Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

भारत र पाकिस्तान- कोसँग कति हतियार छन्, सैन्य शक्ति कसको बढी छ ?

खबरडबली संवाददाता

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा पुगेको छ।

भारतले दुई देशबीचको सिन्धु जल सन्धि निलम्बन गर्ने, सीमा नाका बन्द गर्ने र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्ने जस्ता धेरै निर्णयहरू गर्‍यो।

त्यसको जबाफमा पाकिस्तानले सन् १९६० को सिमला सम्झौताबाट पछि हट्ने घोषणा गर्नुका साथै नदीहरूको पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई 'युद्धको कार्य' मानिने र पूर्ण शक्तिका साथ जवाफ दिइने बताएको छ।

दुवै देशका राजनीतिक नेतृत्वले एक अर्कालाई कडा चेतावनी र अभिव्यक्ति जारी गर्दै उचित जबाफको माग गरिरहेका छन्।

पहलगाम आक्रमणपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै भारतका प्रधानमन्त्रीले गत बिहीबार एक र्‍यालीमा 'आक्रमण गर्ने आतङ्ककारीहरूले कल्पना गर्न सकिने भन्दा पनि नराम्रो सजाय पाउनेछन्' भनेका थिए।

उनले भनेका थिए, "म सारा संसारलाई यो सन्देश दिन्छु कि भारतले हरेक आतङ्ककारी र उनीहरूलाई समर्थन गर्नेहरूलाई पनि पहिचान गर्नेछ र दण्ड दिनेछ... अब आतङ् कारीहरूको बाँकी रहेको जमिन ध्वस्त पार्ने समय आएको छ।"

भारतका जलस्रोत मन्त्री सीआर पाटिलले 'पाकिस्तानले एक थोपा पनि पानी नपाओस् भनेर रणनीति बनाइँदैछ' भनेका थिए।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले कुनै पनि दुस्साहसको कडा जबाफ दिने कुरा गरे पनि, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बीबीसीसँगको अन्तर्वार्तामा 'सिन्धु जल सन्धिसँग सम्बन्धित कुनै पनि कार्यलाई युद्धको घोषणा मानिने' अभिव्यक्ति दोहोर्‍याए।

अवकाशप्राप्त जनरलले दिए चेतावनी 

दक्षिण एसियाली राजनीतिका जानकार विज्ञहरूले भारतले सीमित सैन्य कारबाही गर्ने सम्भावनालाई अस्वीकार गर्दैनन्। तर त्यसले पूर्ण युद्ध निम्त्याउन सक्ने पनि उनीहरू ठान्छन्।

यद्यपि सेवा निवृत्त लेफ्टिनेन्ट जेनरल एसएच पनागले सैन्य कारबाहीमा हतारमा निर्णय लिन नहुने चेतावनी दिएका छन्।

द प्रिन्ट अनलाइनमा लेखिएको एक लेखमा उनले पाकिस्तान आणविक हतियारले सम्पन्न देश भएको भन्दै भारतीय सेनाको सीमित सैन्य कारबाहीको जबाफ दिन पर्याप्त परम्परागत शक्ति पाकिस्तानसँग रहेको लेखेका छन्।

उनले लेखेका छन्: "भारतसँग चाहे त्यो मिसाइल, ड्रोन होस् वा वायुसेना, विना कुनै क्षति बदला लिने गरी सर्जिकल स्ट्राइक गर्नका लागि कुनै पनि क्षेत्रमा पर्याप्त प्राविधिक पहुँच छैन। पाकिस्तानसँग जबाफ दिने क्षमता छ र हामी यसका लागि तयार रहनुपर्छ।"

अर्कोतर्फ बीबीसीलाई दिएको एक अन्तर्वार्तामा पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आफ्नो सेनाको तयारीको बारेमा भनेका छन्: "हामीलाई तयारी गर्नु पर्दैन। हामीले पहिले नै तयारी गरिसकेका छौँ। हामी कुनै पनि परिस्थितिको लागि तयार छौँ।"

शनिवार पाकिस्तानका प्रधानमन्त्री शाहवाज शरीफले समेत 'यदि कुनै पनि प्रकारको दुस्साहसपूर्ण कार्य गरिएमा सन् २०१९ मा जस्तै जबाफ दिइने' बताएका छन्।

उनले पुलवामा आतङ्कवादी हमलापछि बालाकोटमा भारतले गरेको हवाई आक्रमणलाई सङ्केत गर्दै थिए।त्यसबेला दुई देशका वायु सेनाबीच सीमित झडप भएको थियो।

भारतीय सेनाको शक्ति

ग्लोबल फायर पावरका अनुसार सन् २०२५ को सैन्य शक्तिको वरीयतामा भारत र पाकिस्तानबीच आठ स्थानको अन्तर छ।

सन् २०२५ मा विश्वव्यापी सैन्य शक्तिको हिसाबले भारत १४५ देशहरूमध्ये चौथो स्थानमा हुनेछ भने पाकिस्तान १२औँ स्थानमा हुनेछ।

भारतीय सेनासँग लगभग २२ लाख सैनिक, ४,२०१ ट्याङ्क, झण्डै १.५ लाख बख्तरबन्द सवारी साधन, १०० सेल्फ प्रोपेल्ड आर्टिलरी र ३,९७५ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी छन्। यसबाहेक, मल्टी ब्यारल रकेट आर्टिलरीहरूको सङ्ख्या २६४ छ।

भारतीय वायुसेनासँग ३ लाख १० हजार सैनिक एवं ५१३ लडाकु विमान र २७० पारवहनमा प्रयोग हुने विमानसहित कुल २,२२९ वटा विमान छन्। कुल विमानहरूमा १३० वटा हमलाकारी, ३५१ वटा प्रशिक्षणमा प्रयोग हुने विमान र छवटा ट्याङ्कर फ्लीट विमानहरू छन्।

भारतीय सेनाका तीनवटै अङ्गसँग गरेर कुल ८९९ हेलिकप्टर छन्। तीमध्ये ८० वटा हमलाकारी हेलिकप्टर छन्।

भारतीय नौसेनामा १.४२ लाख नौसैनिक र दुई विमानवाहक युद्धपोत, १३ डिस्ट्रोअर, १४ फ्रिगेट्स, १८ पनडुब्बी र १८ कार्भेटसहित कुल २९३ वटा जहाजहरू छन्।

त्यसबाहेक भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह र ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे सञ्जाल छ।

पाकिस्तानी सेनाको शक्ति

ग्लोबल फायर पावरका अनुसार पाकिस्तानी सेनामा झण्डै १३.११ लाख सैनिक, १.२४ लाख नौसैनिक र ७८ हजार वायुसेना छन्।

पाकिस्तानसँग ३२८ लडाकु विमान, ९० आक्रामक प्रकारका, ६४ यातायात विमान, ५६५ ट्रेनर, ४ ट्याङ्कर फ्लीट र ५७ लडाकु हेलिकप्टरका साथ ३७३ हेलिकप्टर सहित कुल १,३९९ विमानहरू छन्।

यसमा २,६२७ ट्याङ्क, ६६२ सेल्फ प्रोपेल्ड आर्टिलरी, २६२९ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी र ६०० मल्टी ब्यारल रकेट छन्।

पाकिस्तानी नौसेनासँग नौवटा फ्रिगेट, नौवटा कर्भेट, आठवटा पनडुब्बी र ६९ गस्ती जहाज छन्।

अन्य क्षमताका हिसाबले पाकिस्तानसँग तीन बन्दरगाह, ११६ विमानस्थल र ६० व्यापारिक समुद्री जहाजहरू छन्। यसबाहेक उसको २ लाख ६४ हजार किलोमिटर सडक र ११.९ हजार किलोमिटर रेलवे सञ्जाल छ।

कोसँग कतिवटा आणविक हतियार छन्?

स्वीडनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको सन् २०२४ को एक रिपोर्ट अनुसार आणविक वारहेड भारतसँग १७२ वटा र पाकिस्तानसँग १७० वटा छन्।

तर दुवै देशसँग कति आणविक हतियार तैनाथ छन् भन्ने कुरा स्पष्ट छैन।

यस संस्थाका अनुसार पाकिस्तानले भारतसँग प्रतिस्पर्धा गर्न आणविक हतियार तयार गरिरहेको अनि भारतको ध्यान चाहिँ लामो दूरीका हतियारहरू तैनाथ गर्नमा रहेको जनाइएको छ। त्यसको अर्थ ती चीनलाई समेत निशाना गर्न सक्ने हतियारहरू हुनु हो।

भारत र पाकिस्तानको छिमेकी एवं विश्वको तेस्रो ठूलो आणविक शक्ति राष्ट्रका रूपमा चीनमा आणविक हतियारको संख्या २२ प्रतिशतले बढेको छ। त्यो ४१० वारहेडबाट ५०० पुगेको छ।

ड्रोनको सङ्ख्या

गत वर्ष नोभेम्बरमा प्रकाशित बीबीसी उर्दू संवाददाता शकील अख्तरको एक लेखका अनुसार भारत र पाकिस्तानले आफ्नो ड्रोनको सङ्ख्या द्रुत गतिमा बढाइरहेका छन्।

रक्षा विश्लेषक राहुल बेदीका अनुसार भारतसँग आगामी दुई देखि चार वर्षमा लगभग पाँच हजार ड्रोन हुनेछन्।

उनका अनुसार पाकिस्तानसँग 'भारतभन्दा कम ड्रोन' भए तापनि त्यसबाहेक ऊसँग भएका ड्रोनहरूको क्षमता फरक छ र ती १० देखि ११ भिन्न ब्रान्डका छन्।

गत वर्ष अक्टोबरमा भारतले अमेरिकासँग ३.५ अर्ब डलर बराबरको ३१ प्रिडेटर ड्रोन खरिद सम्झौतामा हस्ताक्षर गरेको थियो।

प्रिडेटर ड्रोनहरू संसारकै सबैभन्दा सफल र खतरनाक मानिन्छन्।

त्यससँगै ५० करोड अमेरिकी डलर बराबरका बम र लेजर निर्देशित मिसाइलहरू पनि खरिद गर्नेछ जुन ती ड्रोनमार्फत् निसानामा मार गर्न प्रयोग गरिनेछ।

राहुल बेदीका अनुसार पाकिस्तानले टर्की र चीनबाट ड्रोन आयात गर्छ। तर उसले जर्मनी र इटलीबाट पनि ड्रोनहरू खरिद गरेको छ।

पाकिस्तानले बराक र शाहपरजस्ता ड्रोनहरू पनि बनाएको छ। पाकिस्तानसँग टर्कीको आधुनिक 'बेराक्टार' ड्रोन टीबीटू र अकेन्जी छ भने उसले चीनबाट 'वाङ लङ टु' र 'सीएचफोर' जस्ता ड्रोनहरू पनि प्राप्त गरेको छ।

-बीबीसी हिन्दीबाट

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending