काठमाडाैं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले नेपाल शिक्षक महासंघले धोका दिएको भन्दै आन्दोलन घोषणा गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत परिषद्ले आन्दोलन परिचालन समिति गठन गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
आन्दोलनको संयोजकमा बब्बन मिश्र तोकिएका छन्। परिषदका अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासंघले रहस्यमय ढंगले सरकारसँग सम्झौता गर्दै राहत, बाल विकास र विद्यालय कर्मचारीलाई बेवास्ता गरेको बताए। ‘शिक्षक महासंघले आफूखुसी सम्झौता गर्यो, विद्यालय कर्मचारीका हितपूर्ण मुद्दाहरूलाई बेवास्ता गर्यो,’ अध्यक्ष तिवारीले भने।
परिषद्ले अबको आन्दोलन शिक्षकमात्र होइन, कर्मचारी अधिकार सुनिश्चित गर्न केन्द्रित हुने जनाएको छ।
आन्दोलनका कार्यक्रमको रुपरेखा
मिति २०८२/०१/२१ गते देखि मिति २०८२/०२/०३ गते सम्म कालो पट्टि बाँधेर कार्यक्षेत्रमा काम गर्ने।
मिति २०८२/०२/०४ गतेका दिन ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनकोबारेमा जानकारी गराउने।
मिति २०८२/०२/०५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने।
मिति २०८२/०२/०६ गते शिक्षा विकास तथा समन्वय इकाई ७७ वटैमा आन्दोलनको जानकारी सहित ध्यानाकर्षण पत्र बुझउने।
मिति २०८२/०२/०७ गतेकै दिन ७ वटै प्रदेशमा आन्दोलनको जानकारी गर्न तथा ध्यानाकर्षण पत्र सामाजिक बिकास मन्त्रालयमा बुझाउने।
मिति २०८२/०२/०९/१० गते काठमाडौं स्थित माइतीघर मण्डला देखि सडक आन्दोलनमा सबै उपस्थित हुने। तत्कालै समीक्षा गरेर दोस्रो चरणको आन्दोलनको रुपरेखाको तयारी गरिनेछ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - २०:२७
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीनजना घाइते भएका छन् । चैनपु...
माघ १२ गते, २०८२ - १८:३०
काठमाडौँ। हिमाल, साहसिक पर्यटन र उद्धारको नाममा गरिएको ठगीको गम्भीर काण्डमा नेपाल प्रहरीले ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...
माघ १२ गते, २०८२ - १७:४२
काठमाडाैं । घर–घरमा फैलिएका तार, पोल र केबल बिना पनि बिजुली पुग्न सक्छ — यो कुरा अहिलेसम्म कल्पनाजस्तै लाग्थ्यो। तर फिनल्याण्डका वैज्ञानिकहरूको पछिल्ल...
माघ १२ गते, २०८२ - १७:३७
जनकपुरधाम। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा उच्च मतदान दर देखिएको छ। कुल ३६४ मतदाता रहेको मधेश प्रदेशमा ३४१ मत खसेको छ, जसअनुसार मतदा...
माघ १२ गते, २०८२ - १७:३५
काठमाडौँ। वनजंगल जोगाउने कि मान्छेलाई जोखिममा राख्ने ? यही प्रश्नको बीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले वनछेउका बस्ती स्थानान्तरण...
माघ १२ गते, २०८२ - १७:३२
काठमाडौँ। दुई वर्षदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन नक्कली भुटानी शरणार्थी प्रकरण अन्तिम सुनुवाइको चरणमा प्रवेश गर्ने तयारीमा देखिएको छ। यसका लाग...
माघ १२ गते, २०८२ - १७:२७
काठमाडाैं । सामाजिक सञ्जालका लागि भिडियो निर्माण गर्ने बहानामा हतियारजस्ता वस्तु प्रदर्शन गर्दै सार्वजनिक स्थानमा मोटरसाइकलमा हिँडिरहेका दुई व्यक्तिल...
माघ १२ गते, २०८२ - १७:२३
काठमाडाैं । राष्ट्रिय सभालाई प्रायः ‘अनुभवी’ वा ‘अवकाशप्राप्त’ नेताहरूको थलो मानिँदै आएको छ। तर कोशी प्रदेशबाट निर्वाचित भएका तीन नयाँ सदस्यले यो बुझा...
माघ ११ गते, २०८२ - २०:२६
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...
माघ ११ गते, २०८२ - २०:१५
विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...




प्रतिकृया लेख्नुहोस्: