Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यकः राष्ट्रपति

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताएका छन ।

“राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ, विधिको शासन अवरुद्ध हुन्छ र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्छ, लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रुपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँंदै आएको छ”, राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन ।

जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा  नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव नहुने धारणा उनको धारणा रहेको छ ।  “लोकतन्त्रको लाभ नागरिकसम्म पु¥याउन उनीहरूको सशक्तीकरण आवश्यक हुन्छ, जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा  नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव हुन्न”, उनले भने । 

राष्ट्रपति पौडेलले नागरिकको करबाट उठेको सार्वजनिक कोषबाट गरिने खर्च र सरकारको कामकारवाही नागरिकप्रति जवाफदेही हुनै पर्दछ भन्ने सिद्धान्तको जगमा सूचनामा नागरिकको पहुँचको अधिकारलाई आधुनिक लोकतान्त्रिक राज्यहरूले संरक्षण गरेको बताए ।

पारदर्शिता र जवाफदेहिता सहभागितामूलक लोकतन्त्रको आधारभूत आवश्यकता भएको उनको भनाइ थियो । उनले सार्वजनिक सूचनामा नागरिकको पहुँचले वेथिति र अनियमितता नियन्त्रण, स्वेच्छाचारिता र दण्डहिनताको अन्त्य, भ्रष्टाचारको रोकथाम र नियन्त्रण, सुशासनको प्रत्याभूति, विधिको शासनको सुनिश्चितता एवं मानव अधिकारको संरक्षणमा सहयोग पुग्ने बताए । “त्यही भएर भन्ने गरिन्छ सूचना नै लोकतन्त्रको प्राण वायु हो”, राष्ट्रपति पौडेलले भने ।

सूचनाको हकले सरकार र सार्वजनिक निकायको काम, कारवाहीप्रति नागरिकको परीक्षण र मूल्यांकन गराउँछ भन्दै उनले यसबाट नै सरकार प्रतिको विश्वास अभिवृद्धि हुनेमा जोड दिए ।  “यसकारण पनि सार्वजनिक निकायका काम, कारवाहीको परीक्षण र निगरानी गर्न सूचनाको हकको प्रभावकारी कार्यान्वयन अत्यावश्यक छ, सुसूचित समाजले मात्रै लोकतन्त्रलाई क्रियाशील गराउँछ भन्ने हामी सबैले मनन गरौं”, राष्ट्रपति पौडेलले भने ।

सूचनाको हकको प्रयोगमा  आकर्षण बढ्दै जानु हाम्रो लोकतान्त्रिक अभ्यासको सुखद् पक्ष रहेको तर पनि संविधान र कानूनले राखेको पवित्र उद्देश्य पूरा हुने अवस्था अझै बनिसकेको छैन भन्दै उनले झै पनि कैयौ नेपाली जनता आफ्नो यो मौलिक हकबारे अनभिज्ञ छन्, यसका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन जरुरी रहेकोमा उनको जोड छ । “यसमा आपूर्ति पक्ष जति संवेदशनशील हुन आवश्यक छ, त्यो भन्दा बढी जनता आफैं आफ्नो अधिकार प्राप्त गर्न तयार देखिउन् भनेर उनीहरूमा जागरण ल्याउन अत्यन्त आवश्यक छ भन्ने म ठान्दछु”, उनले भने ।

स्वभाविक रुपमा सबै सूचना सार्वजनिक हुँदैनन् भन्दै उनले कानूनमा व्यवस्था भएका अति संवेदनशील पाँच प्रकारका सूचना संरक्षण गरेर राखिने विषयहरू पनि जनताकै हितका लागि हुन् भन्ने पनि भुल्न नहुने उनको भनाइ थियो ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन रेनकोट, लाखौंको मन जित्ने यात्रा : भाइरल भिडियोका बालबालिका र क्यामेरापछाडिको कथा

काठमाडौं । लगातारको वर्षा। उकालो बाटो। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका तीन साना बालबालिका आफ्नै तालमा विद्यालयतर्फ हिँडिरहेका छन्। १७ सेकेन्ड लामो...

भारतबाट केरा आयात रोकिएपछि चितवनका किसान दंग, बारीमै दोब्बर मूल्य

चितवन । भारतबाट केरा आयात रोकिएपछि चितवनका केरा किसानले वर्षौंपछि आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्। सरकारले आयातमा रोक लगाएसँगै स्थानीय उत्प...

पृथ्वी राजमार्गमा माइक्रोबस दुर्घटना, तनहुँमा ८ यात्रु घाइते

तनहुँ । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। गण्डकी प्रदेश–०१–००१ ख ०१७१ नम्बरको माइक्र...

निर्वाचन क्षेत्रमै लडे रास्वपा सांसद गोविन्द पन्थी, सामान्य घाइते

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी आफ्नै निर्वाचन क्षेत्रमा लडेर सामान्य घाइते भएका छन्। गुल्मी नि...

सरकारसँग एनसेलको नयाँ टकराव, प्रधानमन्त्री कार्यालयमा पुग्यो पुनरावलोकनको निवेदन

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल सेवा अनुमतिपत्र (लाइसेन्स) नवीकरणका क्रममा सरकारले राखेका सर्तमाथि गम्भीर असन्तुष्ट...

अर्थतन्त्र उकास्ने दौडमा प्रधानमन्त्री बालेन, उद्योगी–व्यवसायीसँग शृङ्खलाबद्ध छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पछिल्ला दुई सातायता निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीक...

बागमती किनार फेरिँदै : हटाइएका बस्तीमा अब पार्क, हरियाली र पदमार्ग

काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई अब खुला सार्वजनिक स्थलका रूपमा विकास गरिने भएको छ। सरकारले ती स्थानमा हरित क्...

नाबालिकाको डिम्ब कारोबार प्रकरण : एक महिला पक्राउ, चिकित्सकमाथि पनि अनुसन्धान

काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्दै मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ। घटन...

‘काठमाडौं र सत्ता केन्द्रित हुँदा जनता र संगठनबाट टाढियौं, यही हाम्रो ठूलो कमजोरी भयाेः प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभापछि कम्युनिस्ट आन्दोलन सत्ताकेन्द्रित बन्दा जनतासँगको सम्बन्ध कमजोर भए...

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending