Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

टुँडिखेलको स्वागत कार्यक्रममा गएनन् भट्टराई, नारायणकाजी गए तर मन्चमा गएनन्

\"baburam3\"काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराई सरकारले सोमबार आयोजना गरेको नयाँ संविधानको स्वागत कार्यक्रममा अनुपस्थित भएर आफ्नो असन्तुष्टी प्रकट गरेका छन् ।

मधेशी लगायतका मुद्धाहरुलाई नसमेटि संविधान जारी गर्न नहुने अडानमा रहेका भट्टराई संविधान निर्माण प्रक्रियामा हतारो गरिएको भन्दै असन्तुष्ट थिए ।

एमाओवादी अध्यक्ष प्रचण्डले संविधान जसरी पनि जारी गर्ने अडान लिएर संविधान घोषणाको उपलक्ष्यमा दिपावली गर्न पार्टीपक्तिलाई आग्रह गरेपनि भट्टराईले भने आधा खुशि आधा दुखी भएको अभिव्याक्ति दिएका थिए । दिपावली कार्यक्रम गर्न नहुने पक्षमा रहेका भट्टराईको मतसँग अर्का नेता नारायणकाजी श्रेष्ठसमेत सहमत भएको बताइन्छ ।

श्रेष्ठ पनि स्वागत समारोहको मन्चमा नबसि दर्शक दिर्घामा गएर बसेको कुरा उनैले आज एक सामाजिक संजालमार्फत बताएका छन् । किन जानुभएन ? भन्ने खबरडबलीको प्रश्नमा उनले आफु गएको बताए । श्रेष्ठ पनि मधेशका माग सम्बोधन हुनुपर्ने अडानमा छन् ।

पछिल्लोपटक मधेश तथा थारु लगायतका मागहरुका बारेमा एमाओवादीमा तिव्र मत विभाजन भइरहेको छ । एमाओवादी अध्यक्ष प्रचण्ड संविधान निर्माण गर्न नदिने तत्वले जनता देखाउँदै संविधान निर्माण गर्न नदिने खेल खेलिरहेकोले प्राप्त भएका उपलब्धीलाई संविधान निर्माणमार्फत संस्थागत गरेर मधेसी र थारु लगायतका जनताका मागलाई पुन: संघर्षमार्फत हासिल गर्नुपर्ने पक्षमा थिए भने भट्टराई र श्रेष्ठ संविधान निर्माण प्रक्रिया केही समय रोकेर आन्दोलनरत पक्षलाई समेट्नुपर्ने अडानमा थिए ।

तर भट्टराईको सचिवालयले भने विरामी परेको कारण कार्यक्रममा उपस्थित हुन नसकेको बताएको छ । तर अर्को खबर अनुसार सोमबार दिनभर भट्टराईले पार्टीभित्रका आफ्नो विचार समुहका नेताहरुसँग छलफल गरेका थिए ।

असन्तुष्ट भट्टराईले आइतबार एक अनलाइनमा आफ्ना बिचार प्रस्तुत गर्दै उनले उठाउँदै आएको नयाँशक्ति निर्माणमा लाग्ने बताएपछि एमाओवादी पुन: फुट्ने दिशामा गएको आँकलन काट्न थालिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE