Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

खेलकुद विकास समिति १४ महिनादेखि प्रमुख र कर्मचारीविहीन

खबरडबली संवाददाता

रेसुङ्गा। खेलकुदप्रति धेरैको आशा छ । नेपालमा पनि खेल क्षेत्रमा थुप्रै संभावना छन् । तर राज्यबाटै खेलकुदको विकासमा उर्जा छैन । पछिल्लो उदाहरण हो, जिल्ला खेलकुद विकास समिति गुल्मी । जहाँ कार्यालय प्रमुखविहीन भएका एक वर्षभन्दा बढि भयो । समितिको तथ्याङ्क अनुसार २०५३ सालदेखि कार्यालय प्रमुखहरु आएका देखिन्छन् । २०७५ सालबाट कार्यालय प्रमुखको रुपमा रहेका डिल्ली विक २०८० माघमा सरुवा भए। अहिले विकास समितिमा कर्मचारीमा रुपमा विकास समितिले नियुक्त गरेका कार्यालय सहयोगी मात्रै छन् । गत वर्षपछि कार्यालय प्रमुख विक सरुवा भएपछि जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड चल्यो ।

खेलकुद विकास समितिका पदाधिकारीलेनै सहभागीहरु र अतिथीलाई पत्र काट्ने र दर्ता चलानीसम्मको काम गरे। खेलकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले समितिले मात्रै कार्यालयका कार्यसम्पादन गर्न नसक्ने भएकाले खेलकुदको बेला एक महिना अस्थायी कर्मचारी राखेर खेलको व्यावस्थापन गर्ने अवस्था आएको बताए । खेलकुद विकास समितिमा अहिलेसम्म लेखा अधिकृत, कम्प्युटर अपरेटर र प्रशिक्षकहरु एक जना पनि कार्यालयमा छैनन् । समग्र जिल्लाको खेलकुद विकासको क्षेत्रमा काम गर्ने विकास समिति वर्षौसम्म समय एक्लो कार्यालय प्रमुखको भरमा रहेपनि जनशक्तिको व्यावस्थापन हुन सकेन् । कार्यालय प्रमुखले लेखाको कामसँगै पत्र लेख्ने, दर्ता चलानी गर्ने र पत्र पुराउने समेतको काम गर्नुपर्ने बाध्यता थियो ।

आफुहरुले काम चलाउ रुपमा कार्यालय सहयोगीलाई तलब खुवाउने बाहेक करिव एक वर्षदेखि आर्थिक तथा प्रशासनिक कुनै काम गर्न नसकिएको अध्यक्ष महाकिमले बताए । कार्यालय प्रमुख र प्रशिक्षकका विषयमा राष्ट्रिय खेलकुद परिषदमा जानकारी गराए पनि कुनै टुङ्गो नभएको महाकिमले बताए । जिल्ला खेलकुद विकास समितिमा कर्मचारी मात्रै नभएर कुनै पनि खेलका सरकारी प्रशिक्षक छैनन् ।

महाकिमका अनुसार तेक्वान्दो, कराँते, भलिवल, एथ्लेटिक्स, बक्सिङ्ग, उस्सु लगायतका प्रशिक्षक हुनुपर्ने भए पनि स्वयसेवकहरुले प्रशिक्षण दिइरहेका छन् । खेलकुद विकास समिति सरकार परिवर्तनसँगै फेरिने समस्या छ । अहिले पनि आफुहरुको कार्यकाल छँदै हटाइएको भए पनि अदालतका कारण पर्खेर बसिरहेको महाकिमले बताए । उनले अहिले बजेट नभएका कारण जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता पनि नभएको बताए।  जिल्लामा खेलकुद क्षेत्रको विकास र समृद्धिमा काम गर्ने प्रमुख संस्थानै जनशक्ति र प्रशिक्षकविहीन  हुँदा खेलाडीहरुमा निराशा छाएको जिल्ला भलिवल संघ गुल्मीका महासचिव नारायण आचार्यले बताए। 

वर्षेनी हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीतामा जिल्लाभरका सयौं खेलाडी सदरमुकाम तम्घासमा प्रतिस्पर्धा गर्थे । तर यो वर्ष बजेट अभावका कारण देखाउँदै जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड भएन् । जसले सयौं खेलाडीहरुको एउटा प्रतिस्प्रर्धाको माध्यम बन्द भएको छ । धेरै पटक जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड बिजेता मुसिकोट नगरपालिकाले जितेको छ । पालिकाले आफ्नै स्रोतबाट समयमै पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड गरेर जिल्लाको प्रतिक्षामा थियो । तर अन्तत: जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता नहुने खबरले निकै दु:ख लागेको मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप क्षेत्रीले बताउनुभयो । ‘‘कैयौं खेलाडीहरु खेलका लागि उत्सुक र प्रतिस्पर्धाका लागि तयार थिए । देशको पहिचान दिने खेल बजेटका कारण रोकिनु बिडम्बना हो,’’ उनले भने, ‘‘खेलाडी निराशा बनाउने अवस्था आउनु हुँदैन् ।’’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

देउवा समूहको बैठक चुणदेवीमा, पार्टीभित्रको विवाद समाधानमा केन्द्रित छलफल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) को बैठक काठमाडौंको चुणदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ। पूर्व कार्यवाहक स...

प्रधानमन्त्रीको सुनको छानबिन गर्न माग, आफ्नै नामबाट सुरु गर्न आङदेम्बेको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पत्तिबारे उठेका प्रश्न...

सरकारले संविधान संशोधनका लागि गठन गरेका कार्यदलहरू अपरिपक्व: आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय संरचनामाथि ...

सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएको छन्। सोमबार बसेक...

कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ - रास्वपा सांसद

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending