मुस्ताङ । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको कोवाङ–जोमसोम सडक खण्डमा पर्ने घरपझोङ–४ जोमसोमस्थित भासिएको सडक स्तरोन्नति गर्न स्थानीयवासीले माग गरेका छन् । उनीहरुले आज दुई घण्टा सडक अवरोध समेत गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले तत्काल निर्माण कम्पनीलाई भाँसिएको स्थानमा सडक संरचनाको काम सुरु गर्न लगाउने आश्वासन दिएपछि सडक आगमन खुल्ला गरिएको हो । योसँगै मुक्तिनाथ–कोरला आउजाउ गर्ने सडक गन्तव्यमा प्रस्थान गरेका छन् ।
यसअघि जोमसोममा निर्माणधिन मुख्य सडक भाँसिएको स्थानमा सडकको काम तत्काल सुरु गर्नुपर्ने माग राख्दै मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित गणेश मन्दिर नजिकै स्थानीयले सडक अवरोध गरेका थिए । उनीहरुले गत वर्ष भाँसिएको करिव १०० मिटर सडक स्तरोन्नति नहुँदा कालिगण्डकी नदीको तटीय बस्ती जोखिममा परेको जनाउँदै मुक्तिनाथ–कोरला सडकमा केही समय आवत जावतमा अवरोध गरेका थिए ।
जोमसोमकी स्थानीय प्रमिला गुरुङ थकालीले भाँसिएको सडक मर्मत तथा स्तरोन्नतिका लागि आवश्यक पहल गरिदिन पटक–पटक स्थानीय प्रशासन र गाउँपालिका कार्यालयमा लिखित ध्यानआर्कषण गराउँदासमेत भाँसिएको सडक स्तरोन्नति गर्न पहल नभएको बताए।
मुस्ताङको घरपझोङ–४ जोमसोमका वडाध्यक्ष यमप्रसाद थकालीले जोमसोम सडक स्तरोन्नतिमा निर्माण कम्पनी, आयोजना र स्थानीय प्रशासनले गरेको अल्टिमेटम चैत्र २० गतेसम्म तोकिएको भएपनि निर्माण कम्पनीले उक्त स्थानमाा भासिएको सडक स्तरोन्नति नगरेको बताए। निर्माण कम्पनीले पटकपटक झुक्याउने काम गरेको र स्थानीय प्रशासनले पनि सडक मर्मत तथा स्तरोन्नतिकार्यलाई गम्भिर रूपमा नलिएकाले स्थानीयले सडक अवरुद्ध गरेको बताए।
विसं २०७३/०७४ सालमा ठेक्का सम्झौता भएको कोवाङ–जोमसोम १७ किमी सडकमा निर्माण कम्पनीले ढिलासुस्ती गर्न सम्पन्न हुनसकेको छैन । मार्फा–जोमसोम सडक कालोपत्रे र जोमसोममा भासिएको सडक अविलम्व सुरु गरेर बर्खायामको खोलाको सतह नबढ्दै निर्माण गर्नुपर्नेमा स्थानीयले माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: