काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई तुरुन्त वार्तामा आएर सहमति गर्न आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एमालेनिकट प्राध्यापक सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वार्तामा आएर आफ्नो काममा फर्कन निर्देशन दिएका हुन् ।
उनले शिक्षकहरूलाई विद्यालय फर्किएर नयाँ भर्ना लिएर अगाडि बढ्न सुझावसमेत दिएका छन्। 'उहाँहरू किन सडकमा आइरहनुपर्यो रु अब आइसक्नुभयो, कुराकानी अविलम्ब गर्नुस्, कुरा टुङ्ग्याएर फर्किनुस्, बालबालिकाका नयाँ भर्ना लिनुस् र अगाडि बढ्नुस्। मेरोचाहिँ आग्रह छ। मैले धेरै कुरा भनिनँ,' उनले भने। 'आन्दोलन गरेर उहाँहरूलाई पनि कुनै लाभ छैन। विद्यार्थीलाई घाटा छ। मेरो आग्रह छ, सरकार उहाँहरूको मागप्रति नकारात्मक हुने अवस्था छैन। तुरुन्त वार्तामा आएर सहमति गर्नुस् र फर्किनुस्। औपचारिक वार्ता नै गर्नुहुन्न भने त त्यो अनौठो नै भयो। आन्दोलन गर्ने तर, वार्ता नगर्ने भन्ने हुन्न। वार्तामा आउनुस्, फर्किएर काममा जानुस्,' उनले भनेका छन्।
उनले शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नै नभएको बताए। 'उता ५२ प्रतिशत बालबालिकाहरू फेल भएका छन्। ५२ प्रतिशत फेल गराउने भनेर कतिपय शिक्षक साथीहरूले चित्त दुखाएका छन् भन्ने सुनेँ। तर, फेल भएका छन् नि त। उपयुक्त समयमा पेपर काटेर रिजल्ट आउट गर्नुपर्छ। पूरक परीक्षा दिने सिस्टम सुरु भएको छ। त्यसको तयारी गर्नुपर्यो। अब तपाईंहरू फर्किनुस्,' उनले भने।
'अहिले प्रतिगामी शक्तिहरू सलबलाएका बेलामा अराजकता फैलाएको बेला किन आन्दोलन किन गर्ने ? प्रतिगामीहरू उपद्रव मच्चाइरहेका छन्, यो प्रतिगामी उपद्रव हो। जसको सामना गरिनेछ। संविधानसम्मत ढङ्गले सामना गरिनेछ। आवश्यकताअनुसार यसलाई सामना गरिनेछ। त्यसमा बल पुग्नेगरी अहिलेको परिस्थितिमा किन आन्दोलन गर्ने ? संविधान विपरीतका कुराहरूलाई सरकारले नियन्त्रण गर्छ। कानूनविपरीतका कुराहरूलाई सरकारले नियन्त्रण गर्छ। कानूनसम्मतका कुराहरूलाई सरकार सम्मान गर्छ,' उनले भनेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: