Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

के–के हुन् माओवादी ‘लङ मार्च’का सन्देश ?

खबरडबली संवाददाता

काठमाडौं ।  ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ को ४५ दिने ‘लङ’ मार्चमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफैँले नेतृत्व गरे । यो अभियानका क्रममा उनले मुख्य गरी तीन सन्देश दिने प्रयास गरे– पहिलो, विगतको गल्ती सच्याउँछौँ । दोस्रो, तल्लो वर्गको नेतृत्व गर्ने पार्टी माओवादी हो । र तेस्रो, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सुशासनको पक्षमा छैन ।

यही सन्देशका साथ झापाको कचनकवलबाट सुरु भएको माओवादी हुलाकी राजमार्ग केन्द्रित अभियान कन्चनपुरको महेन्द्रनगर सीमा क्षेत्रमा सभा गरी दाहालले समापन गरे । अभियानमा हिँड्दा उनले ठाउँ अनुसारको भोजन गरे भने त्यहाँको पोसाक लगाएर नजिकिने प्रयास गरे ।

राजनीतिक यात्राका क्रममा स्थानीयको घरमा बास बसेकै ठाउँमा बिहानी हिँडाइलाई निरन्तरता दिए । चिया खाँदै स्थानीयसँग अन्तर्क्रिया समेत गरे । ललितपुरको खुमलटार निवासमा दैनिक ‘मेनु’ का आधारमा खाना खाने गरेका उनले ‘जे जसरी भए’ पनि स्थानीयसँगै खाँदै, बस्दै अन्तर्क्रिया र सभा गरे ।

यसअघि एकतर्फी आफ्नो कुरा सुनाउँदै आएको माओवादीले यस पटक हुलाकी राजमार्ग छेउछाउमा बस्नेहरूको गुनासो सुने । खास गरी अध्यक्ष दाहालले बिहानदेखि बेलुकासम्म स्थानीयका गुनासा, सुझाव सुनेर २० जिल्लाका करिब एक सय सभालाई सम्बोधन गरे ।

सम्बोधनमा उनको मुख्य जोड एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको आलोचना, विगतमा माओवादीले एमाले र कांग्रेससँग गठबन्धन गरेकोमा आत्मालोचना गर्दै विगतको गल्ती सच्याउने प्रतिबद्धता गरे ।

हुलाकी राजमार्ग केन्द्रित अभियानको समापन गर्दै दाहालले बुधवार आफूले तराई–मधेशका एक करोड व्यक्तिसँग प्रत्यक्षरअप्रत्यक्ष अन्तर्क्रिया गरेको दाबी गरे । नेपाल भारत सीमा नजिक हुलाकी राजमार्ग अभियानले राष्ट्रिय एकताको बलियो भाव उत्पन्न भएको उनको भनाइ थियो ।

‘यो अभियानले अभूतपूर्व राष्ट्रिय एकताको आधार तयार पारेको छ । आर्थिक क्रान्तिको आधार तयार पारेको छ । नयाँ आयाम थपेको छ’ उनले भने, ‘यो अभियानले ऊर्जा प्राप्त गरेका छौ । जनतासँग खायौ, उनीसँगै बस्यौ । सहिद बेपत्ता परिवारसँगै रोयौँ, हाँस्यौँ।’

फागुन १२ देखि झापाको कचनकवलबाट सुरु भएको अभियान करिब एक हजार आठ सय किलोमिटर हुलाकी राजमार्ग हुँदै महेन्द्रनगर भीमदत्त नगरपालिकामा पुगेर बुधवार टुंगिएको थियो । पुरै अभियानमा हिँडेका माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार तराई मधेशका जिल्लामा २० जिल्लामा हरेक दिन बिहानदेखि बुलुकासम्म सरदर छ वटा सभा, अन्तर्क्रिया भए ।

‘अभियानको सबभन्दा मुख्य उपलब्धि राष्ट्रिय एकतालाई सुदृढ बनाएको छ । जातजाति, भाषाभाषी, अल्पसंख्यक , दलित उत्पीडित जनतासँग छलफल, अन्तर्क्रिया भयो’ उनले भने, ‘यो अभियानको राजनीतिक, आर्थिक, संस्कृति, भौगोलिक गरी बहुआयामिक उपलब्धि भएको छ ।’

आफ्नो संगठन कमजोर रहेको हुलाकी राजमार्गमा माओवादीले आफ्नो परिचय दिएको छ । त्यहाँ उसले पार्टी संगठनका आधार बनाउने प्रयास गरेको छ । विशेष गरी हुलाकी राजमार्ग आसपास बस्ने उत्पीडित, दलित, विभेदमा पारिएका सीमानाका नागरिकको साथमा माओवादी भएको सन्देश दिने खोजेको छ ।

माओवादी सशस्त्र युद्धका क्रममा मारिएका, बेपत्ता पारिएका परिवार र घाइतेको घरमै पुगेर अध्यक्ष दाहालले संक्रमणकालीन न्यायको कानुन अनुसार न्याय, क्षतिपूर्ति पाउने आश्वासन समेत दिए । ‘सहिद, बेपत्ता, घाइतेसँग भावनात्मक र जीवन्त छलफल भयो’ प्रवक्ता सापकोटाले भने, ‘उहाँहरूले आफ्ना पीडा खुलेरै राख्नुभयो । यो अन्तर्क्रियाले हामी भावनात्मक उचाइमा पुग्यौ । कहिले रौयौँ, कहिले उत्साहित भयौं ।’

माओवादीले यो यात्राका क्रममा २० जिल्लाका स्थानीयले ज्ञापन पत्र र मानपत्र दिएका छन् । त्यसको अध्ययन गरी दस्ताबेज तयार गर्ने माओवादीका तयारी छ । ‘एक कोठा भरिने जति ज्ञापन पत्र बुझेका छौँ । तिनलाई केलाएर दस्ताबेज बनाउँछौ’ उनले भने ।

माओवादीले अभियानका क्रममा अन्य राजनीतिक दलका प्रतिनिधि, प्राध्यापक, शिक्षक, व्यवसायी, बुद्धिजीवी, किसान, मजदुर, अल्पसंख्य समुदायसँग अन्तक्रिया गरेको छ । सापकोटाका अनुसार स्थानीयले विकास निर्माण सम्बन्धी समस्याहरू बढी राखेका छन् ।

‘समयमा काम सम्पन्न नहुने, केन्द्र सरकारले स्थानीय सरकारलाई सहयोग नगरेको, प्रदेश सरकारले पनि बेवास्ता गरेको गुनासा छन्’ उनले भने, ‘केही स्थानमा जातीय, लैंगिक विभेद भएको गुनासा गरे । धेरै महिलाहरूले हिंसामा परेको गुनासो गरेका थिए ।’

अभियानका क्रममा स्थानीयको मनोविज्ञान, चाहना र गुनासा राम्रोसँग जान्न पाएको माओवादीको भनाइ छ ।‘समाजवादको आधार पार्न अध्ययन अनुसन्धान र अन्वेषण गर्ने अवसर पुग्यो । जनताले के सोचिरहेका छन्, जनताको मनस्थिति कस्तो छ’ सापकोटाले अनुभव सुनाए, ‘मुख्य कुरा जनताल् आफ्ना वेदना पुरै खन्याए । हामीले धैर्यतापूर्वक सुन्यौं । सकेसम्म कार्यान्वयन गर्ने प्रतिबद्धता जनाऔँ ।’

गठबन्धन गराउन दायाँबायाँ नीति लिनु कमजोरी भएको भन्दै आत्मालोचना गरेको स्थानीयले मन पराएको माओवादीको बुझाइ छ । ‘विगतको गम्भीर समीक्षासहित आत्मालोचनाले सबैलाई सकारात्मक बनायो । यसबाट हामीले थाहा पायौ । आत्म समीक्षाको ठुलो महत्त्व रहेछ । हामीले आफ्ना कमीकमजोरी स्पष्ट रूपमा राख्यौँ’ प्रवक्ता सापकोटाको अनुभव छ, ‘सबैसित छलफल हुँदा रिचार्ज भएको महसुस गर्‍यौ ।’

हरेक दिनको बिहानी हिँडाइको जनसंवाद रोचक रहेको उनको भनाइ छ । ‘हामीले अभियानभरि मर्निङवाकलाई कहिल्यै छुटाएनौँ । यो जनसंवाद गुणात्मक प्रकारको भयो,’ उनले भने, ‘मर्निङ वाकमा तराई मधेशका २० जिल्लामा जनसंवाद भयो । हामीलाई तिखो आलोचना र प्रश्न पनि गरे । हामीले स्पष्ट उत्तर दिने अवसर मिल्यो ।’

नेपाल भारत सीमा क्षेत्रका बासिन्दाको राष्ट्र भाव बलियो पाएको अध्यक्ष प्रचण्डले समापनको क्रममा बताएका थिए । ‘शिक्षा क्षेत्रका बासिन्दामा देशभक्त र राष्ट्र भाव बलियो भएको पायौँ,’ उनले भने, ‘राष्ट्रिय एकताका लागि खेलेको भूमिकालाई सम्मान गर्नको निम्ति, स्थानीयका विकास निर्माणको चाहनालाई सम्मान गर्न अभियान गर्ने चलाउने निर्णय गरेका थियौं ।’

लङ मार्चको समापन गर्दै बुधवार महेन्द्रनगरमा प्रचण्डले भने, ‘हामीलाई बलियो हात चाहिएको छ । आत्म समीक्षा गरेर नयाँ निष्कर्ष सहित नयाँ नेपाल बनाउने संकल्प गरेका छौँ । बहिलो हात दिनुभयो भने नयाँ आर्थिक सम्पन्न गरी समाजवादको यात्रा तय हुनेछ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

विदेशबाट फर्केका युवालाई कृषिमा टिकाउने गण्डकीको नयाँ योजना, ऋणको ब्याज सरकारले तिर्दै

‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी

बाजुरामा मध्यराति बस्तीमा बाढी पस्यो, १३ परिवारको उद्धार

तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध

धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु

धादिङ    । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...

विश्वकपसँगै बढ्यो ‘अनलाइन बेटिङ’, सरकारले बन्द गर्‍यो २ लाखभन्दा बढी एप र वेबसाइट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...

जन्मदिन मनाउन आठ दिनदेखि निस्किएका १७ वर्षीय किशोरकाे खोजी जारी, अर्कोतर्फ ८० वर्षीया वृद्धा पनि सम्पर्कविहीन

बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...

जनताको दैलोमा रास्वपाको दौड, झापामा सांसदहरू गाउँमै किन सक्रिय?

झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...

४० वर्षको पर्खाइ अन्त्य : अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...

दुई जिल्लाको सिमानामा चम्किँदै सोलेडाँडा, पर्यटकको नयाँ रोजाइ

पोखरा । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोलेडाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्द...

देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending