Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

बन्दीपुर गाउँपालिकाद्वारा आइतबारबाट अनिवार्य पढाई सुरु गर्न सूचित

खबरडबली संवाददाता

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकाले आइतबारबाट अनिवार्य पढाई सूचारु गर्न सूचित गरेको छ । शिक्षकहरूको दबाबमूलक आन्दोलनले गर्दा प्रभावित बनेको पठनपाठन प्रक्रिया सुरु गर्न सूचित गरेको हो ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाद्वारा जारी विज्ञप्तिमा आन्दोलनले बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार कुण्ठित भएकाले पढाई सुरु गर्न सूचित गरिएको छ ।

देशभरिका सामुदायिक विद्यालयका शिक्षकहरूले पेसागत सम्मान, शिक्षा ऐन जारी लगायतका मागहरू राख्दै आन्दोलनमा उत्रिएकाले बन्दीपुरका विद्यालयहरूमा भर्ना अभियान, परीक्षा र नियमित पठनपाठन अन्योलमा परेकोले गाउँपालिकाले पढाई सञ्चालन गर्न आग्रह गरिएको हो ।

आन्दोलन फिर्ता लिई सहज वातावरण बनाउन सरकारलाई शिक्षकहरूको संविधानसम्मत माग सम्बोधन गर्न आग्रह विज्ञप्तिमा गरिएको छ । विज्ञप्तिमा वैशाख १२ गतेदेखि संसदको अधिवेशन आह्वान भइसकेको अवस्थामा प्रस्तावित शिक्षा विधेयक तत्काल संसदमा प्रस्तुत गरी पारित गर्न सरकारसँग माग गरेको छन् ।

शिक्षक आन्दोलनले गर्दा गाउँपालिकाभित्र अघि बढाइएको शैक्षिक सुधार तथा विकाससम्बन्धी कार्यक्रमहरू प्रभावित बनेका छन् । संस्थागत विद्यालयहरूमा भर्ना तथा पठनपाठन सामान्य रूपमा सञ्चालन भइरहे पनि सामुदायिक विद्यालयहरूमा नियमित शैक्षिक गतिविधि ठप्प हुँदा विद्यार्थी, अभिभावक र सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् ।

यस्तो परिस्थितिमा यथाशीघ्र पठनपाठन पुन: सुरु गर्नुपर्ने आवश्यकता देखिएको भन्दै गाउँपालिकाले वैशाख १४ गते आइतबारदेखि अनिवार्य रूपमा सामुदायिक विद्यालयहरू सञ्चालनमा ल्याउन सम्पूर्ण विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूलाई आग्रह गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले वृद्धि

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending