Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

जिबी राईले भानुआतुको नागरिकता लिएको आशंका

खबरडबली संवाददाता

काठमाडौं । सहकारी ठगी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन्। उनलाई बुटवल उच्च अदालतले थुनामा राख्न आदेश दिएको थियो। उनी कारागार चलान हुँदा सहकारी ठगीमा फरार रहेका गीतेन्द्रबाबु (जिबी) राई भने फरार छन्। खुला रहेका रविलाई पक्राउ गर्न प्रहरीले हतार गरेका बेला राईलाई भने खोजी नगरेको भन्दै रास्वपाले सरकारको आलोचनासमेत गरेको छ।

पछिल्लो पटक प्रहरीले जिबी राई मलेसिया रहेको जनाएको थियो। लामिछाने गृहमन्त्री भएका बेला पनि राईलाई नेपाल ल्याउने प्रयासस्वरूप मलेसिया सरकारसँग समन्वय गरिएको थियो। हालका गृहमन्त्री रमेश लेखकले पनि प्रहरी पठाएर त्यहाँको प्रहरीसँग समन्वयको प्रयास गरेका थिए। साथै नेपालको कारागारमा रहेकी एक मलेसियाली नागरिकलाई विधि–प्रक्रिया पुर्‍याएर छुटाइएको थियो। तर पनि सरकारले राईलाई ल्याउन सकेको छैन। तर अहिले राई कहाँ छन् भन्ने प्रहरी प्रधान कार्यालय नै अन्योलमा छ।

प्रहरीको उच्च स्रोतले दिएको जानकारीअनुसार राई यतिबेला मलेसिया र भानुआतु भन्ने देश आउजाउ गरिरहेका छन्। प्रशान्त महासागरीय सुन्दर टापु भानुआतुमा एक लाख ५५ हजार डलर तिरेपछि र केही कानुनी प्रक्रिया पूरा गरेपछि राहदानी प्राप्त हुन्छ। ‘कास्की जिल्ला अदालतले राहदानी रद्द गर्न नेपाल सरकारलाई आदेश दिएपछि उनले भानुआतुको राहदानी लिएको आशंका गरिएको छ,’ प्रहरी प्रधान कार्यालय उच्च स्रोतले भन्यो। त्यहाँ गैरआवासीय नेपाली संघका साथै नेपालीका अन्य संघसंस्था पनि छन्।

भानुआतु दक्षिण प्रशान्त महासागरमा अवस्थित सानो टापु राष्ट्र हो। त्यहाँको कुल जनसंख्या तीन लाख छ। भानुआतुले सन् १९८० मा फ्रान्स र बेलायतबाट स्वतन्त्रता प्राप्त गरेको थियो। भानुआतुले विश्वभरका मानिसहरूलाई लगानीद्वारा नागरिकता प्रदान गर्दै आएको छ। त्यहाँका बारेमा रिपोर्ट प्रकाशन गर्ने सञ्चारमाध्यमका अनुसार भानुआतुमा नागरिकता प्राप्त गर्न न्यूनतम एक लाख ५५ हजार डलर तिर्नुपर्छ। भानुआतुमा लगानीको बदलामा त्यो देशको नागरिकता ३०–६० दिनमा प्राप्त गर्न सकिन्छ। मिडिया रिपोर्टहरूका अनुसार नागरिकताको बदलामा प्राप्त हुने राजस्व भानुआतुको कुल राजस्वको ३० प्रतिशत हो।

विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट भएका देशहरूमा भारत ८०औं स्थानमा छ भने सानो देश भानुआतु यस सूचीको ५१औं स्थानमा छ। यो स्थान साउदी अरेबिया र चीनभन्दा अगाडि हो। भानुआतुको राहदानीले विश्वभरका एक सय १३ देशमा भिसामुक्त प्रवेश अनुमति दिन्छ। यसकारण राई उता पुगेको आशंका प्रहरीले गरेको हो।

राईलाई नेपाल फर्काउने प्रक्रियाअन्तर्गत नै नेपाल प्रहरीले राहदानी रद्द गर्न सरकारलाई पत्राचार गरेको थियो। प्रहरीले उनलाई पक्राउ गर्न एसपीको नेतृत्वमा टोली मलेसिया पठाए पनि पक्राउ गर्न सकेको थिएन। त्यसपछि प्रहरीले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न पत्र लेखेको थियो। तर विभागले रद्द नगरेपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत अदालतमा निवेदन दर्ता गरिएको थियो। त्यसपछि कास्की जिल्ला अदालतले जिबी राईको राहदानी रद्द गर्न आदेश दिएको थियो। माघ ४ गते न्यायाधीश हिमाल बेलबासेको इजलासले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न निर्देशन दिएको थियो।

सहकारीको अर्बाैं रकम अपचलन गरेको आरोप लागेपछि फरार राईको पासपोर्ट रद्द गर्न प्रहरीले २०८१ जेठ १ गते राहदानी विभागलाई पत्राचार गरेको थियो। त्यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखाले राहदानी विभागलाई पत्राचार गर्दै राईको पासपोर्ट रद्द गर्न भनेको थियो। त्यसअघि इन्टरपोल शाखामार्फत राईलाई नेपाल झिकाउन रेड कर्नर नोटिस जारी भएको थियो। उनी त्यतिबेला मलेसियामा रहेको र भागेर अन्य मुलुकमा जाने सम्भावना रहेकाले उनको पासपोर्ट रद्द गर्न आग्रह गरेको प्रहरीले जनाएको थियो। राईको पासपोर्ट रद्द गरी सोको जानकारी मलेसियाली दूतावास, प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखा नक्साल र जिल्ला प्रहरी कार्यालयमा पठाइदिन आग्रह गरिएको थियो।

‘मुख्य प्रतिवादी गीतेन्द्र बाबु राईलाई तत्कालै प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने र तत्काल निजलाई पक्राउ नगरे मुद्दासँग सम्बद्ध सबुद प्रमाणहरू लोप तथा नाष्ट गर्न सक्ने वा निज हाल बस्दै आएको देश मलेसियाबाट समेत भागेर अन्य देशहरूमा जान सक्ने भएकाले निजलाई सुपुर्दगी सन्धिमार्फत सहजै नेपाल झिकाउन निजले प्रयोग गरिरहेको नेपाली राहदानी नं. ११६९८७२७ राहदानी ऐन २०७६ बमोजिम रद्द गर्ने प्रयोजनार्थ सोसँग सम्बन्धित कागजातहरू यसै पत्रसाथ संलग्न राखी पठाइएको छ,’ पत्रमा भनिएको थियो, ‘प्राप्त भएपश्चात् नियमानुसार निज प्रतिवादीको राहदानी रद्द गरी सोको जानकारी मलेसियाली दूतावास, तालुक प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखा नक्साल, काठमाडौं र यस कार्यालयमा पठाइदिने व्यवस्था हुन सादर व्यहोरा अनुरोध गरिएको छ।’

राई तत्कालीन गोरखा मिडिया नेटवर्कका अध्यक्ष हुन्। उनीमाथि पाँचवटा सहकारी ठगीको आरोप छ। काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा चितवन, रूपन्देहीको सुप्रिम, वीरगन्जको सानो पाइला र कास्कीको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता थियो। उनीविरूद्ध कास्की र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ। राईका व्यावसायिक साझेदार रवि लामिछाने भने तीन वटा अदालतबाट धरौटीमा रिहा भए पनि बुटवल उच्च अदालतबाट थुनामा गएका छन्। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending