लमजुङ। पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङको सुन्दरबजार सडक खण्डमा पर्ने ग्याग्दी खोलामा पुल निर्माण कार्य ढिलाइ भएको छ । लामो समयदेखि पुलको संरचना अधुरो रहँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
ग्याग्दी खोलामा पुल निर्माणको काम सुरु भएको करिब एक वर्ष बितिसकेको भएपनि हालसम्म ढलानसमेत हुन सकेको छैन । यसले गर्दा यस क्षेत्र भएर यात्रा गर्ने सयौं यात्रुहरू, स्थानीयवासीहरू, विद्यार्थी तथा बिरामी बोक्ने सवारीसाधनहरूले सास्ती भोग्दै आएका छन् । बर्खा लागेपछि यस खोलाले झनै दु:ख दिने भएकाले स्थानीय चिन्तित बनेका छन् ।
पुल निर्माणमा ढिलाई हुँदा बर्सेनि वर्षायाममा अस्थायी बाटो वा खोलामै जोखिम मोल्दै यात्रुहरू गन्तव्यमा पुग्नुपर्ने स्थानीय विद्याज्योति माध्यामिक विद्यालयका शिक्षक हस्त गुरुङले बताए।
सुन्दरबजार नगरपालिका ५ का अध्यक्ष श्रीकाजी गुरुङले ग्याग्दी खोलाको पुल निर्माणको ढिलाइले स्थानीयवासी र यात्रुहरूलाई प्रत्यक्ष असर परेको बताए। उनले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि निर्माण व्यवसायीले उल्लेखनीय प्रगति नगरेको बताए।
यता, पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी सुमन गिरीले भने प्राविधिक पक्ष र केही सामग्री आपूर्तिमा समस्या रहेकाले पुल निर्माणमा ढिलाई भएको स्विकार गरे । उनले अबका दिनमा निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउने उनले बताए । उनले जेठ महिनामा पुल ढलान गर्नेगरी काम गर्न लागिएको बताए ।
स्थानीय जनप्रतिनिधिहरूले भने निर्माण कम्पनीलाई थप समय नदिई उच्च निगरानीमा काम गराउनुपर्ने माग गरेका छन् । मनसुन सुरु भएसँगै खोलामा पानीको बहाव बढ्ने भएकाले तत्काल ढलान नभएमा समस्या भोग्नुपर्ने उहाँहरूको भनाइ छ ।
ग्याग्दी खोलाको यो पुल सुन्दरबजार नगरपालिकाको पश्चिमी भेग, बेँसीसहर नगरपालिका ४ तथा मध्यनेपाल नगरपालिकाका बासिन्दाका लागि अत्यन्त महत्त्वपूर्ण छ । पुल निर्माण पूरा भएसँगै यस क्षेत्रको आवागमनमा स्थायित्व र सहजता आउने छ । हाल पुलको आधार (फाउन्डेसन) र केही संरचनागत काम मात्रै सम्पन्न भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: