काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई दुई दिनअघि बुधबार अनधिकृत पत्र लेखी डिल्लीबजार कारागार चलान गर्ने सर्वोच्च अदालतको मुद्दा तथा रिट शाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई सरकारी कागजात किर्तेसम्बन्धी मुद्दा चलाइने भएको छ ।
अनधिकृत पत्र लेखेका कारण काठमाडौं प्रहरीको हिरासतमा रहेका विष्टलाई आज शुक्रबार म्याद थप्न जिल्ला अदालत काठमाडौं लगिएको छ । हिजो बिहीबार सार्वजनिक बिदा परेकाले उनलाई आज मात्र म्याद थपका लागि अदालत लगिएको हो ।
काठमाडौं परिसरका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले विष्टले सर्वोच्च अदालतको लेटरप्याड र छापको दुरुपयोग गरेको कारण उनीविरुद्ध सरकारी कागजात किर्ते मुद्दा चलाइने बताए । प्रारम्भिक बयानमा उनले जानीजानी त्यस्तो कसुर गरेको स्वीकारेका छन् ।
उनका बारेमा सर्वोच्च अदालतले पनि आवश्यक निर्णय लिने सम्भावना भएका कारण अदालतको निर्णय र प्रहरी अनुसन्धानलाई समान बनाउने गरी मुद्दा अगाडि बढाइने प्रहरीले जनाएको छ ।
रेशम भने पक्राउ परेकै दिन कारागारमुक्त भइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - ०९:१४
ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ
श्रावण ८ गते, २०८३ - ०९:१३
‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी
श्रावण ८ गते, २०८३ - ०९:११
तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध
श्रावण ८ गते, २०८३ - ०९:०८
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...
श्रावण ८ गते, २०८३ - ०९:०५
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...
श्रावण ८ गते, २०८३ - ०९:०४
बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...
श्रावण ८ गते, २०८३ - ०९:०१
झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...
श्रावण ८ गते, २०८३ - ०८:५९
झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...
श्रावण ८ गते, २०८३ - ०८:५७
पोखरा । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोलेडाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्द...
श्रावण ८ गते, २०८३ - ०८:५५
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...



प्रतिकृया लेख्नुहोस्: