काठमाडौं । ‘जन्मदिनसँग सत्कर्म जोडौं’ अभियान अन्तर्गत काठमाडौंस्थित आराध्यदेव पशुपति मन्दिर परिसर क्षेत्रभित्र वृक्षरोपण गरी जन्मदिन मनाइएको छ।
प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य तथा न्युज कारखानाकर्मी वरिष्ठ पत्रकार सञ्जय मिश्राले पशुपति क्षेत्र परिसरभित्र विभिन्न जातको बिरुवा रोपेर आफ्नो ५८ औं जन्मोत्सव बुधबार साँझ मनाएका हुन्।
जन्मदिनलाई सत्कर्मबाट जोडौं अभियानका अभियन्ता नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाईं, समाजसेवी दुर्गाप्रसाद चौलागाईं समेतको सहभागितामा मिश्राले रुद्राक्ष, धुपीलगायत जातका बिरुवा रोपेर जन्मदिन मनाएका थिए।
वर्तमान समयमा मानिसले आफ्नो जन्मदिनको अवसरमा ठूला-ठूला होटलमा हजारौं खर्चिनु निरर्थक रहेको तथा एउटा बिरुवा हुर्काउन सके आजीवन जन्मदिनको सम्झना दिने भएकाले वृक्षरोपण गरेर जन्मदिन मनाईएको मिश्राले बताएका छन्।
‘आफ्नो जन्मदिनमा एक-एक बिरुवा रोप्नुपर्ने सन्देश समाजमा फैलाउनु साह्रै सकारात्मक कुरा हो,’ मिश्राले भने।
बिरुवा रोपेर मात्र नहुने, यसको संरक्षण पनि गरिनु त्यति नै आवश्यक रहेको उनको भनाइ छ। पत्रकार मिश्रा रौतहटबाट न्युज कारखाना, रातोपाटी, जनकपुर टुडे दैनिक पत्रिकामा रिपोर्टिङ गर्नुका साथै उनी कटहरिया एफएमका प्रमुख समेत रहेका छन्।
नेपाली समाजलाई सभ्यता अनुसार अगाडि बढाउन सत्कर्म आवश्यक रहेको बताउँदै आयोजक संस्थाका अध्यक्ष तथा अभियानका संयोजक गोविन्दप्रसाद चौलागाईंले यो अभियानलाई देशका सम्पूर्ण भागमा पुर्याउनु पर्ने बताएका छन्।
यसअघि जन्मदिनलाई सत्कर्मबाट जोडौं अभियानको थालनी भएसँगै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि नेपाल सरकारका सचिव, विभिन्न दलका नेता , राष्ट्रसेवक कर्मचारी, अभिनेता लगायतका व्यक्तित्वले विभिन्न जातका बिरुवा रोपेर जन्मदिन मनाएका थिए।
अभियन्ता चौलागाईंका अनुसार अभियान सुरु भएयता रौतहट, नुवाकोट, काठमाडौं, ललितपुर, कञ्चनपुरलगायत देशका कैयौं स्थानमा सयौं मानिसहरूले आफ्नो जन्मदिनको अवसरमा झण्डै ६ हजार बिरुवाको वृक्षरोपण गरेर मनाएका छन्।
तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष चौलागाईंको ४९ जन्मोत्सवको अवसर पारेर गत वर्षदेखि ‘जन्मदिनलाई सत्कर्मसँग जोडौं’ अभियान अन्तर्गत वृक्षरोपन कार्यक्रमको शुभारम्भ गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - ०९:१४
ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ
श्रावण ८ गते, २०८३ - ०९:१३
‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी
श्रावण ८ गते, २०८३ - ०९:११
तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध
श्रावण ८ गते, २०८३ - ०९:०८
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...
श्रावण ८ गते, २०८३ - ०९:०५
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...
श्रावण ८ गते, २०८३ - ०९:०४
बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...
श्रावण ८ गते, २०८३ - ०९:०१
झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...
श्रावण ८ गते, २०८३ - ०८:५९
झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...
श्रावण ८ गते, २०८३ - ०८:५७
पोखरा । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोलेडाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्द...
श्रावण ८ गते, २०८३ - ०८:५५
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...



प्रतिकृया लेख्नुहोस्: