Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

ओखलढुङ्गाको जन्तरखानी ठडेमामा नौ वर्षपछि प्रहरी पोष्टको आफ्नै भवन

खबरडबली संवाददाता

ओखलढुङ्गा। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-६ को जन्तरखानी ठडेमा स्थापना भएको प्रहरी पोष्टको नौ वर्षपछि आफ्नै भवन बनेको छ । २०७३ साल देखि प्रहरी पोष्ट स्थानीयको निजि घरबाट सञ्चालन भइरहेको थियो । 

सिद्धिचरण नगरपालिकाले १३ लाख ५० हजार बजेट विनियोजन गरेपछि प्रहरी पोष्टको आफ्नै भवन निर्माणका गरिएको हो । नगर प्रमुख तेजेन्द्र खनालको प्रमुख आतिथ्यतामा उक्त भवनको उद्घाटन गरिएको छ । 

प्रहरीको आफ्नै कार्यालय भवन भएपछि सेवा प्रवाह र व्यवस्थापनमा सहज हुने आशा गरिएको प्रमुख खनालले बताए। अहोरात्र नागरिकको सेवामा खटिने प्रहरीलाई नव निर्मित भवनले धेरै सहज हुने प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए । 

सेवा प्रवाहसँगै प्रहरी जनशक्तिलाई समेत कार्य सम्पादन गर्न सहजता थपिएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी एवम् नायब उपरीक्षक कृष्ण खड्काले बताए। नौ वर्षअघि स्थानीय सुरक्षालाई ध्यानमा राखेर पोष्ट स्थापना गरिएको थियो । जग्गा व्यवस्थापन गरेर ढुङगा माटोको गाह्रो, जस्ताको छानो भएको एक तले चार कोठे भवन निर्माण गरिएको छ । 

भवनमा कार्यालय, ब्यारेक, शौचालय लगायतका आवश्यक संरचना निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

देउवा समूहको बैठक चुणदेवीमा, पार्टीभित्रको विवाद समाधानमा केन्द्रित छलफल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) को बैठक काठमाडौंको चुणदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ। पूर्व कार्यवाहक स...

प्रधानमन्त्रीको सुनको छानबिन गर्न माग, आफ्नै नामबाट सुरु गर्न आङदेम्बेको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पत्तिबारे उठेका प्रश्न...

सरकारले संविधान संशोधनका लागि गठन गरेका कार्यदलहरू अपरिपक्व: आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय संरचनामाथि ...

सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएको छन्। सोमबार बसेक...

कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ - रास्वपा सांसद

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending