Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

तराईमा दिनभर तनाव : मोरङ, सिराहा र रौतहटमा गोली चल्यो

काठमाडौं । संविधान जारी भएको भोलिपल्टै तराई मधेसका जिल्ला थप अशान्त बनेका छन् । मोरङको विराटनगर, सिराहाको लहान, बाराको कलैयामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा दिनभर तनावग्रस्त भए ।

नयाँ संविधानले आफूहरुका माग सम्वोधन नगरेको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताहरुले विराटनगरको हनुमाननगरमा गरेको प्रदर्शनमा प्रहरीले हवाइ फायर गर्दा घरको छतमा बसीरहेका एकैघरका दाजु–बहिनीसहित तीनजना गोली लागेर घाइते भएका छन् ।

गोली लागेर स्थानीय २२ वर्षीया रिंकी केशरी, उनका दाजु २४ वर्षीय विशाल केशरी, १४ वर्षीय अजय सहनी घाइते भएका छन् । उनीहरुको गोल्डेन अस्पतालमा उपचार भैरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रमोद खरेलले हवाइ फायर गर्दा छतमा बसीरहेकालाई गोली लागेको स्वीकार गरे ।

रौतहटमा गोली लागेर ६ घाइते

\"gaur-ma-tanab\"

रौतहटको गरुडा बजारमा संविधान जलाउन खोज्ने प्रदर्शनकारी माथि प्रहरीले चलाएको रबरको गोली लागेर ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा गरुडा–४ का अरविन्द राय यादव, सिकित राय, अशोक साह, इन्द्रदेव पण्डित लगायत छन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । उनीहरुका मुख, खुट्टा र शरीरका विभिन्न भागमा गोली लागेको छ ।

स्थानीय प्रशासनले घोषणा गरेको दंगाग्रस्त क्षेत्रमा संविधान जलाउँदै जलुस प्रदर्शन गरेको र प्रहरीमाथि ढुंगामुढा गरेकाले बल प्रयोग गर्नुपरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन र आत्मरक्षाका लागि प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको प्रहरी निरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । उनका अनुसार झडपमा तीन प्रहरी घाइते भएका छन् ।

गरुडामा अनिश्चितकालीन कर्फ्यू

गरुडामा तनाव कम नभएपछि गरुडा क्षेत्रमा कर्फ्यू समेत लगाइएको छ । गरुडा चोकदेखि पूर्वमा पाँच सय मिटरसम्म, पश्चिममा झाँझ खोला, उत्तरमा प्रहरी स्कुल र दक्षिणमा झाँझपुलसम्म साँझ पाँच बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

मलंगवा पनि अशान्त, गोली लागेर एक गम्भीर

एक महिनादेखि जारी मधेस आन्दोलनमा शान्त रहेको सर्लाहीको मलंगवा सोमबार एकाएक अशान्त बन्यो । संविधान जलाउन भेला भएका प्रदर्शनकारीले मलंगवा १० जिविस चोकस्थित एमाले सांसद कमलादेवी महतोको घर आगजनी गरेका थिए । सशस्त्र प्रहरीले आगो निभाउन दमकल ल्याउन खोज्दा प्रदर्शनकारीले रोकेपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो ।

गोली लागेर फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर रायका छोरा विक्रम राय घाइते भएका छन् । घाँटीमा गोली लागेका उनलाई हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । रायसँगै झडपमा घाइते भएका रुपेश पासवानलाई समेत उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिए ।

बारामा सांसदका घर र सरकारी कार्यालय आगजनी

बाराको कलैयामा मोर्चाका कार्यकर्ताहरुले कांग्रेसका सांसद्वय राधेचन्द्र यादव र लालबाबु सिंहको घरमा तोडफोड गर्दै आगजनी गरेका छन् । कलैयामै कांग्रेस सभासद फरमुल्लाह मन्सुरको घरमा समेत तोडफोडको प्रयास भएको थियो ।

कलैयामा रहेका मालपोत, नापी, भूमिसुधार सहितका बिभिन्न सरकारी कार्यालयमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् । उनीहरुले कलैया–५ पन्नाबागस्थित नेकपा एमालेको जिल्ला कार्यालय र कलैया–६ मोतिबाग पानीटंकीमा रहेको नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय जलाउने प्रयास गरेपछि प्रहरीले रोकेको थियो ।

कलैयाको भरत चोक, पन्नावाग, मोतिवाग, मछरहटा चोक लगायतका ठाउँमा प्रहरी र आन्दोलनकारी बीच दोहोरो झडप भएपछि दिनभर स्थिति तनावग्रस्त बन्यो । झडपमा दर्जनौं घाइते भएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा तराई मधेसमा ३७ दिनदेखि बन्द जारी रहँदा जनजीबन कष्टकर बनेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE