काठमाडौं । चीनको वाणिज्य मन्त्रालयले अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरूलाई परिणामका लागि तयार रहन भन्दै कडा चेतावनी दिएको छ। मन्त्रालयका अनुसार यदि कुनै देशले चीनलाई हानी पुर्याउने गरी अमेरिकासँग व्यापार सम्झौता गरेमा चीनले कडा प्रतिशोधात्मक कारबाही गर्नेछ।
चीनको वाणिज्य मन्त्रालयले तुष्टिकरणको नीतिले शान्ति नआउने र अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न अन्य देशहरूसँग सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ताले भने, ‘चीन आफ्नो हित र अधिकारको रक्षा गर्न कुनै पनि कदम चाल्न पछि हट्ने छैन। यदि कुनै सम्झौताले हामीलाई नोक्सान पुर्याउँछ भने त्यसको जवाफ उत्तिकै कडा हुनेछ।’
यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा उच्च कर शुल्क लगाउने घोषणाबीच आएको हो। अमेरिकाले अन्य देशहरूलाई ट्यारिफ छुटको प्रलोभन देखाएर चीनसँगको व्यापार सम्बन्ध सीमित गर्न दबाब दिइरहेको समाचार आइरहेको बेला चीनले यस्तो चेतावनी दिएको हो। चीनले अमेरिका कर शुल्क लगाउने नीतिलाई ‘आर्थिक दबाब’ को संज्ञा दिँदै यस्ता कदमले वैश्विक व्यापार प्रणालीमा अस्थिरता निम्त्याउने चेतावनी दिँदै आएको छ। मन्त्रालयले थपेको छ, ‘हामी सबै देशको अधिकारको सम्मान गर्छौं, तर हाम्रो हितमाथि आघात पुर्याउने कुनै पनि सम्झौता स्वीकार्य हुनेछैन।’
यसैबीच अमेरिकाले चिनियाँ सामानमा २४५ प्रतिशतसम्म कर शुल्क लगाएको छ। जवाफमा चीनले पनि अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशतसम्म कर वृद्धि गरेको छ। यो व्यापार युद्धले चीन र अमेरिकालाई मात्र नभई अन्य देशहरूको अर्थतन्त्रमा पनि गम्भीर असर पारिरहेको छ। चीनले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा अमेरिकाविरुद्ध उजुरी दर्ता गर्ने बताउँदै आएको छ। बेइजिङले आफ्नो हित रक्षा गर्न थप कदम चाल्ने संकेत गरेको छ। यता, ट्रम्पले भने व्यापार सम्झौताको बल अब चीनको कोर्टमा रहेको भन्दै वार्ताको लागि बेइजिङलाई दबाब दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: