टोकियो। जापानको राजधानी टोकियोको एक प्राथमिक विद्यालय परिसरमा बिहीबार दुई व्यक्ति प्रवेश गरी पाँच जना कर्मचारीमाथि आक्रमण गरेका छन् । आक्रमणबाट उनीहरूलाई सामान्य चोट लागेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै फुजी टिभीले भनेको छ, “पक्राउ परेका आक्रमणकारीले झ्याल फुटाएर एउटा कक्षाकोठामा प्रवेश गरेका थिए ।”
एएफपीले सम्पर्क गर्दा प्रहरीले तत्काल घटनाको पुष्टि गरेको छैन यद्यपि, जापानी सञ्चारमाध्यमले यसअघि दिएको जानकारीमा चार जना कर्मचारी घाइते भएको जनाएका थिए ।
जापानको राजधानी टोकियोको पश्चिममा रहेको ताचिकावा दाइसान प्राथमिक विद्यालयमा बिहीबार बिहान उक्त घटना भएको सरकारी प्रसारक एनएचकेले जनाएको छ ।
विद्यालयको वेबसाइटमा ५०० भन्दा बढी विद्यार्थी र ३० भन्दा बढी कर्मचारी रहेको उल्लेख छ । जापानमा कक्षा दुईमा अध्ययन गर्ने विद्यार्थीहरू औसत सातदेखि आठ वर्षका हुन्छन् ।
विद्यालयको टेलिभिजन फुटेजमा सुरक्षा कर्मचारी र प्रहरी अधिकारीहरूको टोली परिसर भित्र र वरपर हिँडिरहेको देखिन्छ ।
जापानमा हिंसात्मक अपराध तुलनात्मक रूपमा दुर्लभ छ, जहाँ हत्याको दर कम छ र विश्वमा सबैभन्दा कडा बन्दूक कानुनहरू कार्यान्वयनमा रहेका छन् ।
यस्तै अर्को एक घटनामा टोकियोको सबवेमा छुरा प्रहार गरी हत्याको प्रयासको आरोप लागेका एक व्यक्तिलाई बिहीबार पक्राउ गरिएको छ । उनीहरूले भीडभाडको समयमा दुई जनालाई घाइते बनाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १२:३५
काठमाडौं । पूर्वमन्त्री तथा राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेस का नेताहरूले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। ...
आषाढ़ ८ गते, २०८३ - १२:२२
काठमाडौँ। स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला एक हजार ४०...
आषाढ़ ७ गते, २०८३ - १८:२६
काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...
आषाढ़ ७ गते, २०८३ - १८:१९
चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...
आषाढ़ ७ गते, २०८३ - १८:०८
चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...
आषाढ़ ७ गते, २०८३ - १८:०३
चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...
आषाढ़ ७ गते, २०८३ - १७:५९
राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह
आषाढ़ ७ गते, २०८३ - १७:५३
चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...
आषाढ़ ७ गते, २०८३ - १७:४३
काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...
आषाढ़ ७ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...



प्रतिकृया लेख्नुहोस्: