तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकाले आइतबारबाट अनिवार्य पढाई सूचारु गर्न सूचित गरेको छ । शिक्षकहरूको दबाबमूलक आन्दोलनले गर्दा प्रभावित बनेको पठनपाठन प्रक्रिया सुरु गर्न सूचित गरेको हो ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाद्वारा जारी विज्ञप्तिमा आन्दोलनले बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार कुण्ठित भएकाले पढाई सुरु गर्न सूचित गरिएको छ ।
देशभरिका सामुदायिक विद्यालयका शिक्षकहरूले पेसागत सम्मान, शिक्षा ऐन जारी लगायतका मागहरू राख्दै आन्दोलनमा उत्रिएकाले बन्दीपुरका विद्यालयहरूमा भर्ना अभियान, परीक्षा र नियमित पठनपाठन अन्योलमा परेकोले गाउँपालिकाले पढाई सञ्चालन गर्न आग्रह गरिएको हो ।
आन्दोलन फिर्ता लिई सहज वातावरण बनाउन सरकारलाई शिक्षकहरूको संविधानसम्मत माग सम्बोधन गर्न आग्रह विज्ञप्तिमा गरिएको छ । विज्ञप्तिमा वैशाख १२ गतेदेखि संसदको अधिवेशन आह्वान भइसकेको अवस्थामा प्रस्तावित शिक्षा विधेयक तत्काल संसदमा प्रस्तुत गरी पारित गर्न सरकारसँग माग गरेको छन् ।
शिक्षक आन्दोलनले गर्दा गाउँपालिकाभित्र अघि बढाइएको शैक्षिक सुधार तथा विकाससम्बन्धी कार्यक्रमहरू प्रभावित बनेका छन् । संस्थागत विद्यालयहरूमा भर्ना तथा पठनपाठन सामान्य रूपमा सञ्चालन भइरहे पनि सामुदायिक विद्यालयहरूमा नियमित शैक्षिक गतिविधि ठप्प हुँदा विद्यार्थी, अभिभावक र सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् ।
यस्तो परिस्थितिमा यथाशीघ्र पठनपाठन पुन: सुरु गर्नुपर्ने आवश्यकता देखिएको भन्दै गाउँपालिकाले वैशाख १४ गते आइतबारदेखि अनिवार्य रूपमा सामुदायिक विद्यालयहरू सञ्चालनमा ल्याउन सम्पूर्ण विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूलाई आग्रह गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: