Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

गुल्मीमा बिद्युत् सर्टबाट आगलागीका घटना बढ्दै

खबरडबली संवाददाता

रेसुङ्गा। गुल्मीमा बिद्युत् सर्ट भएर आगलागी हुने घटना बढ्दै गएका छन् । भर्खरै नयाँ वर्षको दिन इस्मा गाउँपालिका–१ का दान बहादुर सारूको घर बिद्युत् सर्ट भएर आगलागी हुँदा क्षणभरमै ध्वस्त बन्यो । शरीरका लुगा बाहेक सबै गुमाएका सारू परिवार बिचल्लीमा परेको छ । त्यस्तै इस्मा गाउँपालिका–२ की विमला दर्जीको घर पनि गत चैत २६ गते बिद्युत् सर्ट भएर आगलागी हुँदा आँखै अगाडी खरानी बन्यो । 

आगोले साढे दुई तोलाको सुनको सिक्री र नगद तिस हजारसहित लत्ता कपडा, अन्नपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गत चैत २६ गते बिद्युत् सर्ट भएकै कारण आगलागी हुँदा मालिका गाउँपालिका–६ अर्जेका डिल्लीराज अर्यालको गोठसहितको कुखुरा फर्ममा आगलागी हुँदा सात सय कुखुरा मरेका थिए । परदेशबाट फर्किएर कुखुरा पालन गरेको डिल्लीराजका छोरा कमलले सात सय कुखुरा नष्ट भएपछि व्यावसायिक सपना खरानी बनेको बताए। 

यो आर्थिक वर्षमा मात्रै बिद्युत् सर्ट भएर तीन घर र दुई गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले सबैभन्दा पहिला आगलागी हुनै नदिन व्यक्ति स्वयम सचेत रहन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गङ्गा बहादुर सारूले बिद्युत् सर्ट भएर पनि आगलागी भएकाले समयमै विद्युतीय तार र उपकरणको मर्मत गर्न सुझाव दिए । उनले आगलागी भए तत्काल नियन्त्रण वा उद्धारको काम गर्न प्रहरीसहित स्थानीय स्तरमा विपद् उद्धार समूह वा टोली आवश्यक रहेको बताए। 

गत चैत महिनामा मात्रै बिद्युत् सर्टसहित आगलागीका ४० घटना भएका छन् । नजिकैको जङ्गलको आगो बस्ती पसेपछि इस्मा गाउँपालिका–१ हस्तिचौरकी ५० बर्षीया कमला कुवंरको घर नष्ट भयो । श्रीमान् खुम बहादुर कुवंरको मृत्यु भएको धेरै भएको थिएनन् । छ महिना नपुग्दै आगलागीले घर सकियो । घर नजिकैको जङ्गलमा आगो लागेको थियो । घर गोठसम्मै आउला भन्ने कुवंरलाई थिएन । तर, हावाले खरबारी हुँदै घर गोठसम्म आगो आइपुग्यो । कमलाले हारगुहार गर्दागर्दै आँखै अगाडी घर गोठ, दुई भैँसी, चार बाख्रा, कुखुरा, खाद्यान्न, लत्ताकपडा र नगद र गरगहनासहित सबै सम्पत्ति आँखै अगाडी खरानी बने । कुवंर परिवारसँग खाने, लगाउने, ओढ्ने ओछ्याउने केही पनि छैनन् । ‘शरीरका कपडा बाहेक खाने र लगाउने केही रहेन । दैवले असोजमा श्रीमानलाई लग्यो अहिले घर गोठ,’उनले भने,‘पीडा सहन नै मुस्किल परेको छ ।’ 

आगलागीले घरधनी कुवंर र छोरी बसन्तीसहित संरक्षणमा रहेका दुई बालिकाको बिचल्ली गरायो । संरक्षणमा रहेका लक्ष्मी पाण्डेयले कालिका निमाविको कक्षा ८ र राधिका पाण्डेयले कक्षा २ मा पढ्थे । वार्षिक परीक्षा चलिरहेको बेला सबै किताव कापी र पोसाकहरू आगोमा खरानी बने । बसन्ती कालिका निमाविको शिक्षिका छन्। घरमा ल्याएका विद्यार्थीका उत्तरपुस्तिक सहितका व्यक्तिगत तथा शैक्षिक सामग्री जलेर नष्ट भएका थिए । 

चैत महिनामा मात्रै गुल्मीमा हुरिबतास र आगलागी ८९ घटना भएका छन् । हुरिबतासका ४९ र आगलागीका ४० घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । भने आगलागीमा परेर १३ पशुचौपायको मृत्यु र पाँच घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीका कारण तीन घर र १५ गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट मात्रै ४९ लाख ३५ हजार बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गङ्गा बहादुर सारूले जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युवराज सफल पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति, गालीगलौज र बेइज्जती गरेको आरोपमा प्रहरीले युवराज सफललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौ...

सर्लाहीमा मत माग्न मात्र होइन, दीर्घकालीन सम्बन्ध गाँस्न आएको हुँ: गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका जनतासँग केवल चुनावी मत माग्न नभई दीर्घकालीन सम्बन्ध गाँस्न आएको बताएका छन्। सर्लाही क्षेत...

वामदेव गौतमको दाबी– आगामी निर्वाचनमा नेकपाले बहुमत ल्याउँछ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन्। मंगलबार काठमाडौ...

टेरामक्स खरिद प्रकरण : बस्नेतसहित १६ विरुद्धको मुद्दामा सुनुवाइ सकियो

काठमाडौँ । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सकिएको छ। मं...

कांग्रेसले भन्यो - निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुन्छ

काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा पुरानै पार्टीहरूबीच नै प्रतिस्पर्धा हुने बताएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आय...

कांग्रेसले उम्मेदवार टुङ्ग्यायो: १६५ निर्वाचन क्षेत्रमध्य कांग्रेसको १०६ जना नयाँ अनुहार मैदानमा

काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको जनाएको छ। यसपटक १०६ जना नयाँ उम्...

सरकार गठन र प्रतिनिधिसभा विघटनप्रति सर्वोच्च अदालत मौन रह्यो: कांग्रेस सांसद

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालत मौन रहेकोमा आलोचना गरेका छन्।...

बालेनलाई प्रमोट गर्न देशी-विदेशी शक्तिहरूले ठुलो लगानी छ: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गर्न देशी तथा विदेशी शक...

नेप्से परिसूचक ४२ अंकले घट्यो, कारोबार भने उत्साहजनक

काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा ओर्लिएको छ। बजार ओरालो लाग्दा पनि दिनभरि ३३३ कम्पनीका से...

मङ्गोलियामा अत्यधिक चिसोका कारण १३ जनाको मृत्यु

मङ्गोलिया। मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending