टोकियो। जापानको राजधानी टोकियोको एक प्राथमिक विद्यालय परिसरमा बिहीबार दुई व्यक्ति प्रवेश गरी पाँच जना कर्मचारीमाथि आक्रमण गरेका छन् । आक्रमणबाट उनीहरूलाई सामान्य चोट लागेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै फुजी टिभीले भनेको छ, “पक्राउ परेका आक्रमणकारीले झ्याल फुटाएर एउटा कक्षाकोठामा प्रवेश गरेका थिए ।”
एएफपीले सम्पर्क गर्दा प्रहरीले तत्काल घटनाको पुष्टि गरेको छैन यद्यपि, जापानी सञ्चारमाध्यमले यसअघि दिएको जानकारीमा चार जना कर्मचारी घाइते भएको जनाएका थिए ।
जापानको राजधानी टोकियोको पश्चिममा रहेको ताचिकावा दाइसान प्राथमिक विद्यालयमा बिहीबार बिहान उक्त घटना भएको सरकारी प्रसारक एनएचकेले जनाएको छ ।
विद्यालयको वेबसाइटमा ५०० भन्दा बढी विद्यार्थी र ३० भन्दा बढी कर्मचारी रहेको उल्लेख छ । जापानमा कक्षा दुईमा अध्ययन गर्ने विद्यार्थीहरू औसत सातदेखि आठ वर्षका हुन्छन् ।
विद्यालयको टेलिभिजन फुटेजमा सुरक्षा कर्मचारी र प्रहरी अधिकारीहरूको टोली परिसर भित्र र वरपर हिँडिरहेको देखिन्छ ।
जापानमा हिंसात्मक अपराध तुलनात्मक रूपमा दुर्लभ छ, जहाँ हत्याको दर कम छ र विश्वमा सबैभन्दा कडा बन्दूक कानुनहरू कार्यान्वयनमा रहेका छन् ।
यस्तै अर्को एक घटनामा टोकियोको सबवेमा छुरा प्रहार गरी हत्याको प्रयासको आरोप लागेका एक व्यक्तिलाई बिहीबार पक्राउ गरिएको छ । उनीहरूले भीडभाडको समयमा दुई जनालाई घाइते बनाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - १७:४८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ देखि २१, २०८२ सम्म जापान भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत...
माघ १६ गते, २०८२ - १७:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाध...
माघ १६ गते, २०८२ - १७:०७
काठमाडौँ । काठमाडौंको मूलपानी क्षेत्रमा गोली चलाएर पक्राउ परेका १० जना लुटेराको सूची प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबा...
माघ १६ गते, २०८२ - १६:५८
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेका उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले सम्बन्धित फाइल यसअघिको...
माघ १६ गते, २०८२ - १६:४१
काठमाडौँ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन...
माघ १६ गते, २०८२ - १६:२९
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...
माघ १६ गते, २०८२ - १६:१२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...
माघ १६ गते, २०८२ - १५:४२
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...
माघ १६ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...
माघ १६ गते, २०८२ - १५:२४
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड ग...




प्रतिकृया लेख्नुहोस्: