काठमाडौं । चीनको चहच्याङ प्रान्तको इयु शहरबाट नटस्टप रेलमार्ग र सडकमार्ग हुँदै नेपालमा पहिलोपटक सामान भित्रिएको छ।इयुबाट झण्डै २५ सय किलोमिटर रेलमार्फत् सामान चीनको शिगात्से ल्याइएको थियो।
त्यहाँबाट पाँच सय किलोमिटर सडकमार्ग हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका पार गरी शुक्रबार काठमाडौंस्थित चोभारको सुख्खा बन्दरगाहमा तीन कन्टेनर सामान आइपुगेका हुन्।
चीनका आर्थिक तथा व्यावसायिक कन्सुलर से युइले चोभार सुख्खा बन्दरगाहामा सामान आइपुगेपछि ऐतिहासिक उपलब्धि भएको बताउँदै खुसी व्यक्त गरेका छन्।
‘चीनको चहच्याङबाट नेपालको सुख्खा बन्दरगाह काठमाडौँसम्म पहिलो नन(स्टप रेलवे ढुवानीको सफल सुरुवात भएको छ। यो ऐतिहासिक क्षणले चीन र नेपालबीचको व्यापारमा नयाँ युगको संकेत मात्र गर्दैन, चीन र नेपालबीचको आर्थिक तथा व्यापारिक सहकार्यको जग पनि बलियो बनाउँछ,’ उनले भने।
अहिलेका लागि इयू शहरबाट सातामा ३६ कन्टेनर ल्याउन सकिने भएको छ। उक्त रेलमार्गबाट चीनका विभिन्न स्थानमा सामान ढुवानी गर्नु पर्ने भएकाले अहिलेका लागि नेपालका वस्तुहरुका लागि एक सातामा ३६ कन्टेनर व्यवस्था गरिएको हो।
उक्त रेलमार्गको व्यवस्थापन चीनको स्याउ युएन शिगात्से इन्डस्ट्रियल कम्पनी लिमिटेडले गर्दै आएको छ। त्यसको नेपाल प्रतिनिधि डाइरेक्ट बाइ सर्भिस प्रालि हो। डाइरेक्स बाइ सर्भिस चीनको चर्चित कम्पनी अलिबाबाको अलिबाबाको क्रस बोर्ड पार्टनर हो।
यो मार्गबाट सामान ढुवानी समय उल्लेख्य रूपमा घटेको र व्यापारीका लागि ढुवानी लागत पनि कम हुने डाइरेक्स बाइ सर्भिसका अध्यक्ष सुशील थापाले बताए।
‘इयुबाट पानीजाहाज हुँदै नेपालको सीमामा आइपुग्न ४५ देखि ६० दिन लाग्छ, सडकमार्गबाट २० देखि ३० दिन लाग्छ,’ अध्यक्ष थापाले भने, ‘अब भने शिगात्सेसम्म रेल र त्यसपछि सडकमार्ग प्रयोग गर्दा सामान सातदेखि १० दिनमै नेपाल आइपुग्ने देखिएको छ।’
थापाका अनुसार यो प्रणालीले व्यापारलाई सहज बनाउनुका साथै ढुवानी खर्चमा समेत कटौती गर्नेछ। थापाले व्यापारीहरूलाई नयाँ अवसरको ढोका खुल्ने र नेपालमा चीनबाट आउने सामान अझ सुरक्षित रुपमा ढुवानी हुने बताए। ‘पहिले दशैंको लागि ल्याएको सामान कस्टम क्लियर नहुँदा तिहारसम्म रोकिएको अवस्था हुन्थ्यो, अब त्यो समस्या अन्त्य हुने विश्वास छ,’ उनले भने।
उक्त नयाँ ढुवानी प्रणालीले नेपाली व्यापारीलाई समयमै सामान उपलब्ध गराउन सहयोग पुर्याउने र निकट भविष्यमा नेपाल–चीन व्यापार अझ सहज र छिटो हुने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: