Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नेपालको एएफसी यु–१६ च्याम्पियनसीप खेल्ने सपना पुरा

\"afcकाठमाडौं  । आगामी वर्ष भारतमा हुने एएफसी १६ वर्षमुनि उमेर समूहको ९यु–१६० च्याम्पियनसीप खेल्ने नेपाली युवा टोलीको सपना पूरा भएको छ । आइतबार राति किर्गिस्तानमा भएको यु–१६ च्याम्पियनसीप छनोट फुटबल प्रतियोगितामा आयोजक किर्गिस्तानले प्रतियोगिताकै बलियो मानिएको टोली जोर्डनलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेपछि नेपालको एएफसी च्याम्पियनसीप खेल्ने सपना पूरा भएको हो । तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । किर्गिस्तानस्थित डोलोन ओमनुजाकोभ रङ्गशालामा भएको पहिलो खेलमा नेपालले जोर्डनलाई २–१ गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा घरेलु टोली किर्गिस्तानलाई ४–२ ले गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, समूह चरणको अन्तिम खेलमा भने नेपाल ओमनसँग १–३ गोलअन्तरले हार्न पुग्यो । एएफसी  यु–१६ च्याम्पियनसीपका लागि ओमन भने छनोट भएको छ । प्रतियोगितामा तीन खेल खेलेको ओमन दुई खेलमा जित तथा एक खेलमा हार बेहोर्दै ६ अङ्कका साथ समूह बी बाट छनोट भएको हो । त्यस्तै, समान ६ अङ्क नै जोडेको नेपाल भने हेड टु हेडका आधारमा पछि पर्दै समूहको उपविजेताको रुपमा छनोट भएको हो । प्रत्येक समूहको उपविजेतामध्येबाट शीर्ष चारभित्र पर्ने टोलीमात्र उक्त प्रतियोगितामा छनोट हुने प्रावधान छ । यसपटक एसियाली फुटबल महासङ्घले आफ्नो सदस्य राष्ट्रका ४५ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । छनोट प्रतियोगितामा ११ समूहका विजेता टोली, उपविजेतामध्ये शीर्ष चार स्थान हासिल गर्ने टोली र आयोजक भारत गरी १६ टोलीले आगामी वर्ष भारतमा हुने एएफसी च्याम्पियनसीपमा खेल्न पाउनेछन् । अघिल्लो वर्ष थाइल्यान्डमा भएको एएफसी यु–१६ च्यम्पियनसीप छनोटमा भने नेपाल असफल भएको थियो । त्यतिबेला नेपालले कुवेतलाई मात्र पराजित गरेको थियो भने उज्वेकिस्तान र उत्तर कोरियासँग हार बेहोर्दै घर फर्किन बाध्य बनेको थियो । त्यस्तै, प्रतियोगिताको समूह एबाट उज्वेकिस्तान, समूह सीबाट इराक, समूह डीबाट साउदी अरब, ईबाट इरान, एफबाट कुवेत, जीबाट मलेसिया, एचबाट उत्तर कोरिया, आईबाट दक्षिण कोरिया, जेबाट अस्ट्रेलिया र समूह केबाट जापान समूहको विजेता बन्दै छनोट भएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending