Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

८८ कम्पनीको ५६ अर्ब ३३ करोड रुपैयाँबराबरको आईपीओ आउँदै

खबरडबली संवाददाता

काठमाडौं । ५६ अर्ब ३३ करोड १९ लाख रुपैयाँभन्दा बढीका ८८ वटा कम्पनी आईपीओ जारी गर्नका लागि पर्खाइमा रहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अनुसार अहिले ८८ वटा कम्पनी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्नका लागि प्रक्रियामा रहेका छन् ।

ती सम्पूर्ण कम्पनीका आईपीओ सेबोनले स्वीकृति दिएपछि सर्वसाधारणले खरिद गर्न पाउनेछन् । लामो समयदेखि सेबोनले नेतृत्व नपाउँदा अलमलिएको आईपीओ जारी गर्नका लागि कम्पनीहरूको वित्तीय अवस्थाको मूल्यांकन गरिरहेको जनाएको छ ।

केही कम्पनीका आईपीओ भने प्रिमियम मूल्यमा निष्कासन गर्ने तयारीमा रहेका छन् । आईपीओ जारी गर्नका लागि पाइपलाइनमा रहेका कम्पनीमध्ये सबैभन्दा धेरै जलविद्युत् क्षेत्रका कम्पनी रहेका छन् ।

सेबोनले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ४४ वटा जलविद्युत् कम्पनीहरू आईपीओ पाइपलाइनमा रहेका छन् । १९ अर्ब ८८ करोड ८८ लाख रुपैयाँको आईपीओ जारी गर्नका लागि जलविद्युत् कम्पनीहरूले सेबोनमा आवेदन दिइराखेका छन् ।

विगत २२ महिनादेखि जलविद्युत्को आईपीओ जारी भएको छैन । आवेदन दिएका हाइड्रो कम्पनीमध्ये दुईवटाले बुक बिल्डिङ विधिमार्फत आईपीओ ल्याउन बोर्डसँग अनुमति मागेका छन् । सेन्चुरी इनर्जी लिमिटेडले २ सय ७५ रुपैयाँ ११ पैसा प्रतिकित्तामा र हिमाल हाइड्रोपावर लिमिटेडले २ सय १८ रुपैयाँका दरले आईपीओ निष्कासन अनुमति मागेको छ । जलविद्युत् समूहका अन्य ४२ वटा कम्पनीले भने प्रतिकित्ता सय रुपैयाँका दरले आईपीओ निष्कासन अनुमति मागेका छन् ।

यसैगरी, नौवटा होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरू आईपीओ जारी गर्न पाइपलाइनमा बसेका छन् । यस क्षेत्रको मात्रै ४ अर्ब १० करोड ७० लाख रुपैयाँको आईपीओ आउने तरखरमा रहेका छन् ।

आईपीओ निष्कासन अनुमति माग्दै पाइपलाइनमा रहेका कम्पनीमध्ये १८ वटा उत्पादन तथा प्रशोधन समूहका हुन् । यस क्षेत्रको मात्रै २४ अर्ब ८० करोड ६१ लाख १२ हजार ३ सय ९६ रुपैयाँबराबरको ११ करोड १६ हजार ५ सय ४१ कित्ता सेयर निष्कासन गर्न प्रक्रियामा रहेको हो ।

उत्पादन तथा प्रशोधन समूहमा ६ वटा कम्पनीले बुक बिल्डिङ र प्रिमियममा आईपीओ निष्कासन अनुमति माग गरेका छन् । बाँकी १२ कम्पनीले भने प्रतिकित्ता सय रुपैयाँका दरले आईपीओ निष्कासन गर्न लागेका हुन् ।

यसैगरी, अन्य समूहका ११ वटा कम्पनीको आईपीओ जारी हुन लागेको छ । सो समूहका कम्पनीले ३ अर्ब ९१ करोड ५८ लाख ९५ हजार ७ सय रुपैयाँबराबरको ३ करोड २४ लाख ३६ हजार ९ सय ५७ कित्ता सेयर सर्वसाधारणका लागि ल्याउन लागिएको हो ।

लघुवित्ततर्फ स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन अनुमति मागेको छ । लघुवित्तले प्रतिकित्ता सय रुपैयाँका दरले ८ लाख रुपैयाँबराबरका ८० हजार कित्ता सेयर निष्कासन अनुमति मागेको हो ।

त्यस्तै, माइक्रो इन्स्योरेन्सतर्फ तीनवटा कम्पनी आईपीओ जारी गर्ने पर्खाइमा रहेको छ । यस समूहबाट ६७ अर्ब ५० लाख रुपैयाँको आईपीओ आउन लागेको हो ।

यसैगरी, लगानी शीर्षकमा पनि तीनवटा कम्पनीले आईपीओका लागि आवेदन दिएका छन् । १ करोड ६५ लाख ५० हजार कित्ताका लागि २ अर्ब ९३ करोड १० लाख रुपैयाँको आईपीओ जारी गर्न वरुण इन्भेस्टमेन्ट, सिड इनर्जी र शिवम होल्डिङ्सले प्रक्रिया पूरा गरेका छन् । जसमा शिवम् होल्डिङ्सले २ सय १० रुपैयाँ प्रिमियममा आईपीओ जारी गर्न लागेको हो ।

आईपीओ निष्कासनका लागि आवेदन दिएका कम्पनीमाथि क्रमैसँग रिभ्यु भइरहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । धितोपत्र बोर्डले सबै कागजात समीक्षा गरिरहेको र प्रतिक्रिया लिने काम भइरहेको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

भावी प्रधानमन्त्री भनेर अघि सारिएका उम्मेदवारबीच के साँच्चै सार्वजनिक बहस हुनुपर्छ ?

काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...

अशक्तलाई घरमै नागरिकता

सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...

निर्वाचन ३२ दिन बाँकी: पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE