका ५ का अध्यक्ष श्रीकाजी गुरुङले ग्याग्दी खोलाको पुल निर्माणको ढिलाइले स्थानीयवासी र यात्रुहरूलाई प्रत्यक्ष असर परेको बताए। उनले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि निर्माण व्यवसायीले उल्लेखनीय प्रगति नगरेको बताए।
यता, पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी सुमन गिरीले भने प्राविधिक पक्ष र केही सामग्री आपूर्तिमा समस्या रहेकाले पुल निर्माणमा ढिलाई भएको स्विकार गरे । उनले अबका दिनमा निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउने उनले बताए । उनले जेठ महिनामा पुल ढलान गर्नेगरी काम गर्न लागिएको बताए ।
स्थानीय जनप्रतिनिधिहरूले भने निर्माण कम्पनीलाई थप समय नदिई उच्च निगरानीमा काम गराउनुपर्ने माग गरेका छन् । मनसुन सुरु भएसँगै खोलामा पानीको बहाव बढ्ने भएकाले तत्काल ढलान नभएमा समस्या भोग्नुपर्ने उहाँहरूको भनाइ छ ।
ग्याग्दी खोलाको यो पुल सुन्दरबजार नगरपालिकाको पश्चिमी भेग, बेँसीसहर नगरपालिका ४ तथा मध्यनेपाल नगरपालिकाका बासिन्दाका लागि अत्यन्त महत्त्वपूर्ण छ । पुल निर्माण पूरा भएसँगै यस क्षेत्रको आवागमनमा स्थायित्व र सहजता आउने छ । हाल पुलको आधार (फाउन्डेसन) र केही संरचनागत काम मात्रै सम्पन्न भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १३:२९
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:०२
काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...
आषाढ़ १८ गते, २०८३ - १२:५२
धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...
आषाढ़ १८ गते, २०८३ - १२:२५
कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...
आषाढ़ १८ गते, २०८३ - ११:२२
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...
आषाढ़ १८ गते, २०८३ - ११:०६
काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...



प्रतिकृया लेख्नुहोस्: