काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सञ्चालन गरेको तराई–मधेस जागरण अभियानले जनतामा आशा जागेको बताएका छन् ।
अभियानको क्रममा पार्टीको जिल्ला समन्वय समिति कैलालीले कैलारी गाउँपालिका–७ वैसपुरमा आयोजना गरेको खबरदारी सभामा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले भने,“अभियानका क्रममा हामीले जनताका दुःख, सुखका कुरा सुन्यौँ । उत्पीडित वर्ग समुदायका समस्या उहाँहरूकै बीचमा रहेर सुन्दा नयाँ उत्साह, आशा र भरोसा बढेको पाएका छौँ ।”
उनले जनतासँगको सम्बन्ध सुदृढ नहुँदा पार्टी कमजोर हुँदै गएको भन्दै त्यही सम्बन्धलाई सुदृढ बनाउन जागरण अभियान सुरु गरिएको बताए ।
अध्यक्ष दाहालले सहिद, बेपत्ता, घाइते, अपाङ्गता भएका व्यक्तिका परिवारसँगको सम्बन्ध घनिष्ट र सुदृढ बनाएर नजानु विगतमा पार्टीको कमजोरी भएका र यसलाई सुधार्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,“किसान, मजदुर, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारुलगायत समुदायको सम्बन्धलाई बलियो बनाउँदै जाने कुरामा कमी हुनु नै हाम्रो कमजोरीको मुख्य कारण हो भन्ने निष्कर्ष निकालेपछि जागरण अभियान सुरु गरेका हौँ ।”
जनताको त्याग र बलिदानीबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै अध्यक्ष दाहालले फेरि षडयन्त्र भइरहेको र त्यसलाई परास्त गर्न जनताको तागत आवश्यक हुने बताए ।
गत फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान आज कञ्चनपुरमा समापन हुँदैछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - ०९:३१
काठमाडौं । करिब तीन दशकपछि सन् २०२५ मा पहिलो पटक विश्वका केन्द्रीय ब्याङ्कहरूसँग मौजुद सुनको कुल मूल्य अमेरिकी ट्रेजरी बन्डको लगानीभन्दा धेरै भएको छ। ...
माघ १० गते, २०८२ - ०९:२१
काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबा...
माघ १० गते, २०८२ - ०९:१४
काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवा...
माघ १० गते, २०८२ - ०९:१०
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना हुने निर्वाचन प्रहरीलाई २५ माघदेखि ‘फिल्ड’ मा खटाइने भएको छ । नेपाल प्रहरी ...
माघ १० गते, २०८२ - ०८:०२
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जा...
माघ १० गते, २०८२ - ०७:५८
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस...
माघ १० गते, २०८२ - ०७:५४
काठमाडौँ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्ष...
माघ १० गते, २०८२ - ०७:५१
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । ...
माघ १० गते, २०८२ - ०७:४५
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान ग...
माघ १० गते, २०८२ - ०७:३३
भक्तपुर । भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिण...




प्रतिकृया लेख्नुहोस्: