Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

अमेरिकासँग व्यापार सम्झौता गरे परिणाम भोग्नुपर्ने चीनको चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । चीनको वाणिज्य मन्त्रालयले अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरूलाई परिणामका लागि तयार रहन भन्दै कडा चेतावनी दिएको छ। मन्त्रालयका अनुसार यदि कुनै देशले चीनलाई हानी पुर्‍याउने गरी अमेरिकासँग व्यापार सम्झौता गरेमा चीनले कडा प्रतिशोधात्मक कारबाही गर्नेछ।

चीनको वाणिज्य मन्त्रालयले तुष्टिकरणको नीतिले शान्ति नआउने र अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न अन्य देशहरूसँग सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ताले भने, ‘चीन आफ्नो हित र अधिकारको रक्षा गर्न कुनै पनि कदम चाल्न पछि हट्ने छैन। यदि कुनै सम्झौताले हामीलाई नोक्सान पुर्‍याउँछ भने त्यसको जवाफ उत्तिकै कडा हुनेछ।’

यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा उच्च कर शुल्क लगाउने घोषणाबीच आएको हो। अमेरिकाले अन्य देशहरूलाई ट्यारिफ छुटको प्रलोभन देखाएर चीनसँगको व्यापार सम्बन्ध सीमित गर्न दबाब दिइरहेको समाचार आइरहेको बेला चीनले यस्तो चेतावनी दिएको हो। चीनले अमेरिका कर शुल्क लगाउने नीतिलाई ‘आर्थिक दबाब’ को संज्ञा दिँदै यस्ता कदमले वैश्विक व्यापार प्रणालीमा अस्थिरता निम्त्याउने चेतावनी दिँदै आएको छ। मन्त्रालयले थपेको छ, ‘हामी सबै देशको अधिकारको सम्मान गर्छौं, तर हाम्रो हितमाथि आघात पुर्‍याउने कुनै पनि सम्झौता स्वीकार्य हुनेछैन।’

यसैबीच अमेरिकाले चिनियाँ सामानमा २४५ प्रतिशतसम्म कर शुल्क लगाएको छ। जवाफमा चीनले पनि अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशतसम्म कर वृद्धि गरेको छ। यो व्यापार युद्धले चीन र अमेरिकालाई मात्र नभई अन्य देशहरूको अर्थतन्त्रमा पनि गम्भीर असर पारिरहेको छ। चीनले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा अमेरिकाविरुद्ध उजुरी दर्ता गर्ने बताउँदै आएको छ। बेइजिङले आफ्नो हित रक्षा गर्न थप कदम चाल्ने संकेत गरेको छ। यता, ट्रम्पले भने व्यापार सम्झौताको बल अब चीनको कोर्टमा रहेको भन्दै वार्ताको लागि बेइजिङलाई दबाब दिएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रममन्त्रीबाट बर्खास्त भएपछि पत्नीको प्रतिक्रिया: अब यो देशमा सुशासन कसले ड्राइभ गर्ने हो?

काठमाडौं । श्रममन्त्री पदबाट बर्खास्त भएका दिपक साहकी पत्नी जुनु श्रेष्ठले सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी छन् । उनले आफ्ना श्रीमानमाथि अन्याय भएको ...

जनताको सन्तुष्टिलाई ध्यान दिएर सेवा प्रवाह गर्न सभामुख अर्यालको आग्रह

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएको छन् । नेपाल नगरपालिका स...

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध करिब आठ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ। पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनु...

५० उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले अन्तर–मन्त्रालय सर...

सैनिक आचरण भित्र रहन नवआयुक्त अधिकृतलाई प्रधानमन्त्री शाहको निर्देशन

भक्तपुर। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेको छ...

पेट्रोलियम पदार्थ प्रयोगमा मितव्ययिता अपनाउन प्रशासनको आग्रह

हेटौँडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ । बिहीबार जारी गरिएको सूचनामा प्रशासनले अत...

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

काठमाडौं । शैक्षिक सत्र–२०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने भएको छ । सरकारले सोही मितिबाट शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेपछि...

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचा...

मूल्य चापबिच मल अनुदान बढाउँदै भारत

नयाँदिल्ली। मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीव्र रूपमा बढेपछि भारतले आफ्नो कृषि क्षेत्रलाई जोगाउन मलमा दिइने अनुदान उल्लेखनी...

राप्रपाले उपसभामुखमा उम्मेदवारी दर्ता गर्‍यो, रास्वपासँग सहमति भएको ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीले उपसभामुखको उम्मेदवारी रास्वपा ९राष्ट्रिय स्वतन्त्र पार्टी०सँगको सहमतिमै दर्ता गर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending