Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

कोवाङ–जोमसोम सडक अन्तर्गत घरपझोङमा सडक स्तरोन्नति गर्न माग

खबरडबली संवाददाता

मुस्ताङ । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको कोवाङ–जोमसोम सडक खण्डमा पर्ने घरपझोङ–४ जोमसोमस्थित भासिएको सडक स्तरोन्नति गर्न स्थानीयवासीले माग गरेका छन् । उनीहरुले आज दुई घण्टा सडक अवरोध समेत गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले  तत्काल निर्माण कम्पनीलाई भाँसिएको स्थानमा सडक संरचनाको काम सुरु गर्न लगाउने आश्वासन दिएपछि सडक आगमन खुल्ला गरिएको हो । योसँगै मुक्तिनाथ–कोरला आउजाउ गर्ने सडक गन्तव्यमा प्रस्थान गरेका छन् ।

यसअघि जोमसोममा निर्माणधिन मुख्य सडक भाँसिएको स्थानमा सडकको काम तत्काल सुरु गर्नुपर्ने माग राख्दै  मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित गणेश मन्दिर नजिकै स्थानीयले सडक अवरोध गरेका थिए । उनीहरुले गत वर्ष भाँसिएको करिव १०० मिटर सडक स्तरोन्नति नहुँदा कालिगण्डकी नदीको तटीय बस्ती जोखिममा परेको जनाउँदै  मुक्तिनाथ–कोरला सडकमा केही समय आवत जावतमा अवरोध गरेका थिए ।

जोमसोमकी स्थानीय प्रमिला गुरुङ थकालीले भाँसिएको सडक मर्मत तथा स्तरोन्नतिका लागि आवश्यक पहल गरिदिन पटक–पटक स्थानीय प्रशासन र गाउँपालिका कार्यालयमा लिखित ध्यानआर्कषण गराउँदासमेत भाँसिएको सडक स्तरोन्नति गर्न पहल नभएको बताए।

मुस्ताङको घरपझोङ–४ जोमसोमका वडाध्यक्ष यमप्रसाद थकालीले जोमसोम सडक स्तरोन्नतिमा निर्माण कम्पनी, आयोजना र स्थानीय प्रशासनले गरेको अल्टिमेटम चैत्र २० गतेसम्म तोकिएको भएपनि निर्माण कम्पनीले उक्त स्थानमाा भासिएको सडक स्तरोन्नति नगरेको बताए। निर्माण कम्पनीले पटकपटक झुक्याउने काम गरेको र स्थानीय प्रशासनले पनि सडक मर्मत तथा स्तरोन्नतिकार्यलाई गम्भिर रूपमा नलिएकाले स्थानीयले सडक अवरुद्ध गरेको बताए।

विसं २०७३/०७४ सालमा ठेक्का सम्झौता भएको कोवाङ–जोमसोम १७ किमी सडकमा निर्माण कम्पनीले ढिलासुस्ती गर्न सम्पन्न हुनसकेको छैन । मार्फा–जोमसोम सडक कालोपत्रे र जोमसोममा भासिएको सडक अविलम्व सुरु गरेर बर्खायामको खोलाको सतह नबढ्दै निर्माण गर्नुपर्नेमा स्थानीयले माग गरेका  छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले वृद्धि

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending