Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

तनहुँका कृषि भण्डारबाट म्याद नाघेका विषादी बरामद

खबरडबली संवाददाता

तनहुँ । तनहुँका एग्रोभेट, कृषि र बीउ भण्डारबाट २ लाख ४० हजार ३६० रुपैयाँ बराबरका म्याद नाघेका विषादी बरामद गरिएको छ। वैशाख १७ गते गरिएको अनुगमनमा व्यास नगरपालिका-४ र शुक्लागण्डकी नगरपालिका(२ का ६ कृषि भण्डारबाट यी विषादी बरामद गरिएको हो।

कीटनाशक, ढुसीनाशक, मुसानाशक, झारनाशक, मल, खाद्य तत्व र स्टिकरसहित म्याद नाघेका सामग्री बरामद गरिएको छ। विभिन्न तरकारीका म्याद नाघेका बीउ ५१ हजार १४५ रुपैयाँ बराबरका बरामद भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन ललितपुर, कृषि ज्ञान केन्द्र तनहुँ, जिल्ला प्रशासन कार्यालय र बाली संरक्षण प्रयोगशाला पोखराको संयुक्त अनुगमनमा म्याद नाघेका विषादी र बीउ फेला परेको बाली संरक्षण अधिकृत किरण परियारले बताए।

जिल्लाका खुद्रा र थोक विषादी बिक्रेता पसलमा अनुगमन गर्दा अधिकांशमा म्याद नाघेका विषादी र बीउ भेटिएकाले बरामद गरी सिल गरिएको छ। कीटनाशक १,३७५ थान, ढुसीनाशक २३७ थान, मुसानाशक ४७ थान, झारनाशक १८ थान, मल र खाद्य तत्व २०० थान, स्टिकर ३५ थान र तरकारीका बीउ ३५७ थान बरामद भएको परियारले जानकारी दिए।

बरामद सामग्रीको विवरण र मुचुल्का गरी बोरामा सिल गरिएको छ। ‘अनुगमन गरिएका अधिकांश पसलमा म्याद नाघेका बीउ र विषादी भेटिए। यस्ता सामग्री व्यवस्थित गर्न विषादी व्यवस्थापन ऐन लागू गर्नुपर्छ। ऐनमा दण्ड र जरिवानाको व्यवस्था छ,’ परियारले भने, ‘तर, मुद्दा प्रक्रिया झन्झटिलो छ। त्यसैले उपभोक्ता संरक्षण ऐन र कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ।’

बाली संरक्षण प्रयोगशाला पोखराका प्रमुख शालिकराम अधिकारीले बिक्रेताले सुरक्षित मापदण्ड पालना नगरेको बताए। ‘पसलमा विषादी मिश्रित सामग्री छन्, जसले खरिदकर्ताभन्दा बिक्रेतालाई बढी असर गर्छ। सुरक्षित पहिरनको प्रयोग पनि भएको छैन। एकपटक सुझावसहित समय तोकेर सुरक्षित सामग्री प्रयोग गर्न सचेत गराएका छौँ,’ उनले थपे। 

कतिपय बिक्रेताले विषादी र बीउ बिक्रीको अभिलेख नराखेको पाइएको छ। ‘यसले उपभोक्तामाथि खेलवाड भएको देखिन्छ। नियमनका लागि समय(समयमा अनुगमन आवश्यक छ। बिक्रेता आफैँ सचेत हुनुपर्छ,’ अधिकारीले भने।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अधिकृत प्रकाश घिमिरेले अधिकांश बिक्रेता स्वास्थ्यप्रति सचेत नभएको बताए। ‘पसलमा विषादीसँगै पूजा सामग्री, प्लास्टिक, मुडा, चिया कपजस्ता दैनिक उपभोग्य वस्तु पनि बिक्री हुन्छ। एक हप्ताभित्र छुट्याएर राख्न निर्देशन दिएका छौँ। म्याद नाघेका विषादी र बीउ ८ प्लास्टिक बोरामा सिल गरिएको छ,’ उनले भने।

अनुगमनमा अधिकांश पसलमा तालिमप्राप्त व्यक्ति नभई अन्य व्यक्ति बसेको पाइएपछि सचेत गराइएको छ। ‘एग्रोभेट र कृषि भण्डार सञ्चालक आफ्नो स्वास्थ्य र व्यवसाय वृद्धिका लागि सचेत हुनुपर्छ। म्याद नाघेका सामग्रीले कृषि पेसाप्रति आकर्षण घट्छ। बिक्रेता सचेत भए कृषितर्फ आकर्षण बढ्छ,’ घिमिरे भन्छन्।

शुक्लागण्डकी(६ को वाग्ले भेटनरी सेन्टरको विषादी बिक्री इजाजतपत्र ९मिति २०८० माघ १ मा सकिएको० नवीकरण नभएको पाइएपछि नियमअनुसार पहल गर्न निर्देशन दिइएको छ। एक हप्तापछि पुन: अनुगमन गरी अटेर गरेमा कारबाही गरिने परियारले बताए।

‘एग्रोभेट र कृषि भण्डार कृषकका मार्गदर्शक हुन्। तर, मार्गदर्शन गरेको पाइँदैन। बिक्रेता सचेत नहुँदा उपभोक्ता र आफ्नै स्वास्थ्यमा समस्या आउँछ। सचेत नहुँदा किसानमा जागरूकता फैलिँदैन। मार्गदर्शक निकाय सुरक्षित नहुँदा कृषिप्रति आकर्षण घट्छ,’ उनले भने। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending