सिरहा । भारतको पहलगाममा भएको जघन्य आतंकवादी हमलामा नेपाली युवा सुदीप नेयौपानेको मृत्यु भएपछि सिरहाको गोलबजारमा बिरोध प्रदर्शन गरिएको छ।
पाकिस्तानप्रति विरोधको स्वर उचाल्दै धर्मराज हिन्दु सेनाले प्रदर्शन आयोजना गरेपछि गोलबजार तनावपूर्ण बनेको थियो।
बुधबार आयोजित विरोध प्रदर्शनमा ५०० भन्दा धेरै स्थानीयको उपस्थिति रहेको थियो। प्रदर्शनको अगुवाइ कृष्ण गुंरागाईं (हनि सिंह) ले गर्दै पाकिस्तानी सेना प्रमुख असीम मुनिरको पुतला जलाएर आक्रोश पोखेका थिए ।
‘आतंकको आडमा मित्रता स्वीकार्य छैन,’ भन्दै प्रदर्शनकारीहरूले पाकिस्तानी विरोधी नारासमेत लगाएका थिए। प्रदर्शनमा अर्को विवादास्पद एजेन्डाको पनि बिरोध भएको छ। नेकपा एमालेबाट निर्वाचित गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले अघि सारेको ‘नेपाल–पाकिस्तान मित्रता पार्क’ निर्माण योजनाको पनि उनीहरूले बिरोध गरेका छन।
स्थानीयवासीहरूले यस्तो योजना राष्ट्रहितविपरीत भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूको भनाइ थियो, “जहाँ पाकिस्तानबाट आतंक फैलिन्छ, त्यहाँ मित्रता होइन, प्रतिकार चाहिन्छ।”
पहलगाममा पाकिस्तानीको संलग्नतामा भएको हमलामा २८ जना निर्दोष पर्यटकको ज्यान बताउँदै आइएको छ । तीमध्ये बुटवलका सुदीप न्यौपाने नामक नेपाली युवाको मृत्युले देशभरि समवेदना र आक्रोशको लहर उठाइरहेको बेला यो प्रदर्शन भएको हो ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - ०९:१४
ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ
श्रावण ८ गते, २०८३ - ०९:१३
‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी
श्रावण ८ गते, २०८३ - ०९:११
तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध
श्रावण ८ गते, २०८३ - ०९:०८
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...
श्रावण ८ गते, २०८३ - ०९:०५
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...
श्रावण ८ गते, २०८३ - ०९:०४
बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...
श्रावण ८ गते, २०८३ - ०९:०१
झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...
श्रावण ८ गते, २०८३ - ०८:५९
झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...
श्रावण ८ गते, २०८३ - ०८:५७
पोखरा । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोलेडाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्द...
श्रावण ८ गते, २०८३ - ०८:५५
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...



प्रतिकृया लेख्नुहोस्: