Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

ग्रीस सरकारको नेतृत्वमा बामपन्थी दल

\"syriza\"ग्रीस । ग्रीसको बामपन्थी दल सिरिजा पार्टीले दोस्रो कार्यकालका लागि सरकारको नेतृत्व सम्हाल्ने मौका पाउने भएको छ । उक्त पार्टीका नेता भूतपूर्व प्रधानमन्त्री अलेक्सिस सिप्रासले आफ्नो दललाई बहुमत दिलाउने सम्पूर्ण मतदातालाई पार्टीको तर्फबाट सोमबारै धन्यवाद दिएका छन् । आइतबार सार्वजनिक भइसकेको करिब ९९।७ प्रतिशत नतिजाअनुसार सिरिजा पार्टीले ३५।५ प्रतिशत ल्याउन सफल भएको छ । त्यस्तै, मध्य दक्षिणपन्थी प्रजातान्त्रिक मोर्चाले २८।१ प्रतिशत मत ल्याएको छ । नाजी समूहको बाहुल्यता भएको अर्को एक पार्टीले ७ प्रतिशत मत ल्याई तेस्रो ठूलो दल बन्न पुगेको छ । सिरिजा पार्टीको दोस्रो कार्यकालका लागि आएको जनसमर्थनप्रति आभार प्रकट गर्दै आफ्नो पार्टीको नेतृत्वमा हुने दोस्रो सरकार ग्रीसको आर्थिक तथा सामाजिक विकासका लागि सधैँ प्रतिबद्ध रहने पूर्व प्रधानमन्त्री सिप्रासले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा बताए । सिरिजा पार्टीको दोस्रो कार्यकालका लागि आएको जनसमर्थनप्रति आभार प्रकट गर्दै आफ्नो पार्टीको नेतृत्वमा हुने दोस्रो सरकार ग्रीसको आर्थिक तथा सामाजिक विकासका लागि सधैँ प्रतिबद्ध रहने पूर्व प्रधानमन्त्री सिप्रासले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा बताए। सिरिजा पार्टीलाई जनताले गरेको समर्थनलाई पलपलमा सदुपयोग गर्ने बताउदै भूतपूर्व प्रधानमन्त्रीले भने, देशको आर्थिक सुधारका लागि मितव्ययी भई राष्ट्रलाई समृद्ध बनाउने हाम्रो सरकारको अभिभारा रहने छ । सिरिजा पार्टीले तेस्रो चरणको ऋण जमानत लिने कि नलिने भन्ने सवालमा जनमत सङ्ग्रहमा गएको थियो । ऋण जमानत नलिने र युरोपेली महासङ्घबाट बाहिरिनु परे बाहिरिने भन्ने पक्षमा जनमत आएपछि युरोपेली महासङ्घमा ठूलो बहस ल्याएको थियो । पार्टीभित्रैको विद्रोह र जनमत एकातिर हुँदाहुँदै सिप्रास सरकारले तेस्रो पटकका लागि जमानत लिने अलोकप्रिय सम्झौता ग¥योे । यसैलाई लिएर पार्टीभित्रको कट्टरपन्थी समूहले सिप्रासलाई असहयोग गर्दै सरकारबाट बाहिरियो । पार्टीभित्र भएको हलचलका फलस्वरुप सिप्रासले नयाँ चुनावको घोषणा गरेका थिए । सिप्रासले सरकार गठनमा सिरिजा पार्टीप्रति नरम मानिने दक्षिणपन्थी दल इन्डिपेन्डेन्ट ग्रीक्स पार्टीको समर्थन लिने जनाएको छ भने उक्त पार्टी सरकारमा सामेल हुने सङ्केत गरेको छ । सिरिजा पार्टीका नेता तथा भूतपूर्व प्रधानमन्त्री अलेक्सिस सिप्रासलाई दोस्रो कार्यकालका लागि उनको पार्टीले ल्याएको बहुमतको कदर गर्दै विश्वका महत्वपूर्ण सङ्घसङ्गठन तथा सरकार प्रमुखले बामपन्थी दल सिरिजा पार्टीका नेता सिप्रासलाई बधाई ज्ञापन गरेका समाचार स्थानीय संचारमाध्यममा आउन थालेका बताइएको छ । यसैबीच, युरोपेली महासङ्घ प्रमुख डोनाल्ड टस्कले निर्वाचन परिणामले ग्रीसमा राजनीतिक स्थिरता ल्याई देखिएका सबै किसिमका चुनौतीहरुलाई नियन्त्रणमा ल्याउने आशा व्यक्त गरेका छन् । रासस÷सिन्ह्वा÷एपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending