Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

के–के हुन् माओवादी ‘लङ मार्च’का सन्देश ?

खबरडबली संवाददाता

काठमाडौं ।  ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ को ४५ दिने ‘लङ’ मार्चमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफैँले नेतृत्व गरे । यो अभियानका क्रममा उनले मुख्य गरी तीन सन्देश दिने प्रयास गरे– पहिलो, विगतको गल्ती सच्याउँछौँ । दोस्रो, तल्लो वर्गको नेतृत्व गर्ने पार्टी माओवादी हो । र तेस्रो, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सुशासनको पक्षमा छैन ।

यही सन्देशका साथ झापाको कचनकवलबाट सुरु भएको माओवादी हुलाकी राजमार्ग केन्द्रित अभियान कन्चनपुरको महेन्द्रनगर सीमा क्षेत्रमा सभा गरी दाहालले समापन गरे । अभियानमा हिँड्दा उनले ठाउँ अनुसारको भोजन गरे भने त्यहाँको पोसाक लगाएर नजिकिने प्रयास गरे ।

राजनीतिक यात्राका क्रममा स्थानीयको घरमा बास बसेकै ठाउँमा बिहानी हिँडाइलाई निरन्तरता दिए । चिया खाँदै स्थानीयसँग अन्तर्क्रिया समेत गरे । ललितपुरको खुमलटार निवासमा दैनिक ‘मेनु’ का आधारमा खाना खाने गरेका उनले ‘जे जसरी भए’ पनि स्थानीयसँगै खाँदै, बस्दै अन्तर्क्रिया र सभा गरे ।

यसअघि एकतर्फी आफ्नो कुरा सुनाउँदै आएको माओवादीले यस पटक हुलाकी राजमार्ग छेउछाउमा बस्नेहरूको गुनासो सुने । खास गरी अध्यक्ष दाहालले बिहानदेखि बेलुकासम्म स्थानीयका गुनासा, सुझाव सुनेर २० जिल्लाका करिब एक सय सभालाई सम्बोधन गरे ।

सम्बोधनमा उनको मुख्य जोड एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको आलोचना, विगतमा माओवादीले एमाले र कांग्रेससँग गठबन्धन गरेकोमा आत्मालोचना गर्दै विगतको गल्ती सच्याउने प्रतिबद्धता गरे ।

हुलाकी राजमार्ग केन्द्रित अभियानको समापन गर्दै दाहालले बुधवार आफूले तराई–मधेशका एक करोड व्यक्तिसँग प्रत्यक्षरअप्रत्यक्ष अन्तर्क्रिया गरेको दाबी गरे । नेपाल भारत सीमा नजिक हुलाकी राजमार्ग अभियानले राष्ट्रिय एकताको बलियो भाव उत्पन्न भएको उनको भनाइ थियो ।

‘यो अभियानले अभूतपूर्व राष्ट्रिय एकताको आधार तयार पारेको छ । आर्थिक क्रान्तिको आधार तयार पारेको छ । नयाँ आयाम थपेको छ’ उनले भने, ‘यो अभियानले ऊर्जा प्राप्त गरेका छौ । जनतासँग खायौ, उनीसँगै बस्यौ । सहिद बेपत्ता परिवारसँगै रोयौँ, हाँस्यौँ।’

फागुन १२ देखि झापाको कचनकवलबाट सुरु भएको अभियान करिब एक हजार आठ सय किलोमिटर हुलाकी राजमार्ग हुँदै महेन्द्रनगर भीमदत्त नगरपालिकामा पुगेर बुधवार टुंगिएको थियो । पुरै अभियानमा हिँडेका माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार तराई मधेशका जिल्लामा २० जिल्लामा हरेक दिन बिहानदेखि बुलुकासम्म सरदर छ वटा सभा, अन्तर्क्रिया भए ।

‘अभियानको सबभन्दा मुख्य उपलब्धि राष्ट्रिय एकतालाई सुदृढ बनाएको छ । जातजाति, भाषाभाषी, अल्पसंख्यक , दलित उत्पीडित जनतासँग छलफल, अन्तर्क्रिया भयो’ उनले भने, ‘यो अभियानको राजनीतिक, आर्थिक, संस्कृति, भौगोलिक गरी बहुआयामिक उपलब्धि भएको छ ।’

आफ्नो संगठन कमजोर रहेको हुलाकी राजमार्गमा माओवादीले आफ्नो परिचय दिएको छ । त्यहाँ उसले पार्टी संगठनका आधार बनाउने प्रयास गरेको छ । विशेष गरी हुलाकी राजमार्ग आसपास बस्ने उत्पीडित, दलित, विभेदमा पारिएका सीमानाका नागरिकको साथमा माओवादी भएको सन्देश दिने खोजेको छ ।

माओवादी सशस्त्र युद्धका क्रममा मारिएका, बेपत्ता पारिएका परिवार र घाइतेको घरमै पुगेर अध्यक्ष दाहालले संक्रमणकालीन न्यायको कानुन अनुसार न्याय, क्षतिपूर्ति पाउने आश्वासन समेत दिए । ‘सहिद, बेपत्ता, घाइतेसँग भावनात्मक र जीवन्त छलफल भयो’ प्रवक्ता सापकोटाले भने, ‘उहाँहरूले आफ्ना पीडा खुलेरै राख्नुभयो । यो अन्तर्क्रियाले हामी भावनात्मक उचाइमा पुग्यौ । कहिले रौयौँ, कहिले उत्साहित भयौं ।’

माओवादीले यो यात्राका क्रममा २० जिल्लाका स्थानीयले ज्ञापन पत्र र मानपत्र दिएका छन् । त्यसको अध्ययन गरी दस्ताबेज तयार गर्ने माओवादीका तयारी छ । ‘एक कोठा भरिने जति ज्ञापन पत्र बुझेका छौँ । तिनलाई केलाएर दस्ताबेज बनाउँछौ’ उनले भने ।

माओवादीले अभियानका क्रममा अन्य राजनीतिक दलका प्रतिनिधि, प्राध्यापक, शिक्षक, व्यवसायी, बुद्धिजीवी, किसान, मजदुर, अल्पसंख्य समुदायसँग अन्तक्रिया गरेको छ । सापकोटाका अनुसार स्थानीयले विकास निर्माण सम्बन्धी समस्याहरू बढी राखेका छन् ।

‘समयमा काम सम्पन्न नहुने, केन्द्र सरकारले स्थानीय सरकारलाई सहयोग नगरेको, प्रदेश सरकारले पनि बेवास्ता गरेको गुनासा छन्’ उनले भने, ‘केही स्थानमा जातीय, लैंगिक विभेद भएको गुनासा गरे । धेरै महिलाहरूले हिंसामा परेको गुनासो गरेका थिए ।’

अभियानका क्रममा स्थानीयको मनोविज्ञान, चाहना र गुनासा राम्रोसँग जान्न पाएको माओवादीको भनाइ छ ।‘समाजवादको आधार पार्न अध्ययन अनुसन्धान र अन्वेषण गर्ने अवसर पुग्यो । जनताले के सोचिरहेका छन्, जनताको मनस्थिति कस्तो छ’ सापकोटाले अनुभव सुनाए, ‘मुख्य कुरा जनताल् आफ्ना वेदना पुरै खन्याए । हामीले धैर्यतापूर्वक सुन्यौं । सकेसम्म कार्यान्वयन गर्ने प्रतिबद्धता जनाऔँ ।’

गठबन्धन गराउन दायाँबायाँ नीति लिनु कमजोरी भएको भन्दै आत्मालोचना गरेको स्थानीयले मन पराएको माओवादीको बुझाइ छ । ‘विगतको गम्भीर समीक्षासहित आत्मालोचनाले सबैलाई सकारात्मक बनायो । यसबाट हामीले थाहा पायौ । आत्म समीक्षाको ठुलो महत्त्व रहेछ । हामीले आफ्ना कमीकमजोरी स्पष्ट रूपमा राख्यौँ’ प्रवक्ता सापकोटाको अनुभव छ, ‘सबैसित छलफल हुँदा रिचार्ज भएको महसुस गर्‍यौ ।’

हरेक दिनको बिहानी हिँडाइको जनसंवाद रोचक रहेको उनको भनाइ छ । ‘हामीले अभियानभरि मर्निङवाकलाई कहिल्यै छुटाएनौँ । यो जनसंवाद गुणात्मक प्रकारको भयो,’ उनले भने, ‘मर्निङ वाकमा तराई मधेशका २० जिल्लामा जनसंवाद भयो । हामीलाई तिखो आलोचना र प्रश्न पनि गरे । हामीले स्पष्ट उत्तर दिने अवसर मिल्यो ।’

नेपाल भारत सीमा क्षेत्रका बासिन्दाको राष्ट्र भाव बलियो पाएको अध्यक्ष प्रचण्डले समापनको क्रममा बताएका थिए । ‘शिक्षा क्षेत्रका बासिन्दामा देशभक्त र राष्ट्र भाव बलियो भएको पायौँ,’ उनले भने, ‘राष्ट्रिय एकताका लागि खेलेको भूमिकालाई सम्मान गर्नको निम्ति, स्थानीयका विकास निर्माणको चाहनालाई सम्मान गर्न अभियान गर्ने चलाउने निर्णय गरेका थियौं ।’

लङ मार्चको समापन गर्दै बुधवार महेन्द्रनगरमा प्रचण्डले भने, ‘हामीलाई बलियो हात चाहिएको छ । आत्म समीक्षा गरेर नयाँ निष्कर्ष सहित नयाँ नेपाल बनाउने संकल्प गरेका छौँ । बहिलो हात दिनुभयो भने नयाँ आर्थिक सम्पन्न गरी समाजवादको यात्रा तय हुनेछ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पानीको मुहान काठमाडौँ–३, तर जितको तिर्खा कसले मेट्ला ?

काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...

शनिबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...

बास्कोटाको व्यंग्यः चुनावी दाबी सुन्दा सबैले जितिसके, एकल सरकार पनि बनिसक्यो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...

कति छ आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रब...

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहेको छ । गण्डकी, कर्णाल...

नेतृत्वको कमजोर प्रवृत्तिका कारण थारू मतदातामा वितृष्णा

नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !

धनुषाका गाउँमा चुनावी रौनक नहुँदा मतदातामा निराशा र आक्रोश

जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...

स्वच्छ चुनाव भयो भने नेकपा पहिलो पार्टी बन्छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE