Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

उद्योगीबाट बिजुलीको बक्यौता उठाउनुपर्छ भन्ने ऊर्जाराज्यमन्त्री तामाङ पनि बर्खास्त

खबरडबली संवाददाता

काठमाडौं । उद्योगीसँग डेडिकेटेड फिडर र ट्रंकलाइनबापतको आठ अर्ब बक्यौता उठाउन विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई साथ दिएका ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पनि सरकारले बर्खास्त गरेको छ । कुलमानलाई पदमुक्त गरेको एक महिनामा राज्यमन्त्री तामाङलाई पनि बर्खास्त गरेको हो । 

उद्योगीसँग बक्यौता उठाउन पटक–पटक प्रयास गरेका कुलमानलाई प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्काले अवरोध गर्दा राज्यमन्त्री तामाङले सुरुदेखि सार्वजनिक रूपमै आलोचना गर्दै आएका थिए । कुलमानलाई पदमुक्त गर्दा पनि उनले खुलेरै सरकारको विरोध गरेका थिए । सरकारले कुलमानलाई ११ चैतमा पदमुक्त गरेको थियो । त्यसको ३१ दिनपछि बुधबार ऊर्जा राज्यमन्त्री तामाङलाई पनि हटाएको हो । 

बर्खास्तीमा परेका तामाङले राज्यकोषमा जम्मा हुनुपर्ने विद्युत् बक्यौता उठाउन ताकेता गर्दा आफू प्रधानमन्त्रीको तारोमा परेको बताए । ‘बिजुली उपभोग गरेको पैसा उद्योगीबाट उठाउनुपर्छ भनेर निरन्तर लडिरहेको थिएँ, कुलमानको पक्षमा बोलेको थिएँ,’ उनले भने, ‘तर, प्रधानमन्त्रीलाई त्यो कुरा मन परिरहेको थिएन । त्यसैले हटाउनुभयो होला ।’

मन्त्री खड्का र राज्यमन्त्री तामाङ दुवै कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गरेका हुन् । तर, ऊर्जामन्त्री खड्काले मन्त्रीस्तरीय निर्णयबाटै कुलमान हटाउन पटक–पटक स्पष्टीकरण सोध्दा पनि राज्यमन्त्री तामाङले आपत्ति जनाएका थिए । मन्त्रिपरिषद्ले २१ फागुनमा घिसिङलाई स्पष्टीकरण सोध्न ऊर्जा मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेलगत्तै तामाङले संसद् भवनबाहिर उभिएर घिसिङ हटाउने उद्देश्यले स्पष्टीकरण सोधिएको भन्दै प्रतिवाद गरेका थिए ।

मुलुकलाई लोडसेडिङमुक्त गरेका घिसिङलाई कारबाहीको सट्टा पुरस्कृत गर्नुपर्ने धारणा राखेका थिए । बरु, अर्को कार्यकाल पनि प्राधिकरण हाँक्न दिनुपर्ने आवाज उठाएका थिए । त्यस्तै, ऊर्जामन्त्री खड्काले कार्यसम्पादन मूल्यांकनमा कुलमानलाई शून्य अंक दिँदासमेत राज्यमन्त्री तामाङले अस्वीकार गरेका थिए । प्राधिकरणलाई नाफामा लगेकै वर्ष नेतृत्वलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिनु हाँस्यास्पद भएको भन्दै काम गर्ने कर्मचारीको खेदो खन्न नहुने बताएका थिए । 

मन्त्रिपरिषद्मा कुलमानलाई हटाउने प्रस्ताव लैजानुअघि पनि राज्यमन्त्री तामाङले ऊर्जामन्त्री खड्कालाई सम्झाउने प्रयास गरेका थिए । उनले सरकार र कांग्रेसकै छविमा समेत असर पर्ने गरी निर्णय नलिन आग्रह गर्दै कुलमानलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने र बक्यौता उठाउन पनि सघाउनुपर्ने बताएका थिए । तर, मन्त्री खड्काले त्यति वेला घिसिङलाई हटाउने विषय प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको हातमा पुगिसकेको भन्दै आफूले केही गर्न नसक्ने जवाफ तामाङलाई दिएका थिए ।

अहिले तामाङ आफैँ बर्खास्तीमा पर्दा पार्टीबाट पनि कुनै जानकारी नआएको बताउँछन् । ‘कांग्रेसको सभापति नै अहिले केपी ओलीले चलाएको छ त ! नभए त मेरो पार्टीले मलाई सोध्नुपर्थ्यो नि, सोध्नु पर्दैन र ? ओलीले त मलाई मन्त्री बनाएको होइन, मेरै पार्टीले बनाएको हो । हटाउनुअघि मलाई पार्टीले सोध्नुपर्थ्यो नि,’ तामाङले भने ।

तामाङको बर्खास्तीको कारणबारे कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नै अनविज्ञता जनाए । ‘ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ हाम्रै पार्टीबाट मन्त्रिपरिषद्मा हुनुहुन्थ्यो । के कारण हटाइयो थाहा छैैन । आन्तरिक रूपमा केही कारण पर्‍यो कि, सल्लाह गरियो कि गरिएन केही थाहा छैन’, उनले भने, ‘थाहै नभएको विषयमा प्रतिक्रिया जनाउनु उचित छैन ।’ 

सरकारले भने मन्त्रिपरिषद् पुनर्गठन गरेको जनाएको छ । शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीले साथ नदिएपछि सोमबार शिक्षामन्त्रीबाट एमालेकै विद्या भट्टराईले राजीनामा दिएकी थिइन् । उनको सट्टा शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending