Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

मिथिला ‘पेन्टिङ’ सिकाइमा जम्दै किशोरी

खबरडबली संवाददाता

महोत्तरी । मटिहानी–८ की खुश्वु यादव अहिले घर नजिकै मिथिला ‘पेन्टिङ’ सिक्दैछिन्। उनीसहितका ३० किशोरीलाई मटिहानी नगर कार्यपालिका कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले उक्त अवसर दिएको हो । भर्खर १७ वर्ष उमेर टेकेकी यादवको एकमहिने मिथिला पेन्टिङ सिकेर यसै सीपबाट आत्मनिर्भर बन्ने सपना छ ।

“यहीँकै राम मावि (माध्यमिक विद्यालय)मा १२ कक्षामा पढ्दै पनि छु, अहिले मिथिला पेन्टिङ सिक्ने अवसर पाइयो, मेरो यो सीपमा जम्ने सपना छ”, यादव भन्छिन्, “मिथिला पेन्टिङको विश्वव्यापी चर्चा छ, म यसैमा दक्षता बढाउन खोज्दै छु ।”

माध्यमिक तहमा अध्ययनरत किशोरीका लागि सीप सिकेर मिथिला पेन्टिङलाई व्यवसाय नै बनाउन सकून् भन्ने ध्येयले नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले एकमहिने तालिमको प्रबन्ध गरेको हो । तालिम प्रारम्भले नै तन्मयसाथ सिक्न उत्प्रेरित गरेको सहभागी किशोरी बताउँछन् ।

“औपचारिक तालिम सुरु भयो, मिथिला पेन्टिङका बारेमा सुनेकी थिएँ, तालिमबाट थप थाहा पाएँ”, मटिहानी–६ की १६ वर्षीया रञ्जु साह भन्छिन्, “तालिमले धेरै कुरा सिकाउने विश्वास जागेको छ ।” खुश्वु यादवको जस्तै साहको पनि सीप सिकेर व्यावसायिक रुपमै मिथिला पेन्टिङमा लाग्ने रहर पलाएको छ ।

मटिहानी नगरपालिकाका बजारक्षेत्र समेटेर वडा नं ६, ७ र ८ का विद्यालयमा अध्ययनरत १३ वर्षदेखि १९ वर्ष उमेर समूहभित्रका किशोरीलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।

“मुख्य ध्येय आर्थिक उपार्जनमा महिला आफैँ सरिक हुने अवस्था बनाउने हो, यसका लागि बजार क्षेत्रका बासिन्दा किशोरीलाई सीप सिक्नासाथ व्यवसाय सञ्चालन गर्न सकून् भनेर सहभागी गराइएको हो,” नगरप्रमुख मण्डल भन्छन्, “यसले अरूलाई पनि उत्प्रेरित गर्ने हाम्रो विश्वास छ ।” किशोरीलक्षित यो कार्यक्रम बालविवाहविरुद्धको अभियानको निरन्तरता पनि भएको मण्डलले स्पष्ट पारे।

“हामी योजनाबद्ध रुपमा बालविवाह पूरै नियन्त्रण गर्ने अभियानमा छौँ, यसका लागि पछिल्ला तीन वर्षयता छोरी शिक्षा, निरक्षर उन्मूलन, सामाजिक जागरण र सीप अभिवृद्धिका कार्यक्रमले निरन्तरता पाउँदै आएका छन्”, नगरप्रमुख मण्डलले भने, “पछिल्ला तीन वर्षयताका हाम्रो प्रयत्नले राम्रो सफलता पाएको छ ।”

तीन वर्षअघि ८०० बालविवाहका घटना भएको सम्झँदै नगरप्रमुख मण्डलले त्यसयता बालविवाहविरुद्धका घनिभूत कार्यक्रमका कारण यसमा कमी आएको बताए । यसपालि जारी आर्थिक वर्ष २०८१/८२ को हालसम्मको अवधिमा नगरक्षेत्रमा कतै पनि बालविवाहका घटनाको जानकारी नरहेको उनको भनाइ छ ।

मटिहानी नगरपालिकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामार्फत गत आर्थिक वर्ष २०८०/८१ मा निरक्षरता उन्मूलन अभियान सञ्चालन गरेको थियो । यसै अभियानअन्तर्गत विद्यालय जाने उमेरका बालबालिकालाई औपचारिक शिक्षामा जोड्ने र किशोरवय पार गरेकाहरुलाई घरबस्तीमै अनौपचारिक शिक्षा दिइएको थियो । सो अभियानको सफलताले नै आफ्नो नगर साक्षर घोषणा भएको नगरप्रमुख मण्डलको भनाइ छ ।

अहिले सञ्चालन भएको एकमहिने मिथिला पेन्टिङ तालिममा सहभागी किशोरी पनि बालविवाहविरुद्धको अभियन्ता हुन् । तालिमका सहभागीहरु बालविवाहलाई निरुत्साहित गर्नु र सीप सिकेर आत्मनिर्भर बन्नु मुख्य उद्देश्य रहेको बताउँछन् । मटिहानी–७ की १७ वर्षीया प्रिया ठाकुर भन्छिन्, “मिथिला पेन्टिङ आर्जनका लागि सम्भावनायुक्त सीप हुने विश्वास जागेको छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending