Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण

खबरडबली संवाददाता

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षण थालिएको हो ।

जलविद्युत् आयोजनामा निर्माण हुने सम्पूर्ण भौतिक पूर्वाधारहरू निर्माण सकेर परीक्षण थालेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार वैशाख महिनाभित्रमा विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिएको छ ।

उनले भने, ‘‘बाँधदेखि विद्युत् गृहसम्म पानी ल्याउन जडान भएको पाइपलाइनमा पानी भरेर प्राविधिक टोलीबाट परीक्षण थालिएको छ । भौतिक संरचना निर्माण र उपकरण जडानको काम सकेर विद्युत् परिक्षणको काम अन्तिम चरणमा पुगेको छ ।”

निर्माण कम्पनीले खोप्रालेकको फेदी कालोखोलामा बाँध, ५०र५० मिटर लामा दुई वटा पानी थिग्राउने पोखरी डसेन्डेर, रेलेखर्कमा विद्युतगृह निर्माण र बाँधदेखि विद्युत गृहसम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको आयोजनाका जनसम्पर्क अधिकृत पाण्डेले बताए ।

रेलेखर्कको विद्युतगृह, स्विचयार्ड र दाना सब स्टेसन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । पाँच सय पाँच मिटर माथिबाट विद्यृतगृहमा पानी खसालेर विद्युत् उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७९ मा निर्माण सुरु भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पुर्‍याउँदा कार्यतालिका प्रभावित बनेका हो । अस्थायी बाँध बनाएर डिसेन्डरमा पानी खसालेर आयोजना सञ्चालन गर्न लागिएको जनसम्पर्क अधिकृत पाण्डेले बताए । 

एक अर्ब २० करोड लागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैँकले ऋण लगानी गरेका छन् । यस आयोजनाले नारच्याङको बेँसीगाउँदेखि लेकगाउँ हुँदै बाँध र विद्युतगृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले वृद्धि

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending