Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

नेतृत्वले जनताको लागि राजनीति नगरी परिवारवादमा रमाउँदा लाखौं युवा विदेशिए :अध्यक्ष केसी

खबरडबली संवाददाता

बागलुङ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएको छन्। ‘‘इतिहास बनिसकेको राजतन्त्र फर्काउने नाममा प्रतिगामी तत्त्व सल्बलाउन थालेका छन्’’ शुक्रबार दिउँसो राष्ट्रिय जनमोर्चाले बागलुङ बजारमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै केसीले भने, ‘‘राष्ट्रमा समस्या आउँदा सबै संसदभित्र र बाहिर रहेका गणतन्त्रवादी शक्ति एकजुट हुनुको विकल्प छैन।’’

राजवादी शक्तिको चलखेलले मुलुक फेरि अध्यारोतर्फ धकेलिन थालेको आशङ्का व्यक्त गर्दै केसीले धरापमा परेको लोकतान्त्रिक गणतन्त्रलाई बचाउन संसदमा रहेका राजनीतिक दलहरूले एकअर्का बिच रहेको मतभेदको विरोध गर्दै एकजुट हुनुपर्ने बताए। २००७, ०४६ र ०६२/६३ सालमा सबै राजनीतिक दल एकजुट भएकै कारण राणा, पञ्चालय र राजतन्त्र ढलेको स्मरण गर्दै अध्यक्ष केसीले भने, ‘‘लोकतान्त्रिक गणतन्त्र रहे मतभेद गर्न पाइन्छ, नरहे के गर्ने ?’’  

गणतन्त्रलाई फालेर फेरि राजतन्त्र सम्भव नै नभएको केसीको भनाइ थियो। जनताले दुई सय ४० वर्ष राजतन्त्र व्यहोरेको बताउँदै केसीले जनताको लामो सङ्घर्ष र ठुलो बलिदानपछि प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षतालाई जोगाउन परिवर्तनकारी सबै दल एक ठाउँमा उभिनुपर्ने केसीले धारणा व्यक्त गरे। 

अध्यक्ष केसीले मुलुकको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताए। राजनीतिक नेतृत्वले राष्ट्र र जनताको लागि राजनीति नगरी परिवारवादमा रमाउँदा अहिले लाखौं युवाले देशबाट पलायन भएको बताए। 

केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प सङ्घात्मक प्रणाली हुन नसक्ने कुरा महसुस गरिसकेको दाबी गरे। प्रदेश संरचनाको आर्थिक व्ययभारले देश धराशायी बनेको चर्चा गर्दै केसीले भने, ‘‘स्थानीय तहलाई थप सुदृढ र अधिकारसम्पन्न बनाउनुपर्ने आवश्यकता छ।’’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending